• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर १०, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बालेन र रविबीच पाँच घण्टा लामो भेटवार्ता, के के भयो कुराकानी ?

      होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग

      गोल्जुङबाट सुरु भयो विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार योजना, १८ वर्षसम्म मासिक १७ हजार ५०० रुपैयाँ सहायता

      चीनमा विशाल मानवरहित हवाईयानको परीक्षण सफल

      नेपालमा महिला हिंसा : डिजिटल हिंसा नयाँ चुनौती

      मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गाैतम तेस्रो नम्बरमा

      क्रिकेटर रोहित पौडेल विवाह बन्धनमा बाँधिए, सिम्रन खड्कासँग गरे विवाह

      रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल र सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिए

      फोहोरबाटै ऊर्जा उत्पादन गर्न सकिन्छ, ७५३ वटै पालिकालाई सहकार्य गर्न मन्त्री श्रेष्ठको आह्वान

      आनी छोइङको नियुक्तिसम्बन्धी कागजात माग्न मन्त्रालय पुगेका जेन्जीलाइ दिइएन सूचना

      पूर्वमुख्यसचिव एकनारायण अर्याल भारतबाट पक्राउ

      स्कुटर चलाएर मासु पसल निरिक्षणमा कृषिमन्त्री

      कांग्रेस नेता कान्छाराम तामाङविरुद्ध अदालतमा मुद्दा

      कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला

      २२ वर्षपछि एउटै फिल्ममा ‘दर्पणछायाँ’ जोडी उत्तम र निरुता

    होमपेज /  अन्य

    फोहोरबाटै ऊर्जा उत्पादन गर्न सकिन्छ, ७५३ वटै पालिकालाई सहकार्य गर्न मन्त्री श्रेष्ठको आह्वान

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर १०, बिहिबार (५ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २७ पटक पढिएको
  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताएका छन् ।

    फोहोरबाट ऊर्जा परियोजनाको पुनःस्थापना, परीक्षण सञ्चालन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापन, नदी तथा जलस्रोतको संरक्षण र स्वच्छ वातावरण निर्माणमा सरकार, स्थानीय तह र नागरिक सबैको समान जिम्मेवारी रहेको बताए ।

    उनले भने, ‘फोहोर व्यवस्थापन स्थानीय तहको मात्रै समस्या होइन, यो हामी सबैको साझा चुनौती हो। यो अन्तरपुस्तागत न्यायसँग पनि जोडिएको विषय हो । हामीले आगामी पुस्तालाई कस्तो काठमाडौं र कस्तो देश हस्तान्तरण गर्ने भन्ने कुरा आजको हाम्रो कामले निर्धारण गर्छ । त्यसैले फोहोर व्यवस्थापन, नदी तथा जलस्रोतको संरक्षण र स्वच्छ वातावरण निर्माणमा सरकार, स्थानीय तह र नागरिक सबैको साझा जिम्मेवारी छ ।’

    उनले काठमाडौं उपत्यकाका नदी तथा खोलाहरूमा बढ्दो प्रदूषण र अव्यवस्थित फोहोर व्यवस्थापनले जनस्वास्थ्यमा समेत गम्भीर जोखिम निम्त्याउन सक्ने उल्लेख गरे । विशेषगरी बाक्लो जनघनत्व भएको क्षेत्रमा फोहोर व्यवस्थापनमा लापरबाही हुँदा संक्रमणको जोखिम उपत्यकाभर फैलिन सक्ने उनको भनाइ थियो ।

    मन्त्री श्रेष्ठले फोहोरबाट निस्कने मिथेन ग्यासलाई ऊर्जामा रूपान्तरण गर्न सकिने भएकाले यस्ता परियोजनालाई वातावरण संरक्षण र नवीकरणीय ऊर्जा उत्पादनको महत्त्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्ने बताए।

    उनले भने, ‘फोहोर व्यवस्थापन गर्न नसक्दा संक्रमणको डर छ । अझ जनघनत्व बढी भएको ठाउँमा संक्रमण फैलियो भने त्यसले सिंगो उपत्यकालाई नै असर पार्न सक्छ। फोहोरबाट निस्कने मिथेन ग्यासको वातावरणीय प्रभाव पनि निकै बढी हुन्छ । त्यसैले बायोग्यास प्लान्टमार्फत मिथेनलाई ऊर्जामा रूपान्तरण गर्न सकिन्छ । यसले वातावरण संरक्षणसँगै नवीकरणीय ऊर्जा उत्पादनमा पनि महत्त्वपूर्ण योगदान पुर्याउँछ।’

    उनले काठमाडौं महानगरपालिकाले टेकु क्षेत्रमा सुरु गरेको पहललाई सकारात्मक सुरुवातका रूपमा व्याख्या गर्दै फोहोरलाई ल्यान्डफिल साइटमा विसर्जन गर्ने वस्तुका रूपमा मात्र नहेरी स्थानीयस्तरमै व्यवस्थापन र उपयोग गर्न सकिने स्रोतका रूपमा लिनुपर्ने बताए ।

    मन्त्री श्रेष्ठले टेकुस्थित परियोजनाबाट १४ किलोवाट विद्युत् उत्पादन गर्ने प्रारम्भिक लक्ष्य रहे पनि बाढीका कारण उपकरणमा क्षति पुगेकाले तत्काल विद्युत् उत्पादन हुन नसकेको जानकारी दिए ।

    उपकरण पुनःनिर्माण गरी विद्युत् उत्पादन सुरु गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अधिकारी तथा प्राविधिक टोलीलाई निर्देशन दिइसकेको उनले बताए ।

    परियोजनाबाट विद्युत् उत्पादन भएपछि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरी त्यसबाट प्राप्त आम्दानी काठमाडौं महानगरपालिकाको वडा नम्बर १२ को आन्तरिक स्रोतका रूपमा विकास गर्न सकिने उनको प्रस्ताव छ ।

    उनले उत्पादित विद्युत् दिनको समयमा परियोजना परिसरस्थित कार्यालय सञ्चालनमा र रातको समयमा टेकु आसपासका सडक बत्ती बाल्न प्रयोग गर्ने अवधारणासमेत अघि सारे ।

    मन्त्री श्रेष्ठले देशका ७५३ वटै स्थानीय तहलाई फोहोरबाट ऊर्जा उत्पादन गर्ने यस्ता परियोजना सञ्चालनका लागि मन्त्रालयसँग समन्वय गर्न आह्वान गरे । मन्त्रालय स्थानीय तहसँग साझेदारी गर्न तयार रहेको उनको भनाइ थियो ।

    उनले विश्व बैंकलाई समेत परियोजनाको विस्तार र प्रविधिगत सहयोगमा साझेदारी गर्न आग्रह गरे । हाल दुईवटा डाइजेस्टरमार्फत सञ्चालन भइरहेको परियोजनालाई विस्तार गर्दै बन्चरेडाँडा र सिसडोलमा जाने फोहोरको मात्रा क्रमशः घटाउन सकिने उनको विश्वास छ ।

    काठमाडौं महानगरपालिकाले भविष्यमा आफ्नो एक किलो फोहोर पनि ल्यान्डफिल साइटमा नपठाउने लक्ष्य राख्नुपर्ने उल्लेख गर्दै उनले फोहोर व्यवस्थापनलाई उद्यमशीलता र रोजगारी सिर्जनासँग जोड्न सकिने बताए । मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकामा विगतमा प्रचलनमा रहेको नेवार समुदायको ‘सागा’ प्रणालीलाई स्मरण गर्दै परम्परागत फोहोर व्यवस्थापन पद्धतिबाट पनि सिक्नुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नेपालमा महिला हिंसा : डिजिटल हिंसा नयाँ चुनौती

    मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गाैतम तेस्रो नम्बरमा

    एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन

    जन्ती बोकेको बोलेरो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु , १३ जना घाइते

    अन्तःशुल्कको उल्झनले रोकियो ‘मार्फा’ ब्रान्डीको उत्पादन, खेर जाँदै मुस्ताङका स्याउ

    देउवा पक्षलाई झट्का, कांग्रेसमा गगन नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगको मान्यता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बालेन र रविबीच पाँच घण्टा लामो भेटवार्ता, के…

    होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको…

    गोल्जुङबाट सुरु भयो विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार…

    चीनमा विशाल मानवरहित हवाईयानको परीक्षण सफल

    बालेन र रविबीच पाँच घण्टा लामो भेटवार्ता, के…

    गोल्जुङबाट सुरु भयो विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार…

    कांग्रेस नेता कान्छाराम तामाङविरुद्ध अदालतमा मुद्दा

    बस्ती बगाएको भोटेकोशी : जहाँ घर थिए, अहिले…

    आर्थिक

    कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला

    हिजो एकैदिन ६५ सयले घटेको सुन आज फेरि उकालो

    आज फेरी सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑