सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । आज (बिहीबार) सुन भाउ ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार सुनको भाउ तोलामा १०० रुपैयाँले वृद्धि भई प्रतितोला ९४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार २२० रुपैयाँमा किनबेच हुँदैछ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा