सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
बैंकले स्वर्गीय सीताराम प्रसाईको स्मृतिमा स्थापना गरेको ‘सीताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ झापाको मेचीनगर–१४ स्थित श्री सीताराम सामुदायिक अंग्रेजी विद्यालयमा अध्ययनरत छात्रा मुस्कान खातुनलाई प्रदान गरेको हो ।
छात्रवृत्तिबापत खातुनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका शाखा प्रबन्धकले विद्यालयका प्रधानाध्यापकमार्फत उक्त छात्रवृत्ति हस्तान्तरण गरेका थिए ।
सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पढाइमा सहयोग पुर्याउने उद्देश्यले छात्रवृत्ति स्थापना गरिएको बैंकले जनाएको छ ।
यस्ता कार्यक्रमले आर्थिक अभावका कारण विद्यार्थीले पढाइ छाड्नुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
यसैबीच, बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा