सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अर्घाखाँची । एकान्तबासमा बसेकाहरुलाई योग तथा तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र अर्घाखाँचीले पाणिनि र छत्रदेव गाउँपालिकाका एकान्तबासमा बसेकाहरुका लागि योग कार्यक्रम चलाएको हो ।
क्वारेन्टाइनमा बसेकाहरुका लागि योग, प्राणायाम, नृत्य, हास्यलगायत विविध विषयमा प्रशिक्षण दिइएको जिल्ला आयुर्वेद कार्यालयका प्रमुख डा अर्जुन शर्माले बताउनुभयो । एकान्तबासमा रहेका व्यक्तिबाहेक स्वास्थ सुरक्षाकर्मीका लागि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न अमला, गुर्जो र तुलसी, ज्येष्ठ नागरिकका लागि अश्वगन्धा र सुत्केरीका लागि दुग्धबर्धक सतावरीलगायत आयुर्वेदिक औषधि वितरण गरिएको कविराज कमलप्रसाद आचार्यले जानकारी दिनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा