सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । लकडाउन पछि मुल्य सुची जारी भउदेखी लगातार बढिरहेको सुनको मूल्य मंगलबार घटेको छ । सुन तोलामा ४ सय रुपैयाले घटेको हो । सोमबार तोलामा ४ सयले बढेर नयाँ रेकर्ड कायम भएको मूल्य पुनः मंगलबार भाउमा ओर्लिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार बजारमा छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार मात्रै तोलाको ९१ हजारमा किनबेच भइ सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको थियो ।
मंगलबार तेजावी सुन प्रतितोला ९० हजार १ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा दश रुपैयाँले घटेर प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा