• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन २२, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्, समय वचत गर्न आग्रह

      नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

      कांग्रेस सुधार्न र बदल्न अडिग छु : सभापति थापा

      बलिउडमा एक युगको अन्त्य : नाना पाटेकरको निधनमा सहकलाकार शोकमा

      बलिउड अभिनेता नाना पाटेकरको हृदयघातबाट निधन

      आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित

      बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित

      जुम्ला जिल्लामा सार्वजनिक बिदा

      भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३० जनालाई कारबाही

      कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दै, २९७ सदस्यीय कार्यसमिति

      आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

       स्थानीय तह गैरदलीय बनाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र, रास्वपालाई आफ्नै प्रतिबद्धता सम्झाउँदै अभियन्ता

      कामना सेवा विकास बैंक र उद्योग वाणिज्य महासंघबीच सम्झौता

      कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु

    होमपेज /  अन्य

    कांग्रेस सुधार्न र बदल्न अडिग छु : सभापति थापा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन २२, बिहिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ७ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल्य र मान्यता कमजोर भएको अवस्थामा त्यसलाई सुधार्दै नयाँ ढंगले अघि बढाउन आफू अडिग रहेको बताएका छन् ।

    कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र समापन कार्यक्रममा बोल्दै थापाले भदौ २३ र २४ पछिको राजनीतिक परिस्थितिमा आफूलाई नयाँ पार्टी गठन गरेर नेतृत्व गर्न प्रस्ताव आए पनि आफूले लामो समयदेखि झन्डा बोकेको कांग्रेसलाई नै सुधार्ने बाटो रोजेको बताए ।

    ‘पार्टीको भ्यालु ठीक छैन भने सच्याउन लाग्ने हो, बदल्न प्रयास गर्ने हो,’ उनले भने, ‘नयाँ पार्टी खोल्न र अध्यक्ष बन्न प्रस्ताव आएका थिए। तर म १४ वर्षदेखि झन्डा बोकेको पार्टी सुधार्न र बदल्न यहीँ अडिग भएर बसेको हुँ ।’

    थापाले कांग्रेसलाई एउटा परिवारका रूपमा बुझ्नुपर्ने र पार्टीभित्रका सबै नेता–कार्यकर्ताको अधिकार समान रहेको बताए । नेतृत्व भने निश्चित प्रक्रियाबाट प्राप्त हुने जिम्मेवारी भएको उनको भनाइ छ ।

    ‘कांग्रेस एउटा परिवार हो । परिवारभित्र निर्णय गर्ने जिम्मेवारी कसले लिने भन्ने मात्रै हो,’ उनले भने, ‘सबैको हक बराबर छ । मेरो र भुइँमा बस्ने कांग्रेसको अधिकार एउटै हो । नेतृत्व भने समय तोकेर पाउने हो ।’

    पार्टीको सार्वभौम शक्ति तल्लो तहका कार्यकर्ता र शुभेच्छुकसँग रहेको बुझाइलाई व्यवहारमा स्थापित गर्नुपर्ने उनले बताए । पछिल्लो समय सामाजिक सञ्जाल र सूचनाको पहुँचले समाज तीव्र रूपमा परिवर्तन भएकाले कांग्रेसले पनि आफूलाई त्यसअनुसार बदल्नुपर्ने थापाको भनाइ छ । उनले पुराना राजनीतिक दलप्रति वितृष्णा बढ्दै मानिसहरू नयाँ विकल्पतर्फ गइरहेको अवस्थामा कांग्रेसले जनताबीच आफ्नो सान्दर्भिकता र विश्वास पुनः स्थापित गर्नुपर्ने बताए ।

    ‘पुराना पार्टी चाहिँदैन भनेर छाडेर गएको अवस्था छ । अब यहाँबाट फर्केर गएपछि धेरै चुनौती छन्,’ उनले भने, ‘ऐतिहासिक पार्टीलाई जनताबीच सान्दर्भिकताको विश्वास दिलाउनुपर्ने छ । कसरी दिलाउने भन्ने चुनौती यही महाधिवेशनमा आएकाहरूको हो ।’

    नेपालमा युवा जनसंख्या ठूलो रहेकाले युवाको बदलिँदो सोच र अपेक्षालाई कांग्रेसले सम्बोधन गर्नुपर्ने उनले बताए । युवाहरू अब राजनीतिक दलको परम्परागत शैली पर्खेर बस्ने अवस्थामा नरहेको उनको भनाइ छ ।

    बन्दसत्रमा अपेक्षाअनुसार छलफल हुन नसकेको स्वीकार गर्दै थापाले प्रतिनिधिहरूलाई आफ्नो राजनीतिक प्रतिवेदन अध्ययन गरेर सुझाव दिन आग्रह गरे । आगामी ८–१० दिनभित्र सुझाव प्राप्त हुने अपेक्षा राख्दै उनले महाधिवेशनपछि कांग्रेसलाई नयाँ ढंगले अघि बढाउने बताए ।

    ‘मेरो २० प्रतिशत मात्रै समय आन्तरिक पार्टीमा जाने हो, ८० प्रतिशत कांग्रेसलाई बाहिर बहस गर्ने बनाउने हो,’ उनले भने, ‘यो कोठाभन्दा बाहिर जानुपर्ने छ ।’ थापाले महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पार्टीमा फर्किन आग्रह गर्दै अदालत जाने क्रम रोक्नसमेत आग्रह गरे । पूर्वसभापति शेरबहादुर देउवासहितका नेताहरूको सहयोग रहेको उल्लेख गर्दै उनले अब पार्टीलाई विवादमा अल्झाइराख्न नहुने बताए । ‘फर्कनुहोस्, यो अदालत जाने काम बन्द गर्नुहोस् । यो समयको बर्बादी मात्रै हो,’ उनले भने ।

    महाधिवेशन आयोजना गर्ने क्रममा केही कमजोरी भएको उनले स्वीकार गरे । विशेषगरी सदस्यतासम्बन्धी निर्णय तथा अदालतका फैसला कार्यान्वयन गर्दा केही क्षेत्रमा समस्या आएको भन्दै अन्याय भएको भए त्यसको समाधान गरिने उनले बताए ।

    ३० उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह

    महाधिवेशनको निर्वाचनमा करिब ३० जना उम्मेदवार प्रतिस्पर्धामा रहेकाले अझै उम्मेदवारी फिर्ता लिन थापाले आग्रह गरे। जित्नेभन्दा हार्नेको संख्या बढी हुने भएकाले पार्टीभित्रको निर्वाचन प्रणालीबारे पनि पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ ।

    ‘समय अझै बाँकी छ, फिर्ता लिनुस्, अझै म आग्रह गर्छु,’ उनले भने, ‘जित्नेको संख्या थोरै र हार्नेको संख्या धेरै हुने भयो । यो विषयमा पनि अब चेन्ज गर्ने बेला भएको छ ।’

    उनले वडादेखि नै नेतृत्व चयन गर्ने गरी पार्टीको आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउनुपर्ने धारणा राखे । पार्टीको सदस्यता विवाद समाधान गर्दै तल्लो तहबाटै नेतृत्व चयनको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

    थापाले विधान संशोधन कुनै नेताको व्यवस्थापनका लागि नगरिएको स्पष्ट पारे । पार्टीमा रहेका पाँच पुस्तालाई जोड्ने र लामो समयदेखि रहेको सांगठनिक ‘जाम’ खुलाउने उद्देश्यले विधान संशोधन गरिएको उनले बताए । ‘नेता व्यवस्थापन गर्न विधान संशोधन गरिएको होइन । पार्टीमा भएका पाँच पुस्तालाई जोड्न र पार्टीभित्रको जाम खुलाउनका लागि विधान संशोधन गरिएको हो,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बलिउडमा एक युगको अन्त्य : नाना पाटेकरको निधनमा सहकलाकार शोकमा

    बलिउड अभिनेता नाना पाटेकरको हृदयघातबाट निधन

    जुम्ला जिल्लामा सार्वजनिक बिदा

     स्थानीय तह गैरदलीय बनाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र, रास्वपालाई आफ्नै प्रतिबद्धता सम्झाउँदै अभियन्ता

    गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता

    दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस…

    नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

    कांग्रेस सुधार्न र बदल्न अडिग छु : सभापति…

    बलिउडमा एक युगको अन्त्य : नाना पाटेकरको निधनमा…

    आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित

    विजया दशमीको टीकाको साइत कात्तिक ४ गते बिहान…

    गृहमन्त्री सुधन गुरुङ भारत जाने

    काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा,…

    आर्थिक

    कामना सेवा विकास बैंक र उद्योग वाणिज्य महासंघबीच सम्झौता

    नेप्से १२ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब माथि

    माछापुच्छ्रे बैंकको लगानीमा सुनसरीमा २० मेगावाटको सौर्य ऊर्जा आयोजना निर्माण हुने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑