• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ३०, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • यस वर्षको दशैँमा कस्तो रहला मौसम ?

      सुदूरपश्चिममा दशैं मनाउन पहाड जानेको संख्या घट्यो

      कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिदैँ

      यस वर्षको दशैँमा कस्तो रहला मौसम ?

      मधेश प्रदेश सरकारलाई एमालेको समर्थन फिर्ता, चार मन्त्रीले दिए राजीनामा

      एमाले सांसद वीरबहादुर थापाको राजीनामा स्वीकृत, प्रदेशसभा सदस्य पद रिक्त

      पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्युरोमा उजुरी

      मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

      भूमि तथा वनसम्बन्धी अध्यादेश संसद्बाटै छलफल गरेर अघि बढाउनुपर्ने कांग्रेसको धारणा

      सरकारमा सैद्धान्तिक विचलन देखियो, अध्यादेशबाट शासन चलाउने शैली गलत : कमला पन्त

      काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा

      कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो : सभापति थापा

      प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण गर्न सक्षम निकाय बनाइने छ : गृहमन्त्री

      हिमालको काखमा धोभली, पर्यटकीय क्षेत्रको सम्भावनासँगै चुनौतीपूर्ण जनजीवन

      कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्य विजयी

    होमपेज /  राजनीती

    कांग्रेस महाधिवेशन : सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन २९, बिहिबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २८ पटक पढिएको
  • काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकीसम्म सार्वजनिक हुने भएको छ ।

    निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुकीसम्म सबै पदको मतपरिणाम आइसक्ने कांग्रेस मिडिया सेन्टरलाई जानकारी दिएका हुन्।

    कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति र महामन्त्रीको मतगणना सम्पन्न भइसकेको छ ।

    सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको भने विभिन्न समूहको सकिँदा अन्य समूहको मतगणना धमाधम भइरहेको छ ।

    निर्वाचन समितिले मतगणनालाई तीव्रता दिएसँगै बाँकी परिणामसमेत आजै सार्वजनिक गर्ने तयारी गरेको हो ।

    सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । कूल खसेको ७ हजार १३ मतमध्ये ५४ मत बदर भएकामा थापाले ९४ दशमलव ६ प्रतिशत अर्थात् ६ हजार ५८४ मत पाए ।

    उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले भने ५ दशमलव ४ प्रतिशत अर्थात् ३७५ मतमात्र पाए ।

    त्यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति महिलामा पुष्पा भुसाल निर्विरोध निर्वाचित भए । उपसभापति खुलामा डा चन्द्रकान्त भण्डारी ५३ दशमलव १ प्रतिशत मतसहित र ई मधु आचार्य ३३ दशमलव मतसहित निर्वाचित भए । समावेशी उपसभापतिमा विनोदकुमार चौधरी २४ दशमलव ८ प्रतिशत मतसहित निर्वाचित भए ।

    महामन्त्री खुलामा प्रदीप पौडेल५९ दशमलव ६ प्रतिशत तथा उदयशमशेर राणा ३२ दशमलव ८ प्रतिशत मतसहित निर्वाचित भए ।

    महामन्त्री महिलामा डिला संग्रौला ४४ दशमलव ३ प्रतिशत मतसहित निर्वाचित भइन् ।

    सहमहामन्त्रीका विभिन्न समूहमध्ये खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् ।

    सहमहामन्त्री महिलामा प्रतिमा गौतम निर्वाचित भएकी छिन् । आदिवासी जनजातितर्फ बहादुर सिंह लामा निर्वाचित भएका छन् । पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित भएका छन् ।

    विभिन्न क्लस्टरका केन्द्रीय सदस्यहरूको अन्तिम मत परिणाम पनि सार्वजनिक भइसकेको छ । केही क्लस्टरका महामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना जारी छ । केहीको परिणाम आउने क्रममा रहेको निर्वाचन समितिले जनाएको छ ।

    निर्वाचन समितिले पार्टीको केन्द्रीय कार्यालय सानेपामा विभिन्न समूह बनाएर मतगणना अघि बढाइरहेको छ। बाँकी समूहको गणना सम्पन्न गरी आज बेलुकासम्म सम्पूर्ण परिणाम सार्वजनिक गर्ने लक्ष्य समितिले राखेको छ।

    गत असोज १८ गतेदेखि शुरू भएको महाधिवेशनको २३ गते मतदान भएको थियो । सभापतिको मत परिणाम २४ गते बिहानै आएको भए पनि अन्य पदको गणना द्रूत गतिमा हुन नसक्दा केही ढिलाइ भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिदैँ

    मलेसियाका लागि राजदूत सिफारिस भएका खरेलमाथि उठेका आरोपबारे थप अध्ययन गरिने

    १०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा साढे ६ अर्बभन्दा बढी लगानी

    कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि

    कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

    आईपीयू महासभामा जलवायुजन्य विपद् र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी प्रस्ताव पारित

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यस वर्षको दशैँमा कस्तो रहला मौसम ?

    सुदूरपश्चिममा दशैं मनाउन पहाड जानेको संख्या घट्यो

    कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली…

    यस वर्षको दशैँमा कस्तो रहला मौसम ?

    मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक…

    काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा

    जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न…

    यात्रुलाई बासी खाना खुवाएर बिरामी परे होटल सञ्चालकसँगै…

    आर्थिक

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑