सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले नेपाल र भारतबीच भैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने विषयमा भएको सहमतिको स्वागत गरेका छन् ।
उनले उक्त सहमतिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप कम गर्न केही हदसम्म सहयोग पुग्ने बताएका छन् । तर, भैरहवा र पोखरा विमानस्थलमा विमान अवतरण सहज हुने वा नहुने भन्ने विषय प्राविधिक अध्ययनपछि मात्रै टुंगो लाग्ने उनको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले आफूले बुझेअनुसार भैरहवाका लागि ६ हजार ५०० फिट र पोखराका लागि १५ हजार फिट उचाइ उपयुक्त हुने उल्लेख गरेका छन् । भारतीय प्राविधिक पक्षले उक्त प्रस्ताव स्वीकार गर्छन् वा गर्दैनन् भन्ने विषय भने स्पष्ट हुन बाँकी रहेको उनले बताएका छन् ।
भट्टराईले दुईतर्फी हवाई रुट विस्तारका लागि महेन्द्रनगर र नेपालगन्जलाई पनि प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
उनले सन् २०१९ तिर नेपाल र भारतका सम्बन्धित अधिकारीबीच हवाई रुटका विषयमा भएको छलफल कुन निष्कर्षमा पुगेको थियो र कार्यान्वयनको चरणमा पुग्न लाग्दा किन रोकियो भन्ने विषय भविष्यमा सार्वजनिक गर्ने बताएका छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा