• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १९, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • झलनाथ खनाल नेकपाबाट अलग, ‘समाजवादी जागरण अभियान’ को घोषणा 

      उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारसँग समन्वय गर्नेछौं : सभापति अन्सारी 

      महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालन

      झलनाथ खनालले छोडे नेकपा

      गृहमन्त्री सुधन गुरुङ भारत जाने

      दुर्गा प्रसाईंविरुद्धको सक्कल अनुसन्धान फाइल झिकाउन सर्वोच्चको आदेश

      कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति शर्माको प्रतिवेदन : नेतृत्वदेखि संगठन सञ्चालनसम्म रूपान्तरणको प्रस्ताव

      भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र पार्ने सरकारको निर्णय

      कांग्रेसमा पेसागत विज्ञ समूहबाट डा.प्रदीप मिश्रको उम्मेदवारी

      कांग्रेस महाधिवेशनमा ‘के गर्ने, के नगर्ने’ प्रस्ताव : नियुक्तिदेखि भ्रष्टाचार नियन्त्रणसम्म जोड

      कांग्रेसका जनप्रतिनिधिले उच्च नैतिक मापदण्ड पूरा गर्नुपर्ने प्रस्ताव

      विपद् थेग्ने पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्छ : अध्यक्ष कार्की

      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

      बिजुलीको बिल मोबाइलबाटै डिजिटलरुपमा तिर्ने प्रणाली सहज बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

      बागलुङमा सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु

    होमपेज /  समाचार

    कांग्रेसमा पेसागत विज्ञ समूहबाट डा.प्रदीप मिश्रको उम्मेदवारी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १९, सोमबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ११ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।

    कैलालीको धनगढीमा रहेर लामो समयदेखि स्वास्थ्य क्षेत्रमा पु¥याउँदै आएको उत्कृष्ट सेवा, उच्च पेसागत अनुभव र दृढ राजनीतिक प्रतिबद्धताका साथ पार्टीको नीति निर्माण तहमा प्रभावकारी योगदान दिने सङ्कल्पसहित उनी चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

    डा.मिश्रको राजनीतिक यात्रा निकै लामो छ। उनका पिता नारायण मिश्र नेपाली कांग्रेसका निष्ठावान्, लोकप्रिय र जनप्रेमी नेताका साथै तत्कालीन जिल्ला विकास समितिका पूर्वसभापति हुन्।

    पिताको राजनीतिक सक्रियताका कारण बाल्यकालदेखि नै घरमा शीर्ष नेता, विचारशील कार्यकर्ता र बौद्धिक व्यक्तित्वहरूको निरन्तर जमघट हुन्थ्यो।

    यही लोकतान्त्रिक वातावरणमा हुर्किएका डा। मिश्रमा सानै उमेरदेखि गहिरो राजनीतिक चेतना, बिपी कोइरालाको प्रजातान्त्रिक समाजवाद र लोकतान्त्रिक मूल्य(मान्यताप्रति अगाध आस्था निर्माण भयो।

    उनले आफ्नो विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघ (नेविसंघ)को झन्डामुनि रहेर लोकतन्त्र र विद्यार्थी हक(हितका पक्षमा निरन्तर आवाज उठाएका थिए।

    सन् २००७ मा प्रतिष्ठित काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस गरेका डा.मिश्रले सन् २०१५ देखि आफ्नो गृह नगर धनगढीमा नवजात शिशु तथा बालरोग विशेषज्ञका रूपमा सेवा प्रारम्भ गरे।

    दैनिक रूपमा सयौँ बिरामीहरूको प्रत्यक्ष उपचार गर्ने क्रममा उनले सुदूरपश्चिमका ग्रामीण तथा विपन्न समुदायका नागरिकहरूले भोग्नुपरेको गम्भीर र जटिल स्वास्थ्य समस्याहरूलाई नजिकबाट नियाल्ने अवसर पाए।

    नेपालको विद्यमान स्वास्थ्य प्रणालीले सहजर र सुलभ उपचारको संवैधानिक अधिकारलाई सुनिश्चित गर्न नसकेको तथा अझैँ पनि थुप्रै नागरिक उपचारको पहुँच बाहिर रहेको यथार्थले उनको हृदय छोयो। बिरामीको उपचारसँगै व्यक्तिगत तवरबाट विपन्न बिरामीलाई आर्थिक सहयोग गर्दै आएका डा. मिश्रले केवल व्यक्तिगत सहयोगले समाजको बृहत् समस्या समाधान हुन सक्दैन, त्यसका लागि नीतिगत तहमै आमूल परिवर्तन ल्याउनु अनिवार्य रहेको महशुस गरे।

    ‘राजनीति नै सबै नीतिको मूल नीति हो। स्वास्थ्य र सामाजिक नीतिको पुनसंरचना राजनीतिक तहबाटै हल गर्न सकिने विषय हो। त्यसैले म नीतिगत रुपमै जनताको पक्षमा काम गर्नुपर्छ भन्ने उद्देश्यका साथ कांग्रेसको केन्द्रीय सदस्यको प्रतिस्पर्धामा छु। त्यहाँ रहेर मैले विषय विज्ञका रुपमा काम गर्ने छु। पार्टीलाई स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि सुझाव दिने छु। सरकारलाई ती योजना कार्यान्वयनका लागि पार्टीबाटै दबाब दिन आग्रह गर्ने छु,’ उम्मेदवारी घोषणा गर्दै मिश्रले भने।

    आफ्नो पेसागत वृत्तमा डा.मिश्र एक कुशल सङ्गठक र नेतृत्वकर्ताका रूपमा स्थापित व्यक्ति हुन्। उनले नेपाल चिकित्सक संघ, सुदूरपश्चिम शाखाको पूर्वसचिव र पूर्वअध्यक्षका रूपमा सफलतापूर्वक जिम्मेवारी सम्हालिसकेका छन्। यसैगरी, उनी प्रजातान्त्रिक चिकित्सक संघ सुदूरपश्चिम प्रदेशको संयोजकका रूपमा लोकतान्त्रिक पेसाकर्मीहरूलाई एकाबद्ध बनाउन निरन्तर क्रियाशील रहँदै आएका छन्। मिश्रले सुदूरपश्चिम प्रदेश सरकारका पूर्वसामाजिक विकास मन्त्री गोबिन्द बोहराको विज्ञ सल्लाहकार भएरसमेत काम गरिसकेका छन्।

    उनले स्वास्थ्य सेवाको लामो अनुभव र विषयगत विशेषज्ञतालाई पार्टीको नीति, योजना र निर्णय प्रक्रियामा व्यावहारिक रूपमा समावेश गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

    उनको मुख्य प्राथमिकता नेपालका हरेक विपन्न र पहुँचविहीन नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने संवैधानिक अधिकारको ग्यारेन्टीका लागि राष्ट्रिय स्वास्थ्य नीतिमा व्यापक सुधार ल्याउनु रहेको छ।

    यसका साथै, डा.मिश्रले बुद्धिजिवी, चिकित्सक, इन्जिनियर र अन्य पेसागत समूहका आवाजहरूलाई पार्टीको मूलधारमा जोड्दै लोकतान्त्रिक मूल्य(मान्यताका आधारमा पार्टीलाई संस्थागत रूपमा सुदृढ र आधुनिक बनाउने अटोट सङ्कल्प लिएका छन्। उनले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई अमूल्य मतदान गरेर विजयी गराउन आग्रहसमेत गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति शर्माको प्रतिवेदन : नेतृत्वदेखि संगठन सञ्चालनसम्म रूपान्तरणको प्रस्ताव

    भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र पार्ने सरकारको निर्णय

    कांग्रेस महाधिवेशनमा ‘के गर्ने, के नगर्ने’ प्रस्ताव : नियुक्तिदेखि भ्रष्टाचार नियन्त्रणसम्म जोड

    कांग्रेसका जनप्रतिनिधिले उच्च नैतिक मापदण्ड पूरा गर्नुपर्ने प्रस्ताव

    विपद् थेग्ने पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्छ : अध्यक्ष कार्की

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    झलनाथ खनाल नेकपाबाट अलग, ‘समाजवादी जागरण अभियान’ को…

    उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारसँग समन्वय…

    महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालन

    झलनाथ खनालले छोडे नेकपा

    गृहमन्त्री सुधन गुरुङ भारत जाने

    काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा,…

    संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

    राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन

    आर्थिक

    महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालन

    राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने

    विश्व बजारमा खाद्यान्नको मूल्य फेरि बढ्यो, चिनीको मूल्य ६.१ प्रतिशतले वृद्धि

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑