सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आधा किलोभन्दा बढी सुनसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कतारको दोहा हुँदै काठमाडौं आएका ४२ वर्षीय भारतीय नागरिक मोहम्मद चेरा थोडी रहेका छन्। विमानस्थल सुरक्षा प्रहरीका अनुसार उनको साथबाट ५३६ ग्राम सुन बरामद गरिएको छ।
त्यस्तै, कतारबाटै काठमाडौं आएका बाराको पचरौता नगरपालिका–१ पिपरपाटीका ३३ वर्षीय अनिश अन्सारी पनि सुनसहित पक्राउ परेका छन्। उनको साथबाट ६९.६ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।
दुवै जनाबाट गरी प्रहरीले ६०५.६ ग्राम सुन बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई बरामद सुनसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा