• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर ९, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • शशांक कोइरालालाई महाधिवेशनका १५-२० समिति गठन गर्ने जिम्मेवारी

      लैङ्गिक हिंसाका स्वरूप फेरिँदै, डिजिटल हिंसाको सिकार बन्दै महिला

      सुकुमवासीलाई शनिबारसम्म होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

      आईजीपीमा फर्किन दानबहादुरले पाएनन् अन्तरिम आदेश, मनोज केसी नै आईजीपी रहने

      पूर्व राज्यमन्त्री संजय साह ‘टकला’ लाई रिहा गर्न माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन

      अन्तःशुल्कको उल्झनले रोकियो ‘मार्फा’ ब्रान्डीको उत्पादन, खेर जाँदै मुस्ताङका स्याउ

      लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा प्रसारण लाइन निर्माण सुरु

      देउवा पक्षलाई झट्का, कांग्रेसमा गगन नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगको मान्यता

      महिला हिंसाको स्वरूप फेरिँदै, सामाजिक सञ्जालबाट हुने चरित्र हत्या र साइबर हिंसा नयाँ चुनौतीdjsbcd jawgasdx

      उत्तरगयामा बाढीले मरेका पशुपन्छीको अवशेष व्यवस्थापन सुरु, प्रभावितलाई अस्थायी रोजगारी दिइने

      सशस्त्र प्रहरीको एक एआईजी पदका लागि तीन डीआईजीबीच प्रतिस्पर्धा

      ‘ईपीजी’ प्रतिवेदन पुरानो र असान्दर्भिक भएको घोषणा गर्नु खेदजनक: बाबुराम

      आज फेरी सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

      लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्रीको आह्वान

      पत्रकार भूपाल लुइँटेललाई गिद्दे प्रेस राष्ट्रिय पत्रकारिता पुरस्कार

    होमपेज /  मुख्य समाचार

    लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्रीको आह्वान

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर ९, बुधबार (९ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २६ पटक पढिएको
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमै लागू गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्याय सुनिश्चित गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।

    लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सुरुवातका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले यस्तो आह्वान गरेका हुन् ।

    उनले लैङ्गिक हिंसालाई मानव अधिकारको गम्भीर उल्लङ्घन र समतामूलक समाज निर्माणको प्रमुख चुनौतीका रूपमा व्याख्या गरेका छन् ।

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले डिजिटल माध्यमबाट हुने हिंसा पनि थप चुनौतीका रूपमा देखिएको बताएका छन् ।

    संविधानको मर्मअनुसार समानता, सामाजिक न्याय र समावेशिता सुनिश्चित गर्न सबै प्रकारका हिंसाको रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीमाथि कानुनी कारबाही आवश्यक रहेको उनको भनाइ छ ।

    प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी तथा संस्थागत व्यवस्था सुदृढीकरण, महिला सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन तथा पीडितको संरक्षण र पुनःस्थापनालाई सरकारले प्राथमिकता दिएको बताएका छन् । यसका लागि कानुनको प्रभावकारी कार्यान्वयन, सामाजिक चेतना र तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।

    यसै वर्ष भदौमा भोटेकोशी क्षेत्रमा गएको बाढीको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम बढ्न सक्ने भएकाले विशेष सचेत रहन पनि आग्रह गरेका छन् ।

    अभियान सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, अभियन्ता र आम नागरिकलाई सक्रिय सहभागिता र ऐक्यबद्धताका लागि उनले आह्वान गरेका छन् ।

    हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन हुने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको हो ।

    संयुक्त राष्ट्रसंघले यस वर्ष ‘महिला तथा बालिकाविरुद्धको हिंसा अन्त्य गर्न एकजुट बनौँ : न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नारासहित अभियान सञ्चालन गर्न आह्वान गरेको छ ।

    नेपालमा भने ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ अभियान सञ्चालन हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आईजीपीमा फर्किन दानबहादुरले पाएनन् अन्तरिम आदेश, मनोज केसी नै आईजीपी रहने

    महिला हिंसाको स्वरूप फेरिँदै, सामाजिक सञ्जालबाट हुने चरित्र हत्या र साइबर हिंसा नयाँ चुनौतीdjsbcd jawgasdx

    ‘ईपीजी’ प्रतिवेदन पुरानो र असान्दर्भिक भएको घोषणा गर्नु खेदजनक: बाबुराम

    पत्रकार भूपाल लुइँटेललाई गिद्दे प्रेस राष्ट्रिय पत्रकारिता पुरस्कार

    भैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने सहमतिको योगेश भट्टराईद्वारा स्वागत

    मलद्वारमा लुकाएर ल्याएको २ किलो सुनसहित २ जना चिनियाँ महिला विमानस्थलबाट पक्राउ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    शशांक कोइरालालाई महाधिवेशनका १५-२० समिति गठन गर्ने जिम्मेवारी

    लैङ्गिक हिंसाका स्वरूप फेरिँदै, डिजिटल हिंसाको सिकार बन्दै…

    सुकुमवासीलाई शनिबारसम्म होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

    आईजीपीमा फर्किन दानबहादुरले पाएनन् अन्तरिम आदेश, मनोज केसी…

    आईजीपीमा फर्किन दानबहादुरले पाएनन् अन्तरिम आदेश, मनोज केसी…

    महिला हिंसाको स्वरूप फेरिँदै, सामाजिक सञ्जालबाट हुने चरित्र…

    ‘ईपीजी’ प्रतिवेदन पुरानो र असान्दर्भिक भएको घोषणा गर्नु…

    लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्रीको आह्वान

    आर्थिक

    आज फेरी सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

    धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’

    महालक्ष्मी विकास बैंकद्वारा जेहेन्दार विद्यार्थीलाई ५० हजार रुपैयाँ छात्रवृत्ति

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑