सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एनएमबी बैंक लिमिटेडले ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को अवसरमा र्यापिड टेक प्रालि (Rapid Tech Pvt. Ltd.) सँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ।
व्यावसायिक संस्थाहरूले प्रयोग गर्दै आएका दैनिक सफ्टवेयर तथा डिजिटल प्रणालीबाटै बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले उक्त सम्झौता गरेको जनाएको छ।
सम्झौतापछि एनएमबी बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकले आफूले प्रयोग गरिरहेका बैंकिङ प्रणालीभित्रै रहेर रकम भुक्तानी, हिसाब मिलान (रिकन्सिलिएसन) तथा अन्य बैंकिङ कारोबार तत्काल गर्न सक्नेछन्।
यस सहकार्यबाट साना तथा मझौला व्यवसायले पनि व्यावसायिक केन्द्र र विभिन्न डिजिटल प्लेटफर्ममार्फत छिटो, सुरक्षित र सहज रूपमा बैंकिङ सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।
बैंकिङ सेवामा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै व्यावसायिक कारोबारलाई थप प्रभावकारी बनाउने उद्देश्यले अघि बढाइएको यस पहलले अनावश्यक प्रक्रियागत झन्झट कम गर्नुका साथै ग्राहकको समय बचत गर्न र वित्तीय कारोबारलाई सरल बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ।
एनएमबी बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम तथा नौवटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले डिजिटल प्रविधिमा आधारित सेवा विस्तारमार्फत ग्राहकलाई सहज र प्रभावकारी बैंकिङ अनुभव प्रदान गर्ने प्रयासलाई निरन्तरता दिँदै आएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा