सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउँदै अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ।
बुधबार आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिने निर्णय गरेको बताइएको छ।
कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने तयारी गरिएको समाचारमा उल्लेख छ।
मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार कार्की नेपाल प्रहरीको महानिरीक्षकमा पदोन्नति भएका थिए। तर, पछिल्लो समय उनी विभिन्न विवादमा तानिँदै आएका थिए।
गत वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि नियुक्त निर्वाचन प्रहरीको पोशाक खरिद प्रकरण तथा पत्रकार पक्राउको घटनालाई लिएर कार्की विवादमा परेका थिए।
त्यस्तै, सरकारको निर्देशन र अपेक्षाअनुसार काम गर्न नसकेको आरोपसमेत उनीमाथि लाग्दै आएको थियो।
सरकारको पछिल्लो निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन हुने भएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा