सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयसम्बन्धी सूचना माग्न मन्त्रालय पुगेका जेन्जी अभियानका प्रतिनिधि रित्तो हात फर्किएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा २०८३ असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले बौद्ध भिक्षुणी आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
उक्त निर्णयसँग सम्बन्धित आधिकारिक सूचना तथा कागजात माग गर्दै राष्ट्रिय जेन्जी नागरिक अभियानका संयोजक सुनिल सिंह र सहसंयोजक अजय सोडारी आवश्यक पत्रसहित मन्त्रालय पुगेका थिए।
तर, मन्त्रालयका सचिव मुकुन्दप्रसाद आचार्य र सहसचिव जय नारायण आचार्यले सूचना उपलब्ध गराउन नमिल्ने बताएपछि उनीहरू रित्तो हात फर्किएका हुन्।
यसैबीच, मन्त्रालयका सूचना अधिकारी शोभाकर रेग्मी बिदामा रहेको जानकारीसमेत प्रतिनिधिहरूले पाएका छन्।
सार्वजनिक सरोकार र पारदर्शितासँग जोडिएको विषयमा मन्त्रिपरिषद्को निर्णयसम्बन्धी आधिकारिक कागजात माग गर्दा मन्त्रालयले सूचना उपलब्ध नगराएको घटनाले प्रश्न उठाएको छ।

काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा