• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर ४, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भारतसँगका सीमा र असमान सन्धिका मुद्दा उठाउन प्रधानमन्त्रीलाई कमल थापाको आग्रह

      एनपिएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्डआउट’, एकैसाथ दुई लाख प्रयोगकर्ताले टिकट किन्न खोजे

      मकवानपुरका विभिन्न स्थानमा एकादशी मेला, भक्तजनको घुइँचो

      सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

      प्रधानमन्त्रीलाई राष्ट्रिय हितका विषय सशक्त रूपमा उठाउन कमल थापाको सुझाव

      निर्वाचनको निष्पक्षताको जिम्मेवारी सरकारको पनि हो : गगन थापा

      स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न सकिने विकल्पमा छलफल भइरहेको छ : जगदिश खरेल

      वैशाख अन्तिममा स्थानीय तहको निर्वाचन गर्नुपर्छ :अध्यक्ष ओली

      नेपालका प्रधानमन्त्रीको भारत भ्रमणः के भन्छन् भारतीय पत्रकार ?

      केपी ओलीको चेतावनीः स्थानीय तहको निर्वाचन ‘लडाइँको थलो’ बन्नेछ

      कांग्रेस मधेश प्रदेश अधिवेशन मंसिर १४ हुनेछ, असली कांग्रेस हामी नै हौं : निधि

      सेयरबजारमा ७ अंकको गिरावट, कारोबार ३ अर्ब ८८ करोडमा सीमित

      कांग्रेस महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिंदैछु : भुपेन्द्रजंग शाही

      स्वदेशी उत्पादन बढाएर मात्रै नेपालको समृद्धि सम्भव छ : मन्त्री साह

      सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा १२ हजार २०० रुपैयाँ घट्यो

    होमपेज /  मुख्य समाचार

    सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर ४, शुक्रबार (७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २९ पटक पढिएको
  • विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि कायम हुने बताएका छन् ।

    विराटनगरमा आज आयोजित एक कार्यक्रममा उहाँले सुशासनलाई आर्थिक रूपान्तरणको आधार र वैधताको मन्त्रका रूपमा वर्तमान सरकारले लिएको बताए ।

    मन्त्री वाग्लेले भ्रष्टाचारले व्यवसायको लागत बढाउने, पहुँचका आधारमा अवसर बाँडिने र प्रतिस्पर्धा कमजोर बनाउने धारणा राखे । उनले सरकारी निकायमा अनावश्यक आर्थिक माग, बिचौलियाको हस्तक्षेप वा कानुनसम्मत काममा अवरोध भए सरकारसमक्ष जानकारी दिन निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

    अर्थमन्त्री वाग्लेले यस्ता विषयमा शून्य सहनशीलताका साथ कारबाही अगाडि बढाइने जानकारी दिए । उनले कानुनसम्मत निजी सम्पत्ति, उद्योग, व्यवसाय र लगानीको सुरक्षा सरकारको आधारभूत जिम्मेवारी रहेको उल्लेख गरे । असुरक्षाको अनुभूति भए सरकारले सम्बोधन गर्ने र समान अवसर तथा निष्पक्ष प्रतिस्पर्धाको वातावरण बनाउने प्रतिबद्धता उनले व्यक्त गरे ।

    अर्थमन्त्री वाग्लेले आउँदो चार महिनालाई सुधारलाई परिणाममा बदल्ने महत्त्वपूर्ण अवधिका रूपमा लिइएको बताए । निजी क्षेत्रको सहकार्यमा सरकारले सुधारको गति बढाउँदै गर्दा निजी क्षेत्रले पनि नयाँ उद्योग, क्षमता विस्तार, आधुनिक प्रविधि, कृषि प्रशोधन, ऊर्जा र पर्यटन क्षेत्रमा लगानीका योजना अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

    अर्थमन्त्री वाग्लेले उत्पादन लागत घटाउने, रोजगारी सिर्जना गर्ने र राज्य तथा निजी क्षेत्रबीच साझा प्रतिबद्धतामार्फत आर्थिक रूपान्तरणलाई तीव्र बनाउने सरकारको प्राथमिकता रहेको बताए । उनले बेरोजगारी र मूल्यवृद्धिलाई गम्भीर चुनौतीका रूपमा उल्लेख गर्दै आर्थिक वृद्धिको प्रतिफल नागरिकको दैनिक जीवनसँग जोडिने गरी विस्तार गर्नुपर्नेमा जोड दिए ।

    वर्तमान सरकार हजारौँ उद्यममार्फत रोजगारी सिर्जना गर्ने वातावरण बनाउने, युवाहरूलाई कृषि, उद्योग, पर्यटन, ऊर्जा, सूचना प्रविधि र आधुनिक सेवा क्षेत्रमा अवसर दिने तथा विप्रेषण, उपभोग, आयात र राजस्वमा निर्भर चक्रलाई तोडेर बचतलाई लगानी, उत्पादन र निर्यातमा रूपान्तरण गर्ने उद्देश्यमा रहेको उनले स्पष्ट पारे ।

    पूर्वी नेपाल तथा विराटनगरको औद्योगिक विरासतलाई नयाँ पुस्ताको अवसरसँग जोड्दै कृषि प्रशोधन, भण्डारण, गुणस्तर प्रमाणीकरण, निर्यात र जलविद्युत्लाई औद्योगिक प्रतिस्पर्धाको आधार बनाउनुपर्ने उनको भनाइ थियो ।

    सरकारले अनावश्यक अवरोध हटाउने, लगानी सुरक्षा सुनिश्चित गर्ने र जवाफदेही बन्ने काम गर्ने उल्लेख गर्दै उनले निजी क्षेत्रलाई पनि नयाँ उद्योग खोल्न, प्रविधि अपनाउन, गुणस्तर बढाउन, नयाँ निर्यात बजार खोज्न र रोजगारी सिर्जना गर्न आह्वान गरे ।

    उनले राज्यले कार्यशैली तथा चरित्र बदल्ने र निजी क्षेत्रले लगानीको गियर बदल्नुपर्ने आवश्यकता औँल्याए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    स्वदेशी उत्पादन बढाएर मात्रै नेपालको समृद्धि सम्भव छ : मन्त्री साह

    प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला

    धादिङको रुबीभ्यालीमा जिप दुर्घटनामा १ जनाको मृत्यु, घाइतेको हेलिकप्टरमार्फत उद्धार

    गुप्तचर विभागकै प्रमुख अनुसन्धान अधिकृतको शैक्षिक प्रमाणपत्र नक्कली !

    दुबई भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री

    सामाजिक सञ्जालबाट घृणा फैलाएर एमालेलाई हराइयो : ओली

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतसँगका सीमा र असमान सन्धिका मुद्दा उठाउन प्रधानमन्त्रीलाई…

    एनपिएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्डआउट’, एकैसाथ दुई…

    मकवानपुरका विभिन्न स्थानमा एकादशी मेला, भक्तजनको घुइँचो

    सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने…

    सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने…

    स्वदेशी उत्पादन बढाएर मात्रै नेपालको समृद्धि सम्भव छ…

    प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला

    धादिङको रुबीभ्यालीमा जिप दुर्घटनामा १ जनाको मृत्यु, घाइतेको…

    आर्थिक

    सेयरबजारमा ७ अंकको गिरावट, कारोबार ३ अर्ब ८८ करोडमा सीमित

    सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा १२ हजार २०० रुपैयाँ घट्यो

    सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँ घट्यो कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑