सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केनले सन् २०२६ को पुरुषतर्फको बालोन डी’ओर अवार्ड जितेका छन् । स्पेनकी एलेक्सिया पुटेलासले भने महिलातर्फ तेस्रो पटक यो अवार्ड हात पारेकी छन् ।
केनले फ्रान्सका किलियन एम्बाप्पे र स्पेनका लामिन यमाललाई पछि पार्दै प्रतिष्ठित व्यक्तिगत फुटबल अवार्ड जितेका हुन् । सन् २००१ मा माइकल ओवेनपछि बालोन डी’ओर जित्ने उनी पहिलो इंग्लिस खेलाडी बनेका छन् ।
केनले यस सिजन क्लब र देशका लागि उत्कृष्ट प्रदर्शन गर्दै कुल ७३ गोल गरेका छन् भने आठ गोलका लागि सहयोग गरेका छन् । उनको व्यक्तिगत प्रदर्शनको योगदानमा ८१ गोल संलग्न छन् । उनको प्रदर्शनमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा, जर्मन कप र जर्मन सुपर कपको उपाधि जितेको छ ।
बुन्डेसलिगामा केनले ३१ खेलमा ३६ गोल गर्दै बायर्नलाई सन् २०२५–२६ को लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेले । युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा बायर्न अन्तिम विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग पराजित भए पनि केनले प्रतियोगितामा १३ खेलबाट १४ गोल गरेका थिए ।
उनले रियल म्याड्रिडविरुद्ध क्वार्टरफाइनलका दुवै लेग तथा पीएसजीविरुद्ध सेमिफाइनलका दुवै लेगमा कम्तीमा एक गोल गरेका थिए । सन् २०२६ को विश्वकपमा पनि इंग्ल्यान्डका लागि ६ गोल र एक असिस्ट गरेका केनले टोलीलाई तेस्रो स्थानसम्म पु¥याउन योगदान दिएका थिए ।
यसैगरी, महिलातर्फ स्पेनकी पुटेलासले तेस्रो पटक बालोन डी’ओर जितेकी छन् । बार्सिलोनाकी यी खेलाडीले यसअघि सन् २०२१ र २०२२ मा पनि यो अवार्ड जितेकी थिइन् । उनी तीन पटक महिला बालोन डी’ओर जित्ने आफ्नै पूर्वसहकर्मी तथा स्पेनी खेलाडी आइताना बोनमतीको उपलब्धिको बराबरीमा पुगेकी छन् ।
बार्सिलोनाबाट खेल्दै आएकी पुटेलासले महिला फुटबलमा क्लबको बलियो उपस्थिति कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेकी छन् । सन् २०२६ को बालोन डी’ओर समारोह लन्डनस्थित प्यालाडियममा आयोजना गरिएको थियो । पहिलो बालोन डी’ओर विजेता स्टान्ली म्याथ्युज घोषित भएको ७०औँ वार्षिकोत्सवका अवसरमा यस वर्षको समारोह आयोजना गरिएको हो । एएनआई
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा