सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको छ।
केन्द्रीय कमिटीको बैठकअघि बिहीबार बसेको एमाले सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउनेसहित केन्द्रीय सदस्यमा मनोनयन हुने नेताहरूको सूची पारित गरेको थियो। भण्डारीलाई पार्टी सदस्यता दिने वा नदिने विषयमा एमालेभित्र केही समयदेखि बहस हुँदै आए पनि अन्ततः उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरिएको हो।
एमाले सचिव हिक्मत कार्कीले भण्डारी अब पार्टीमा वरिष्ठ नेताको भूमिकामा रहने जानकारी दिए। उनले भण्डारीको लामो राजनीतिक तथा सांगठनिक अनुभवले पार्टीको आगामी कार्यभारलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
बैठकपछि प्रतिक्रिया दिँदै एमाले सचिव पद्मा अर्यालले भण्डारीजस्तो अनुभवी र सम्मानित नेतालाई पार्टी सदस्यता दिएर विशुद्ध सदस्यका रूपमा मात्र राख्न उपयुक्त नहुने भएकाले वरिष्ठ नेताको जिम्मेवारी दिइएको बताइन्।
अर्का सचिव महेश बस्नेतले केन्द्रीय कमिटीको बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको दाबी गरे। उनले ‘नेतृत्व र पार्टीमाथि भएको हमलालाई निराश’ बनाउँदै पार्टीलाई एकताबद्ध र उत्साहित बनाउने गरी बैठक सम्पन्न भएको बताए।
बस्नेतले विघटित प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा न्यायालयबाट छिटो र उपयुक्त निर्णय आउने आशा व्यक्त गरे।
असोज ५ गतेदेखि जारी एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक बिहीबार सकिँदैछ। बुधबार बसेको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित गरेको थियो।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा