सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई तत्काल पुनर्बहाली गर्न अस्वीकार गरेको छ। बुधबार दुवै पक्षसँग छलफल गरेपछि सर्वोच्चले कार्कीको रिटमा अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीलाई तत्काल आईजीपीमा पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। योसँगै सरकारले आईजीपीमा नियुक्त गरेका मनोजकुमार केसीलाई निरन्तर काम गर्न बाटो खुलेको छ।
सरकारले गत कात्तिक १८ गते कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णय गरेको थियो। सोही दिन सरकारले केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको थियो। नियुक्तिपछि केसीले दर्ज्यानी चिह्न लगाएर जिम्मेवारी सम्हालेका थिए।
सरकारको निर्णय गैरकानुनी भएको दाबी गर्दै कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो।
त्यसक्रममा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने निर्णय गर्नुअघि दुवै पक्षको कुरा सुन्नुपर्ने भन्दै अदालतले मंसिर ७ गतेका लागि पेसी तोकेको थियो। तर, उक्त दिन आवश्यक आदेश तथा कागजातको प्रक्रिया पूरा नभएका कारण सुनुवाइ हुन सकेको थिएन।
त्यसपछि बुधबार दुवै पक्षको बहस सुनेर सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
अदालतको यो आदेशसँगै मुद्दाको अन्तिम फैसला नआएसम्म मनोज केसी नै नेपाल प्रहरीको आईजीपीका रूपमा काम गर्नेछन्। अब कार्कीलाई पदबाट हटाउने सरकारको निर्णय कानुनसम्मत थियो वा थिएन भन्ने विषयको अन्तिम टुंगो मुद्दाको अन्तिम फैसलाबाट लाग्नेछ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा