• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २०, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कानुन व्यवसायीलाई बहस कला र ल फर्म व्यवस्थापनको तालिम आवश्यक : वरिष्ठ अधिवक्ता कार्की

      नागढुंगा सुरुङमार्ग प्रयोगवापत चार दिनमै ५१ लाख ८७ हजार संकलन, दैनिक आठ हजार सवारीसाधन आवतजावत

      जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्सको अपराजित यात्रा जारी

      क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा

      डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल वार्ता गर्न चिकित्सक संघको माग

      नेपाली मूलकी सराहाना श्रेष्ठ न्युयोर्क विधानसभामा लगातार तेस्रोपटक निर्वाचित

      नयाँ सहर निर्माणको योजना प्रतिवेदनमै सीमित, बजेट अभावले पूर्वाधार निर्माण अघि बढेन

      चिसो रातमा नेपथ्यको सांगीतिक ताप, तीन घण्टा झुम्यो इटहरी

      दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

      आईजीपीमा पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की

      सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

      प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश प्रमाणित नगर्न राष्ट्रपतिसँग पत्रकार महासंघको माग

      कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

      प्रधानमन्त्री बालेनलाई राज्य व्यवस्था समितिको बैठकमा उपस्थित गराउन ज्ञानेन्द्र शाहीको माग

      राज्य सञ्चालन कि बिचौलियाको स्वार्थ संरक्षण ?

    होमपेज /  समाचार

    कानुन व्यवसायीलाई बहस कला र ल फर्म व्यवस्थापनको तालिम आवश्यक : वरिष्ठ अधिवक्ता कार्की

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक २०, बिहिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १६ पटक पढिएको
  • काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनका वरिष्ठ अधिवक्ता जगतबहादुर कार्कीले कानुन व्यवसायीको पेसागत दक्षता अभिवृद्धिका लागि बहस कला, इजलासमा प्रस्तुत हुने शैली र ल फर्म व्यवस्थापनसम्बन्धी तालिम आवश्यक रहेको बताएका छन् ।

    नेपाल बार एशोसिएशनले नेपालीहरूको महान् चाडपर्व विजया दशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्व २०८३ को अवसरमा आयोजना गरेको परिचय तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता कार्कीले कानुन व्यवसायीहरूमा व्यावहारिक दक्षताको अभाव देखिएको बताए ।

    उनले विशेषगरी अदालतमा बहस पैरवी गर्दा अपनाउनुपर्ने कला र इजलासका प्रश्नको जवाफ दिने क्षमतामा सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।

    ‘पेसागत दक्षता अभिवृद्धि तथा कानुन व्यवसायी सरोकार समिति, यो समितिको नामै आफैँमा पवित्र छ। हामीले पेसागत दक्षता अभिवृद्धि गर्न सकिराखेका पनि छैनौँ, व्यवहारमा पुग्न सकिराखेका पनि छैनौँ । यो बहस कला हामीलाई अति आवश्यक रहेछ,’ उनले भने ।

    बहस गर्ने शैलीले मुद्दाको परिणाममा समेत प्रभाव पार्न सक्ने भन्दै उनले कानुन व्यवसायीले आफ्नो पक्षको प्रतिनिधित्व कसरी गरिरहेका छन् भन्ने विषयमा तालिम आवश्यक रहेको बताए ।

    उनका अनुसार कतिपय अवस्थामा इजलासले सोधेका प्रश्नको जवाफ दिनसमेत कानुन व्यवसायीहरूलाई कठिनाइ हुने गरेको छ । त्यसैगरी इजलासमा प्रवेश गर्ने र बाहिरिने तरिका, सहकर्मी तथा अर्को पक्षका कानुन व्यवसायीलाई सम्बोधन गर्ने शैलीलगायत विषयमा पनि स्पष्ट व्यावहारिक ज्ञान आवश्यक रहेको उनले बताए ।

    ‘बेन्चमा कहिलेकाहीँ बेन्चले सोधेका प्रश्नको जवाफ दिन पनि हामी कानुन व्यवसायी थाहा पाइराखेका हुँदैनौँ, के जवाफ दिने थाहा हुँदैन। बेन्चमा कसरी प्रवेश गर्ने, निस्किँदा कसरी गर्ने, सँगैको साथीलाई कसरी सम्बोधन गर्ने, अर्को पक्षको कानुन व्यवसायीले बोलेका कुरालाई कसरी सम्बोधन गर्ने? यो अति आवश्यक भएको छ,’ उनले भने ।

    कार्कीले अनुभवी वरिष्ठ अधिवक्ताहरूको अनुभव र ज्ञान नयाँ पुस्ताका कानुन व्यवसायीसम्म पुर्‍याउन बृहत् प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । लामो समयदेखि बहस पैरवी गर्दै आएका अग्रज कानुन व्यवसायीलाई सहभागी गराएर नवप्रवेशी तथा अनुभवी दुवै पुस्ताका कानुन व्यवसायीलाई प्रशिक्षण दिनुपर्ने उनको सुझाव छ ।

    उनले कानुन व्यवसायीका लागि ल फर्म व्यवस्थापन पनि महत्त्वपूर्ण विषय भएको उल्लेख गरे। सेवाग्राहीले कानुन व्यवसायीको कार्यालयमा आउँदा कस्तो व्यवहार र सेवा पाउँछन् भन्ने कुराले उनीहरूको विश्वास र सन्तुष्टिमा प्रभाव पार्ने उनको भनाइ छ ।

    ‘हाम्रो ल फर्ममा आउने सेवाग्राहीले हाम्रो ल फर्मलाई कसरी हेर्दै छन्? त्यो असाध्यै आवश्यक रहेछ । ल फर्मको व्यवस्थापन ठूलो चाहिँदैन, राम्रो चाहिँदैन, तर सेवाग्राही आउँदा कसरी व्यवहार गर्ने, उहाँहरूलाई कुन ठाउँमा राख्ने भन्ने कुरा महत्त्वपूर्ण छ,’ उनले भने ।

    मुद्दामा सबै पक्ष सफल नहुने र कतिपय सेवाग्राही पीडा बोकेर कानुन व्यवसायीकहाँ आउने भएकाले उनीहरूसँग गर्ने व्यवहार, समस्या सुन्ने शैली र कार्यालयको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उनले बताए । सेवाग्राहीलाई उचित व्यवहार गर्दै उनीहरूको विश्वास कायम राख्ने सीप पनि कानुन व्यवसायीको पेसागत दक्षताकै हिस्सा भएको उनको भनाइ छ ।

    यसैगरी, कार्कीले कानुन व्यवसायीलाई सामाजिक सुरक्षा कोष (एसएसएफ) सम्बन्धी व्यवस्थाबारे पर्याप्त जानकारी गराउन नसकिएकोप्रति ध्यानाकर्षण गराए । नेपाल बार एशोसिएशनले सामाजिक सुरक्षा कोषसँग सम्झौता गरे पनि यसको महत्त्व र उपादेयताबारे कानुन व्यवसायीलाई बुझाउन अझै बाँकी रहेको उनले बताए ।

    ‘हामीले नेपाल बार एशोसिएशनले सामाजिक सुरक्षा कोषसँग सम्झौता पनि गर्‍यौँ। गण्डकी प्रदेशमा गयौँ, कोशी प्रदेशमा पनि गयौँ। प्रदेशमा जाँदै साथीहरूलाई यसबारे बुझाउने प्रयास गर्‍यौँ। तर अहिलेसम्म पनि थोरै, एकदमै बुझाउनै सकेनौँ। यसलाई बुझिदिनुहोला, बुझ्ने प्रयास गर्नुस्,’ उनले आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नागढुंगा सुरुङमार्ग प्रयोगवापत चार दिनमै ५१ लाख ८७ हजार संकलन, दैनिक आठ हजार सवारीसाधन आवतजावत

    नयाँ सहर निर्माणको योजना प्रतिवेदनमै सीमित, बजेट अभावले पूर्वाधार निर्माण अघि बढेन

    नेपाली वायु सेवाहरुमाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारले इयुसंग पहल गरिरहेको छ : मंत्री पौडेल

    गोली हानी हत्या गरी फरार दुई प्रतिवादी कारागार चलान

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५३६ जनालाई कारबाही

    आजको मौसम : कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कानुन व्यवसायीलाई बहस कला र ल फर्म व्यवस्थापनको…

    नागढुंगा सुरुङमार्ग प्रयोगवापत चार दिनमै ५१ लाख ८७…

    जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्सको अपराजित यात्रा जारी

    क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा

    डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल वार्ता…

    प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश प्रमाणित नगर्न राष्ट्रपतिसँग…

    कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले…

    नागरिकले न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ…

    आर्थिक

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    कामना सेवा फुटसल कपको छैटौँ संस्करण सम्पन्न, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजेता

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑