सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले निरन्तरता पाएको छ । मंगलबार एकैदिन सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले घटेको छ । यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँ कायम थियो ।
पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लागिरहेको छ । तिहारका लागि सुनचाँदीको कारोबार बन्द गर्नुअघि गत कात्तिक २३ गते सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ पुगेको थियो ।
त्यसपछि कात्तिक २७ गते सुनको मूल्य एकैपटक प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेर २ लाख ७१ हजार ७०० रुपैयाँमा झरेको थियो । त्यसयता पनि सुनको मूल्यमा गिरावट जारी छ ।
पछिल्लो मूल्य घटेसँगै तिहारअघिको तुलनामा सुन प्रतितोला १७ हजार १०० रुपैयाँले सस्तो भएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ५२० रुपैयाँ थियो ।
सुनचाँदीको मूल्यमा लगातार गिरावट आउँदा उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा