सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच पाँच घण्टा लामो भेटवार्ता भएको छ।
लामिछानेको सचिवालयका एक सदस्यका अनुसार बिहीबार बूढानीलकण्ठस्थित लामिछाने निवासमा भएको भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो।
भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमण र भ्रमणका क्रममा भएका उपलब्धिबारे लामिछानेलाई जानकारी गराएका थिए।
त्यसैगरी, आगामी निर्वाचनको तयारी, रास्वपाले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियान तथा सरकारका कामकारबाहीका विषयमा पनि छलफल भएको बताइएको छ।
भेटमा मन्त्री तथा मन्त्रालयहरूको कार्यसम्पादन, सरकारले ल्याउन लागेका अध्यादेश र आगामी संसद् अधिवेशनका विषयसमेत उठेका थिए।
पाँच घण्टासम्म चलेको भेटमा पार्टी र सरकारबीचको आगामी कार्यदिशा तथा निर्वाचन केन्द्रित रणनीतिबारे दुवै नेताबीच छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा