सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन पुरानो र असान्दर्भिक भएको भारतीय विदेश सचिव विक्रम मिस्रीको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने भारत भ्रमणपछि सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा ईपीजी प्रतिवेदनबारे सोधिएको प्रश्नको जवाफ दिँदै भारतीय विदेश सचिव मिस्रीले उक्त प्रतिवेदनको विषय अहिले सान्दर्भिक नभएको टिप्पणी गरेका थिए ।
मिस्रीको उक्त प्रतिक्रियाप्रति असन्तुष्टि जनाउँदै भट्टराईले सामाजिक सञ्जालमार्फत ईपीजी प्रतिवेदनलाई एकतर्फी रूपमा पुरानो र असान्दर्भिक घोषणा गर्नु खेदजनक भएको बताएका छन् ।
उनले प्रधानमन्त्री शाहको भारत भ्रमणले द्विपक्षीय सम्बन्धमा सकारात्मक वातावरण सिर्जना गरिरहेका बेला भारतीय विदेश सचिवको यस्तो टिप्पणीले त्यसमा चिसो पानी खन्याएको उल्लेख गरेका छन् ।
भट्टराईका अनुसार ईपीजी प्रतिवेदन कुनै एउटा देशले मात्र तयार पारेको वा कुनै खास मुद्दामा केन्द्रित सामान्य दस्तावेज होइन । यो दुवै देशको सहमतिमा तयार पारिएको दीर्घकालीन तथा रणनीतिक समस्या मैत्रीपूर्ण ढंगले समाधान गर्ने विशेष माध्यम भएको उनको भनाइ छ ।
उनले उचित विकल्पबिना पुराना सन्धि, सीमा समस्या, व्यापार तथा पारवहन र सुरक्षा सम्बन्धलगायत ऐतिहासिक विषयलाई बेवास्ता गरेर दुई निकट छिमेकीबीचको सम्बन्ध कसरी मैत्रीपूर्ण र दिगो हुन सक्छ भन्दै प्रश्नसमेत गरेका छन् ।
‘दिल्लीका बाबुहरूको ध्यान पुगोस्,’ भट्टराईले आफ्नो अभिव्यक्तिमा भनेका छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा