• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २५, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मिथिलाञ्चलमा आज ‘अन्नकुट’ मनाइँदै

      नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा सभापति थापाद्वारा शुभकामना व्यक्त

      भोजनलिपि दोस्रो राष्ट्रिय सेलरोटी प्रतियोगिता सम्पन्न, कोपिला अधिकारी प्रथम

      महपूजा शरीरको सम्मान र आत्मसुरक्षाको सन्देश दिने पर्व : ज्ञानराम श्रेष्ठ

      नेपाली बाढीपीडितका लागि अस्ट्रेलियाली फिल्म निर्देशकको ३ हजार डलर सहयोग

      स्याफ्रुबेसीको नयाँ काठे पुल संचालनमा

      नेपाल संवत् ११४७ को अवसरमा प्रचण्डद्वारा शुभकामना व्यक्त

      नेपाल संवत् राष्ट्रिय पहिचान र सांस्कृतिक एकताको साझा सम्पदा हो : सभामुख अर्याल

      नेपाल संवत्ले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाओस् : उपराष्ट्रपति यादव

      प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना

      नेपाल संवत् नेपालको मौलिक पहिचान हो : राष्ट्रपति पौडेल

      नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गरी नयाँ वर्ष मनाउँदै

      आज गोवर्द्धन पूजा र हली तिहार मनाइँदै

      अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा

      हाम्रो कला, संस्कृति, मौलिक परम्परा र सामाजिक सद्भाव सधैँ जीवन्त रहिरहोस्: उपसभामुख

    होमपेज /  अन्य

    महपूजा शरीरको सम्मान र आत्मसुरक्षाको सन्देश दिने पर्व : ज्ञानराम श्रेष्ठ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक २५, मंगलबार (४ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३० पटक पढिएको
  • काठमाडौं । नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन मनाइने महपूजा शरीरको सम्मान, आत्मसुरक्षा र स्वस्थ जीवनको कामनासँग जोडिएको पर्व भएको राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले बताएका छन् ।

    नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै श्रेष्ठले महपूजालाई केवल धार्मिक विधि र परम्पराका रूपमा मात्र नभई यसको वैज्ञानिक, सामाजिक र ज्ञानमूलक पक्षबाट समेत बुझ्नुपर्ने बताए । उनका अनुसार महपूजा मानिसले आफ्नो शरीरको महत्त्व बुझ्ने र आफूलाई स्वस्थ तथा सुरक्षित राख्न प्रेरित गर्ने मौलिक नेवारी संस्कृति हो ।

    ‘महको अर्थ शरीर हो । नेपाल भाषामा मह भन्ने शब्दको आफ्नै अर्थ छ । नेपाली वर्णमा नभएका अक्षर र शब्द अन्य भाषामा पनि हुन्छन् । त्यसैले महपूजा भनेको शरीरको पूजा हो,’ उनले भने ।

    उनले महपूजाको महत्त्वलाई बुझ्न यसको धार्मिक पक्षसँगै मानव सभ्यताको विकास र मानिसको जीवनशैलीसँग जोडेर हेर्नुपर्ने बताए । मानिसले आफ्नो जीवनलाई सुखी, सन्तुष्ट र व्यवस्थित बनाउन विभिन्न अभ्यास गर्दै आएको उल्लेख गर्दै उनले महपूजा पनि त्यही जीवनदर्शनको एउटा अभिव्यक्ति भएको बताए ।

    ‘हामी अन्धभक्त भएर मात्र हेर्ने होइन । विज्ञान र ज्ञानको दृष्टिकोणले पनि हेर्नुपर्छ । महपूजा किन गरिन्छ ? हामी सधैँ गरिरहेका छौँ, तर किन गर्नुपर्छ भन्ने कुरा बुझ्न आवश्यक छ । सामान्यजस्तो लाग्ने यो पर्व ज्ञानको दृष्टिकोणले धेरै महत्त्वपूर्ण छ,’ श्रेष्ठले भने ।

    उनका अनुसार मानिसको जीवनशैली मानव सभ्यताको विकाससँगै परिवर्तन हुँदै आएको छ । सिकारी युगदेखि आधुनिक प्रविधिको युगसम्म आइपुग्दा मानिसले बाँच्ने विभिन्न तरिका अपनाएको छ । तर, जुनसुकै समय र अवस्थामा पनि शरीर नै मानिसको जीवनको आधार भएकाले यसको महत्त्व उत्तिकै रहन्छ ।

    महपूजा विशेषगरी कृषि प्रणालीसँग पनि जोडिएको उनले बताए । नेपालको कृषि प्रणालीमा धान भिर्त्याउने समयसँगै मनाइने यस पर्वमा किसानले उत्पादन गरेका विभिन्न वस्तु पूजा सामग्रीका रूपमा प्रयोग गरिन्छन् । यसले मानिसको जीवन र कृषि उत्पादनबीचको सम्बन्धलाई समेत देखाउने उनको भनाइ छ ।

    ‘सबै काम सकिसकेपछि धान भिर्त्याउने समयमा महपूजा गरिन्छ । नेपालको प्रणाली कृषि प्रणाली हो । आफ्नो शरीरलाई पूजा गर्नु भनेको आफू बाँच्ने आधारलाई सम्मान गर्नु हो,’ उनले भने ।

    महपूजाको दिन बनाइने मण्डपलाई पनि उनले सांस्कृतिक तथा ज्ञानमूलक महत्त्व बोकेको संरचनाका रूपमा व्याख्या गरे । मण्डपमा धान, चामल, अक्षता, फलफूललगायत कृषि उत्पादन राखेर गरिने पूजाले तत्कालीन समाजको कृषि जीवनशैली र उत्पादनलाई प्रतिबिम्बित गर्ने उनको भनाइ छ ।

    उनका अनुसार मण्डपमा राखिने सामग्री केवल पूजाका लागि मात्र नभई मानिसले उत्पादन गरेका वस्तुको प्रदर्शनसमेत हो । कृषि उत्पादनलाई एकै ठाउँमा सजाएर राख्नुले प्रकृति, उत्पादन र मानव जीवनबीचको सम्बन्धलाई उजागर गर्छ ।

    ‘हामीसँग कृषि प्रणालीमा भएका उब्जनी त्यहाँ प्रदर्शनीका रूपमा राख्छौँ । धान, चामल र फलफूल अगाडि राखेर आफ्नो शरीरको पूजा गर्छौँ । हाम्रो कृषि प्रणाली र उत्पादनको एउटा प्रदर्शनीजस्तै पनि हो महपूजा,’ उनले भने ।

    महपूजामा बालिने दियोको पनि विशेष अर्थ रहेको श्रेष्ठ बताउँछन् । दियोले अन्धकार हटाएर उज्यालो दिने भएकाले यसलाई सकारात्मक जीवन र ऊर्जाको प्रतीकका रूपमा बुझ्न सकिने उनको भनाइ छ । शरीरलाई पूजा गर्ने क्रममा दियो बाल्नु, कृषि उत्पादन अगाडि राख्नु र विभिन्न विधि पूरा गर्नुले मानिसलाई आफ्नो अस्तित्व र जीवनप्रति सचेत गराउने उनले बताए ।

    उनले महपूजाको धार्मिक महत्त्वलाई अस्वीकार गर्न नहुने तर त्यसलाई धर्ममा मात्र सीमित गरेर बुझ्न नहुनेमा जोड दिए । मानिस स्वस्थ रहनु, आफ्नो शरीरको हेरचाह गर्नु र जीवनलाई सन्तुष्टिपूर्वक अघि बढाउनु पनि यस पर्वको मूल सन्देश भएको उनको भनाइ छ ।

    ‘हामीलाई केही समस्या नहोस् भनेर बिरामी हुँदा औषधि खान्छौँ, अस्पताल जान्छौँ । त्यसरी नै आफ्नो जीवनमा कुनै तलमाथि नहोस्, स्वस्थ भएर बाँच्न सकियोस् भन्ने कामनासहित आफूले आफैँलाई पूजा गर्ने परम्परा हो,’ उनले भने ।

    श्रेष्ठका अनुसार महपूजामा अष्टमात्रिकाको अवधारणा पनि महत्त्वपूर्ण छ । अष्टमात्रिकालाई सुरक्षासँग जोडेर बुझ्न सकिने उल्लेख गर्दै उनले नेवारी संस्कृतिमा विभिन्न धार्मिक तथा सांस्कृतिक विधिमार्फत सुरक्षा र संरक्षणको कामना गरिने बताए । अष्टमंगललगायतका प्रतीक र विधिले पनि यस संस्कृतिको विविध पक्षलाई उजागर गर्ने उनको भनाइ छ ।

    उनले महपूजा नेवार समुदायको मौलिक पर्व भएको उल्लेख गर्दै यसको परम्परा नेपालमा मात्र सीमित नरहेको बताए । रोजगारी, अध्ययन तथा विभिन्न कारणले विदेश पुगेका नेवार समुदायका मानिसले पनि आफ्नो संस्कृति र पहिचानलाई निरन्तरता दिँदै महपूजा मनाउने गरेको उनले जानकारी दिए ।

    ‘जहाँजहाँ नेवारहरू संसारमा गएका छन्, उनीहरूले आफ्नो महपूजा गरिरहेका छन् । केही गर्न नसके पनि आफ्नो महपूजा गर्ने परम्परा रहेछ । आफू बाँच्नुपर्छ, आफ्नो शरीर सुरक्षित राख्नुपर्छ भन्ने सन्देश दिन पनि यो पूजा गरिन्छ,’ उनले भने ।

    उनले महपूजालाई पुस्तान्तरण गर्दै यसको वास्तविक अर्थ र महत्त्व नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने आवश्यकता औँल्याए । परम्परालाई विधि पूरा गर्ने अभ्यासमा मात्र सीमित नराखी त्यसको पछाडिको ज्ञान, जीवनदर्शन र सामाजिक महत्त्व बुझाउन सके यसको सांस्कृतिक मूल्य अझ स्थापित हुने उनको भनाइ छ ।

    श्रेष्ठले महपूजालाई धार्मिक आस्थासँगै स्वास्थ्य, आत्मसम्मान, कृषि उत्पादन, प्रकृति र मानव जीवनबीचको सम्बन्ध बुझाउने पर्वका रूपमा लिनुपर्ने बताए । आफूले आफैँलाई सम्मान गर्ने र आफ्नो जीवनप्रति जिम्मेवार बन्ने सन्देश बोकेको महपूजा नेवार समुदायको महत्त्वपूर्ण सांस्कृतिक सम्पदा भएको उनले उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा

    व्यवसाय गर्न चाहने युवालाई २० लाखसम्म स्टार्टअप कर्जा, ब्याजदर जम्मा ३ प्रतिशत

    लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व

    सामाजिक सञ्जालको छाडापन नियमन गर्ने बेला भएन र ?

    कांग्रेसको आत्मा देउवा नेतृत्वको पार्टीमा छ : प्रकाशशरण महत

    समाचार स्रोत खोल्न पत्रकारलाई बाध्य पार्नु लोकतन्त्रमाथिकै क्षति : दाहाल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मिथिलाञ्चलमा आज ‘अन्नकुट’ मनाइँदै

    नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा सभापति…

    भोजनलिपि दोस्रो राष्ट्रिय सेलरोटी प्रतियोगिता सम्पन्न, कोपिला अधिकारी…

    महपूजा शरीरको सम्मान र आत्मसुरक्षाको सन्देश दिने पर्व…

    नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा सभापति…

    नेपाल संवत् ११४७ को अवसरमा प्रचण्डद्वारा शुभकामना व्यक्त

    नेपाल संवत् राष्ट्रिय पहिचान र सांस्कृतिक एकताको साझा…

    नेपाल संवत्ले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो…

    आर्थिक

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑