तिहार नजिकिएसँगै भक्तपुरको प्रसिद्ध पोटरी स्क्वायरमा माटाका पाला बनाउन कुमालेहरूलाई भ्याइनभ्याइ भएको छ । तिहारमा घर, पसल तथा विभिन्न स्थानमा दीप प्रज्वलन गर्न प्रयोग हुने पालाको माग बढेपछि भक्तपुरका कुमालेहरू पाला बनाउन व्यस्त छन् । परम्परागत रूपमा माटोबाट बनाइने पाला नेपाली संस्कृति र मौलिकतासँग जोडिएकाले विद्युतीय बत्तीको प्रयोग बढेपनि यसको आकर्षण भने घटेको छैन् ।





















