• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर ११, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी

      बालेनले खाना नदिएको भन्दै होल्डिङ सेन्टरका सुकुम्वासीले गरे थाल बजाएर प्रदर्शन

      भोजपुरको दुर्गम आमचोकको गैरीगाउँमा बल्यो विजुली

      सार्वजनिक यातायातमा एके–४७ को विज्ञापन : यात्रुको ध्यान तान्ने कि त्रास फैलाउने ?

      गृहमन्त्री सुधन गुरुङको आज इन्गेजमेन्ट, मंसिर १७ गते गोरखामा विवाह हुँदै

      राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल

      कांग्रेसमा दुई पक्ष : एउटा महाधिवेशनको तयारीमा, अर्को कारवाहीको तयारीमा

      सुनचाँदीको मूल्यमा उछाल, सुन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो

      मायादेवीमा १४८ जनाले पाए लालपुर्जा

      अनुदानको मल दुरुपयोग गर्ने कृषि भण्डारलाई दुई लाख जरिवाना

      अस्पतालका शौचालय र नुहाउने ठाउँमा ८७१ महिलाको गोप्य भिडियो खिच्ने चिकित्सक पक्राउ

      गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही

      आजको मौसम : देशभर मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

      बालेन र रविबीच पाँच घण्टा लामो भेटवार्ता, के के भयो कुराकानी ?

    होमपेज /  अन्य

    कांग्रेसमा दुई पक्ष : एउटा महाधिवेशनको तयारीमा, अर्को कारवाहीको तयारीमा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर ११, शुक्रबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ११ पटक पढिएको
  • काठमाडौं । नेपालको पुरानो पार्टी नेपाली कांग्रेसका यतिबेला दुई धारमा विभाजित छ । दुवै पक्षले समान्तर गतिविधि गरिरहेका छन् । दुई पक्षका नेताहरु एकअर्काको अस्तित्व स्वीकार्ने अवस्थामा छैनन् । दुवै पक्ष फरक फरक रणनीति र कार्यक्रममा व्यस्त छन् ।

    निवर्तमान सभापति शेर बहादुर देउवा पक्ष काठमाडौंको चुनदेवीमा कार्यालय स्थापना गरेर १५ औं नियमित महाधिवेशनको तयारीमा जुटेको छ । साथै विशेष महाधिवेशन हुँदै १५ औं नियमित महाधिवेशनमार्फत निर्वाचित गगन थापा पक्ष सानेपा कार्यालयबाट नियमित गतिविधि गर्दै देउवा पक्षका नेताहरुलाई कारवाहीको तयारीमा उत्रिएको छ ।

    गगन पक्षले समानन्तर गतिविधी गरेको तथा पार्टीको चुनाव चिन्ह र झण्डाको दुरुपयोग भएको भन्दै देउवा पक्षका नेताहरुलाई कारवाही गर्नेगरी केन्द्रीय समिति बैठकमा बहस नै चलाएको छ । यस्ता गतिविधिले कांग्रेस प्रष्ट रुपमा विभाजित भइसकेको प्रमाणित हुँदै गएको छ ।

    हुनत, विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पार्टीको आधिकारिकता र १५ औं महाधिवेशनलाई लिएर दुई पक्षबीचको विवाद गत पुसदेखिकै हो । तर नियमित महाधिवेशनपूर्व एकताको प्रयास भएपनि त्यो संभव नभएपछि दुवै पक्षका नेताहरु दुई धारमा विभाजित भएर गतिविधिलाई आक्रमक बनाएका हुन् ।

    त्यसैले यतिबेला एक पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाकै नेतृत्वमा १५औँ नियमित महाधिवेशन गर्ने तयारी गरिरहेको छ भने अर्को पक्षले गगन थापाको नेतृत्वमा पार्टीको नियमित गतिविधि अघि बढाइरहेको छ । दुवै पक्षले आफूहरू नै आधिकारिक नेपाली कांग्रेस भएको दाबी गर्दै आएका छन् ।

    चुनदेवीमा महाधिवेशनको तयारीमा जुटेको पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गर्ने बताएको छ । नेपाल दलित संघकी अध्यक्ष यमुना खड्का विश्वकर्माले पार्टीभित्र दुईवटा कांग्रेस रहेको भन्ने कुरा स्वीकार गर्न नसकिने बताइन् ।

    उनले भनिन्, ‘दुई पक्ष भन्ने नै छैन । किनभनेसरसर्ती हेर्दा १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नै हुनुहुन्छ । उहाँकै अध्यक्षतामा, नेतृत्वमा१५औँ महाधिवेशन सम्पन्न गर्ने हो । त्यो कुरा विधि र विधानमा स्पष्ट छ । त्यसैले निर्वाचित सभापति देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन गर्दैछौं । यसमा दोस्रो, तेस्रो, अर्को कांग्रेस भन्ने कुरै हुँदैन ।’

    पार्टीभित्र एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने विषयसमेत उठिरहेको सन्दर्भमा उनले सबै पक्ष कांग्रेस भएकाले कारबाहीको औचित्य नरहेको बताइन् । दुवै पक्षले चारतारे झण्डा र रूख चुनाव चिह्न प्रयोग गरेर महाधिवेशन गरिरहेको अवस्थामा कसलाई कारबाही गर्ने भन्ने प्रश्न उनको छ ।

    उनले भनिन्, ‘कारबाही के का लागि गर्ने, सबै कांग्रेस होइन र ? सबै कांग्रेस नै हो । उहाँहरूले पनि चारतारे झन्डा र रुखमुनि नै अधिवेशन गराएर आउनुभयो, हामी पनि चारतारे झन्डा र रुख नै राखेर अधिवेशन गरिरहेका छौँ । भनेपछि कारबाही कसको लागि र कसलाई गर्ने हो ?’

    उनका अनुसार देउवा पक्षले १५औँ महाधिवेशनको तयारीलाई तल्लो तहबाटै अघि बढाएको छ । धेरै जिल्लाको अधिवेशन सम्पन्न भइसकेको र केही जिल्लामा भौगोलिक तथा संगठनात्मक कठिनाइका कारण अधिवेशन बाँकी रहेको उनले बताइन् । गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशनसमेत सम्पन्न भइसकेको उनको भनाइ छ ।

    यस्तै, १५औँ नियमित महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्रीको तयारीमा रहेका तीर्थ गौतमले पनि आफूहरू नियमित महाधिवेशनको प्रक्रियामा रहेको बताए । उनले दुई महामन्त्रीले अघि बढाएको विशेष महाधिवेशनलाई आफ्नो पक्षले नचिन्ने स्पष्ट पारे । पार्टीभित्रका विभिन्न समूहले आ–आफ्नै ढंगले महाधिवेशन गर्दै जाने हो भने संस्थाको अवस्था कमजोर हुने उनको तर्क छ ।

    उनले भने, ‘१५औँ नियमित महाधिवेशन अन्तर्गत हामी छौँ । विशेषलाई अहिले चिन्दैनौँ । किनभने दुई महामन्त्रीहरूले विशेष गर्नुभयो अब अरू दुई–तीन उपसभापतिले अर्को विशेष गर्नुहोला । पार्टीभित्रका विभिन्न समूहले आ–आफ्नो अधिवेशन गर्दै जाने हो भने पार्टी संगठन कहाँ पुग्ला ? दुई जना महामन्त्रीहरू उफ्रेर, कसैबाट प्रभावित भएर, कतैबाट सञ्चालित भएर उहाँहरूले विशेष महाधिवेशन गर्नुभयो, त्यसलाई हामी चिन्दैनौँ । उहाँहरूको आफ्नो पार्टी फुटाएर जानुभएको हो कि, पार्टीबाट अलग भएर जानुभएको हो कि, पार्टीका साथीहरूलाई कन्भिन्स गरेर लानुभएको हो कि र पार्टी चोइट्याएर लानुभएको हो, उहाँहरूको कुरो हो। उहाँसँग हाम्रो कुनै पनि सरोकार छैन । हामी अहिले तलदेखि माथिको संरचनालाई अगाडि बढाएर, तलदेखि माथिको सङ्गठनलाई सुदृढ गर्दै हामी अगाडि बढिरहेका छौँ।’

    विशेष महाधिवेशन र त्यसबाट चयन भएको नेतृत्वको आधिकारिकताको विषय अदालतमा समेत पुगेको उल्लेख गर्दै गौतमले आफूहरूलाई सर्वोच्च अदालतले निस्सा दिएको र दुवै पक्षले अहिले आधिकारिकता नपाएको अवस्था रहेको दाबी गरे । उनले पार्टीभित्र एकअर्कालाई कारबाही गर्ने विषयभन्दा नियमित महाधिवेशनको प्रक्रियामा अघि बढ्नु आवश्यक रहेको बताए ।

    उनले भने, ‘अहिलेको अवस्थामा उहाँहरू पनि अहिले आधिकारिक होइन, हामी पनि अहिले नियमित महाधिवेशन अन्तर्गत छौँ। एकले अर्कोलाई कारवाही गर्ने कुरा कानुनी रूपमा अहिले मिल्दैन। तर गगन थापाजीहरूले विशेष भनेर पार्टी फुटाएर जानुभयो, उहाँहरूलाई अलरेडी केन्द्रीय समितिको दुई तिहाइले कारबाही गरिसकेको छ ।’

    यता गगन थापाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिको बैठकमा भने पार्टीको नाम, झण्डा र चुनाव चिह्न प्रयोगको विषयले प्राथमिकता पाएको छ । केन्द्रीय सदस्य बलदेव तिमल्सिनाले पार्टीको नाम र चुनाव चिह्नको दुरुपयोग रोक्नुपर्ने भन्दै आफूले बैठकको सुरुमै दुईवटा प्रस्ताव दर्ता गराएको बताए ।

    उनका अनुसार एउटै पार्टीको नाम, झण्डा र चुनाव चिह्न प्रयोग गरेर फरक–फरक गतिविधि सञ्चालन हुनु पार्टीको पहिचानको दुरुपयोग हो । यसलाई रोक्न निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय बैठकबाट गरिने उनको भनाइ छ ।

    उनले भने, ‘यो विषय नै छलफलको प्रमुख विषय थियो । म आफैँले प्रारम्भमा यो विषयको दुईवटा प्रस्ताव दर्ता गराएको छु । हाम्रो पार्टीको झन्डा, पार्टीको नाम, चुनाव चिह्नको दुरुपयोग भइरहेको छ । कांग्रेस १५औँ महाधिवेशनबाट निर्वाचित भएर आएको गगन थापाको नेतृत्वको केन्द्रीय कार्यसमितिको बैठक बसिराखेको छ । झन्डा, चुनाव चिह्नको दुरुपयोग रोक्ने काम निर्वाचन आयोगको हो। कांग्रेसको चुनाव चिह्न, झन्डा कहीँ कसैले दुरुपयोग गर्न पाइँदैन। जसले कांग्रेसको नाम हुँ भनेर गतिविधि गरिराखेका छन्, उहाँहरू नेपाली कांग्रेस होइनन् । कांग्रेस हुँ भन्ने उहाँहरूलाई कुनै अधिकार छैन।’

    तिमल्सिनाले नेपाली कांग्रेसको रूख चुनाव चिह्नबाट स्थानीय तह, प्रदेश र संघीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई पनि पार्टीको नियमित गतिविधिमा सहभागी हुन आग्रह गरिने बताए ।

    पार्टीको महाधिवेशन तथा नियमित प्रक्रियामा सहभागी नहुने जनप्रतिनिधिलाई सचेत गराउने र त्यसपछि पनि पार्टी गतिविधिमा नफर्किए विधानअनुसार अनुशासन समितिबाट कारबाही अघि बढाउने उनको भनाइ छ।

    उनले पार्टीको आधिकारिकता र वैधानिकताको अन्तिम निर्णय गर्ने निकाय निर्वाचन आयोग भएको उल्लेख गर्दै आयोगले गगन थापाको नेतृत्वलाई अद्यावधिक गरिसकेको दाबी गरे । पार्टीको नाम, झण्डा र चुनाव चिह्नको प्रयोगसम्बन्धी विषयमा केन्द्रीय कार्यसमितिले आवश्यक निर्णय गर्ने पनि उनले बताए ।

    यसैगरी, अर्का केन्द्रीय सदस्य सुशील भट्टले निर्वाचन आयोगले गगनकुमार थापालाई आधिकारिक सभापति मानेर विशेष महाधिवेशनलाई वैधानिकता दिएको र अदालतले पनि अधिवेशन निरन्तर अघि बढाउन आदेश दिएको दाबी गरे । सोही आधारमा महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्वको बैठक बसिरहेको उनको भनाइ छ ।

    उनले भने, ‘नेपाली कांग्रेस वैधानिक रूपले सबैभन्दा उपल्लो निकाय भनेको निर्वाचन आयोग हो । आयोगले निर्णय गरिसक्यो, अदालतले पनि अधिवेशन कन्टिन्यु गर्ने भनेर आदेश दिइसक्यो । सोही अनुसार हामी अगाडि बढेका हौं ।’

    भट्टले पार्टीभित्रका असहमति र असमझदारीलाई आन्तरिक छलफलबाटै समाधान गर्नुपर्ने धारणा राखे । पार्टीका वरिष्ठ नेताहरूलाई बाहिर रहेर समानान्तर गतिविधि गर्नुभन्दा पार्टीकै संरचनाभित्र फर्किएर छलफलमा सहभागी हुन उनले आग्रह गरे ।

    तर चुनदेवीमा महाधिवेशनको तयारी गरिरहेको पक्षले भने गगन थापाको नेतृत्वलाई आधिकारिकता दिने विषय अझै अन्तिम रूपमा टुंगिनसकेको दाबी गरेको छ । महाधिवेशन प्रतिनिधि राजकुमार डागीले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अहिले नै कुनै एक पक्षलाई आधिकारिक र अर्को पक्षलाई अनधिकृत भन्न नमिल्ने बताए ।

    नेता डागीले पार्टीको वैधानिकता माथिल्लो निकायबाट तल्लो निकायमा हस्तान्तरण हुने प्रक्रिया रहेको जिकिर गरे ।

    उनले विशेष महाधिवेशन आयोजना गर्न महामन्त्रीहरूलाई केन्द्रीय कार्यसमिति वा सभापतिले अधिकार दिनुपर्ने बताए । उनका अनुसार त्यस्तो अधिकार नलिई गरिएको विशेष महाधिवेशन वैधानिकताको दृष्टिले प्रश्नयोग्य छ ।

    उनले निर्वाचन आयोगको निर्णयमा त्रुटि भएको आफ्नो पक्षको बुझाइ रहेको र त्यसविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दर्ता गरिएको पनि बताए । अदालतको अन्तिम फैसला नआएसम्म आधिकारिक कांग्रेसको विषयमा निष्कर्ष निकाल्न नमिल्ने उनको भनाइ छ । डागीले कारबाहीको विषयलाई पनि विवाद समाधानको उपयुक्त माध्यमका रूपमा लिन नसकिने बताए ।

    नेपाली कांग्रेसभित्र एक पक्ष नियमित महाधिवेशनको तयारीमा जुटिरहेको छ भने अर्को पक्ष विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वको वैधानिकताका आधारमा पार्टीका गतिविधि अघि बढाइरहेको छ ।

    दुवै पक्षले पार्टीको नाम, झण्डा र रूख चुनाव चिह्नमाथि आफ्नो अधिकार रहेको दाबी गरिरहेका छन् । पार्टीको आधिकारिकता, महाधिवेशनको वैधानिकता र एकअर्कामाथि हुन सक्ने कारबाहीका विषयले कांग्रेसभित्रको विवादलाई थप पेचिलो बनाएको छ। देउवा पक्षले यही मंसिरको २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औं महाधिवेशन गर्दैछ भने गगन पक्षले स्थानीय तह निर्वाचन लक्षित गतिविधि अगाडि बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सार्वजनिक यातायातमा एके–४७ को विज्ञापन : यात्रुको ध्यान तान्ने कि त्रास फैलाउने ?

    मायादेवीमा १४८ जनाले पाए लालपुर्जा

    अनुदानको मल दुरुपयोग गर्ने कृषि भण्डारलाई दुई लाख जरिवाना

    गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु

    नेपालमा महिला हिंसा : डिजिटल हिंसा नयाँ चुनौती

    मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गाैतम तेस्रो नम्बरमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी

    बालेनले खाना नदिएको भन्दै होल्डिङ सेन्टरका सुकुम्वासीले गरे…

    भोजपुरको दुर्गम आमचोकको गैरीगाउँमा बल्यो विजुली

    सार्वजनिक यातायातमा एके–४७ को विज्ञापन : यात्रुको ध्यान…

    भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी

    राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल

    बालेन र रविबीच पाँच घण्टा लामो भेटवार्ता, के…

    गोल्जुङबाट सुरु भयो विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार…

    आर्थिक

    सुनचाँदीको मूल्यमा उछाल, सुन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो

    कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला

    हिजो एकैदिन ६५ सयले घटेको सुन आज फेरि उकालो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑