• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २५, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जनकपुरलाई २७ रनले हराउँदै सुदूरपश्चिम दोस्रो स्थानमा उक्लियो

      तिहारमा मिठाईको उपभोग बढे पनि व्यापार सामान्य, उपभोक्ताले घटाए खरिदको मात्रा

      मिथिलाञ्चलमा आज ‘अन्नकुट’ मनाइँदै

      नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा सभापति थापाद्वारा शुभकामना व्यक्त

      भोजनलिपि दोस्रो राष्ट्रिय सेलरोटी प्रतियोगिता सम्पन्न, कोपिला अधिकारी प्रथम

      महपूजा शरीरको सम्मान र आत्मसुरक्षाको सन्देश दिने पर्व : ज्ञानराम श्रेष्ठ

      नेपाली बाढीपीडितका लागि अस्ट्रेलियाली फिल्म निर्देशकको ३ हजार डलर सहयोग

      स्याफ्रुबेसीको नयाँ काठे पुल संचालनमा

      नेपाल संवत् ११४७ को अवसरमा प्रचण्डद्वारा शुभकामना व्यक्त

      नेपाल संवत् राष्ट्रिय पहिचान र सांस्कृतिक एकताको साझा सम्पदा हो : सभामुख अर्याल

      नेपाल संवत्ले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाओस् : उपराष्ट्रपति यादव

      प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना

      नेपाल संवत् नेपालको मौलिक पहिचान हो : राष्ट्रपति पौडेल

      नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गरी नयाँ वर्ष मनाउँदै

      आज गोवर्द्धन पूजा र हली तिहार मनाइँदै

    होमपेज /  अन्य

    तिहारमा मिठाईको उपभोग बढे पनि व्यापार सामान्य, उपभोक्ताले घटाए खरिदको मात्रा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक २५, मंगलबार (२७ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १४ पटक पढिएको
  • काठमाडौं । तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन् । विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि पछिल्लो समय उपभोक्ताको संख्या बढ्दा पनि प्रतिव्यक्ति खरिदको मात्रा घटेकाले व्यापार सामान्य रहेको उनीहरूको भनाइ छ ।

    काठमाडौंस्थित त्रिपुरेश्वरमा ४० वर्षदेखि सञ्चालनमा रहेको बाग्मती स्विट्सका व्यवसायी शिवराम खत्रीले तिहारमा हुनुपर्ने व्यापार यस वर्ष सामान्य रहेको बताए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले उपभोक्ताको संख्या बढे पनि मिठाई खरिद गर्ने परिमाण घटेको बताए ।

    उनले भने, ‘उपभोक्ताले क्वान्टिटी इकाई कम भयो । उपभोक्ताको संख्या बढेको छ तर लाने इकाई कम छ । पहिले मान्छेले एक किलो किन्थे भने आधा किलो, आधा किलो लानेले २०० ग्राम छ ।’

    खत्रीका अनुसार बाग्मती स्विट्समा नेपाली परम्परागत मिठाईदेखि आधुनिक मिठाईसम्म उपलब्ध छन्। रोड खजुरी, अनरसा, लाखामरीलगायत परम्परागत मिठाईसँगै बर्फी, कलाकन्द, लालमोहन, रसबरी, रसमरी र दूधभरी बिक्री हुँदै आएका छन् ।

    उनले भने, ‘हामीसँग भएको नेपाली मिठाई, पुरानो रोड खजुरी, अनरसा, लाखामरीदेखि लिएर अब आधुनिक मिठाई बर्फी, कलाकन्द, लालमोहन, रसभरी, रसमरी, दूधभरी छ। अहिले आधुनिक मिठाईहरू पनि, प्राचीन पुरानो खालको मिठाई पनि बिक्छ।’

    पछिल्लो समय उपभोक्तामा मिठाईको गुणस्तर र उपभोग अवधिबारे सचेतना बढेको उनको अनुभव छ । लामो समयसम्म राखेर खान मिल्ने खजुरी र लाखामरीसँगै तत्काल उपभोग गर्नुपर्ने दूधबाट बनेका मिठाई पनि ग्राहकले किन्ने गरेका छन् ।

    उनले भने, ‘अहिले मान्छेहरूले अब पहिलाको भन्दा अहिले अलि टाढा लानुपर्ने छ, अलि दिनपछि खाए पनि हुन्छ भनेर यस्तो रोड खजुरीहरू, लाखामरीहरू पनि लाने हुनुहुन्छ । अब आजभोलि पर्सिमा सिध्याउनुपर्छ, अहिले दूधको मिठाई बर्फी सर्फी लैजाऊ, यसलाई खाएर सिध्याइहाल्नुपर्छ भन्ने चेतना भयो । पहिलाको भन्दा ग्राहकमा चेतना आएको छ ।’

    खत्रीले पछिल्लो तीन वर्षदेखि मिठाईको मूल्य नबढाएको बताए । बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढे पनि त्यसको असर तत्काल ग्राहकमा नपरोस् भनेर मूल्य समायोजन नगरेको उनको भनाइ छ ।

    उनले भने, ‘ दैनिक उपभोगका वस्तुहरू किन्दाखेरि सबै कुराको भाउ त बढेको छ तर हामीले त्यतिमा बेचेको छैनौँ । हामीले एउटा क्षणिक दुई चार महिनाको लागि भाउ बढ्दैमा त्यसलाई बढाउनु हुँदैन बरु हामीले त्यसलाई खप्नुपर्छ अथवा थेग्नुपर्छ भन्ने हिसाबले नबढाएको हो ।’

    बाग्मती स्विट्समा मिश्रित मिठाई प्रतिकिलो एक हजार ३०० रुपैयाँ र मैदा तथा घिउबाट बनेका मिठाई प्रतिकिलो एक हजार १०० रुपैयाँमा बिक्री भइरहेको उनले बताए । निम्कीलगायतका परिकार भने ३० देखि ४० रुपैयाँसम्ममा उपलब्ध रहेको उनको भनाइ छ ।

    तिहारमा सेल, अनरसा, बर्फी र पेडालगायत मिठाईको माग हुने गरेको खत्रीले बताए । लक्ष्मीपूजाका बेला नबिग्रिने लड्डु, बर्फी र पेडाजस्ता मिठाई बढी बिक्री हुने गरेको तथा भाइटीकाका लागि पनि ग्राहकले मिठाई खरिद गर्ने गरेका छन् । त्यस्तै, विभिन्न कार्यालयले कर्मचारीलाई उपहार दिन र पसल सञ्चालकले आफ्ना ग्राहकलाई उपहार दिन मिठाई अर्डर गर्ने गरेको उनले जानकारी दिए ।

    यस्तै, ३२ वर्षदेखि सञ्चालनमा रहेको दूध सागर मिठाईका म्यानेजर लक्ष्मण अधिकारीले पनि पछिल्लो समय मिठाईको व्यापारमा विभिन्न कारणले उतारचढाव आएको बताए । उनका अनुसार मौसम, देशको परिस्थिति र राजनीतिक गतिविधिले समेत व्यापारमा प्रभाव पार्ने गरेको छ ।

    अधिकारीका अनुसार दूध सागरमा बंगाली मिठाईका साथै दक्षिण भारतीय परिकार पनि उपलब्ध छन्। दूधभरी, रसबरी, लालमोहन र बर्फी ग्राहकले बढी रुचाउने मिठाईमा पर्छन् । विगतमा मिठाईलाई अनिवार्य उपभोग्य वस्तुका रूपमा लिने गरिए पनि अहिले उपभोगको मात्रा केही घटेको उनको भनाइ छ ।

    उनले भने, ‘सबैभन्दा चलेको अहिले हाम्रो स्विट्समा दूधभरी, रसबरी, लालमोहन, त्यहाँबाट बर्फी आइटम । पहिला पहिला नेसेसरी मिठाई नै राख्नुपर्छ भन्ने हुन्थ्यो । अहिले अलि कम भएको तर पपुलेसन घट्दो नभएर बढ्दो भएर त्यति असर त परेको छैन।’

    अधिकारीले पछिल्लो समय ग्राहकको स्वादमा समेत परिवर्तन आएको बताए । पहिले अत्यधिक गुलियो मिठाई मन पराउने ग्राहकले अहिले कम गुलियो र रसिला मिठाई बढी रुचाउने गरेको उनको अनुभव छ ।

    उनले भने, ‘पहिलाका ग्राहकहरूले गुलियो अत्यधिक रुचाउँथे । पहिलाका मान्छेले त्यति कम्प्रमाइज गर्दैनन् । अहिले स्विट्समा गुलियो कम भएको र रसिलो आइटमहरू त्यस्तो मन पराउँछ ।’

    कच्चा पदार्थको मूल्य बढ्दा पनि मिठाईको मूल्य समायोजन गर्न व्यवसायीलाई कठिन भइरहेको अधिकारीले बताए । उनका अनुसार कच्चा पदार्थको मूल्य तीन गुणासम्म बढे पनि मिठाईको मूल्य बढाउँदा ग्राहकबाट गुनासो आउने गरेको छ ।

    उनले भने, ‘म्याटेरियलको अत्यधिक महँगोमा खरिद गर्नुपर्ने हुन्छ । अहिले प्राइज अलिकति बढाउँदा पनि ग्राहकले प्राइज बेसी भयो । यता म्याटेरियलको तुलना त ग्राहकले गर्ने कुरो भएन । मैले मिठाईको आइटम बढाएँ भने महँगो भयो भन्ने हुन्छ । तर यता म्याटेरियल थ्री टाइम बढेको हुन्छ । हामीले जम्मा टु टाइम्स, वान टाइम्स बढाउँदा नि गुनासो ग्राहकको आउँछ।’

    उनले दूध सागरले पनि विगत दुई वर्षदेखि मिठाईको मूल्य नबढाएको जानकारी दिए । हाल मिश्रित मिठाई प्रतिकिलो एक हजार ६०० रुपैयाँमा बिक्री भइरहेको छ । गुणस्तर, परिमाण र मूल्यलाई आधार मान्दा अन्य पसलको तुलनामा आफ्नो पसलको मूल्य कम रहेको उनको दाबी छ ।

    अधिकारीले तिहारका लागि अग्रिम तयारी गर्ने गरिएको बताए । दैनिक बिक्रीको तुलनामा दीपावलीका बेला ग्राहकको संख्या तीन गुणासम्म बढ्ने भएकाले कम्पनी तथा रेस्टुरेन्टबाट आउने अग्रिम अर्डरलाई प्राथमिकता दिने गरिएको उनले जानकारी दिए । दूध सागरले हालसम्म पसलबाट मात्रै मिठाई बिक्री गर्दै आएको र अनलाइन तथा सुपरमार्केटमार्फत बिक्री नगरेको पनि उनले बताए ।

    व्यवसायीहरूका अनुसार पुराना ग्राहक र लामो समयदेखि सञ्चालनमा रहेका पसलका कारण व्यापार धान्न सहज भए पनि बढ्दो कच्चा पदार्थको मूल्य र जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । अधिकारीले समग्र व्यवसायमा पहिलेको तुलनामा कठिनाइ बढेको बताए ।

    उनले भने, ‘हाम्रो अब पुरानोको नाताले पनि, हामीले धेरै वर्ष काम गरिरहेको नाताले पनि हामीलाई यसमा टिक्नमा त्यति गाह्रो भएको छैन । तर अहिलेको म्यानपावर र म्याटेरियल्स सबै हेर्ने हो भने अलिकति पहिलाको तुलनामा गाह्रो छ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    महपूजा शरीरको सम्मान र आत्मसुरक्षाको सन्देश दिने पर्व : ज्ञानराम श्रेष्ठ

    अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा

    व्यवसाय गर्न चाहने युवालाई २० लाखसम्म स्टार्टअप कर्जा, ब्याजदर जम्मा ३ प्रतिशत

    लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व

    सामाजिक सञ्जालको छाडापन नियमन गर्ने बेला भएन र ?

    कांग्रेसको आत्मा देउवा नेतृत्वको पार्टीमा छ : प्रकाशशरण महत

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरलाई २७ रनले हराउँदै सुदूरपश्चिम दोस्रो स्थानमा उक्लियो

    तिहारमा मिठाईको उपभोग बढे पनि व्यापार सामान्य, उपभोक्ताले…

    मिथिलाञ्चलमा आज ‘अन्नकुट’ मनाइँदै

    नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा सभापति…

    नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा सभापति…

    नेपाल संवत् ११४७ को अवसरमा प्रचण्डद्वारा शुभकामना व्यक्त

    नेपाल संवत् राष्ट्रिय पहिचान र सांस्कृतिक एकताको साझा…

    नेपाल संवत्ले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो…

    आर्थिक

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑