• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ७, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मधेश प्रदेशबाटै लाइसेन्स वितरण सुरु

      सनातन धर्म संरक्षण गर्न कोजाग्रत पूर्णिमादेखि मेची महाकाली श्रीमुक्तिनाथ रथयात्रा हुँदै

      विषम परिस्थितिकाबीच भन्सार विभागद्वारा १ खर्ब २ अर्ब राजस्व संकलन

      विपद्को समयमा बालमैत्री स्थानीय शासन झनै आवश्यक

      अमेरिका पुगेर पनि प्रधानमन्त्री बालेनलाई देशबासीको चिन्ता, उच्च सतर्कता अपनाउन आग्रह

      भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने : मन्त्री वाग्ले

      काँग्रेस नेतालाई डेढ करोड बुझाएको बालिकाको बयान

      यातायात व्यवसायीको आग्रह : बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्नू

      विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठद्वारा पदभार ग्रहण

      मन्त्री लम्सालले गरे फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश

      मधेशका किसानबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

      राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेबीच भेटवार्ता

      जलविद्युत आयोजनामा कार्यरत ८ सयभन्दा बढी कामदार अझैं सम्पर्कविहीन : उर्जामन्त्री श्रेष्ठ

      विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए

      राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेबीच भेटवार्ता

    होमपेज /  अन्य

    विपद्को समयमा बालमैत्री स्थानीय शासन झनै आवश्यक

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ७, बुधबार (३८ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १६ पटक पढिएको
  • काठमाडौं । विपद् तथा जोखिमको समयमा बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न बालमैत्री स्थानीय शासनको आवश्यकता झनै बढ्ने सरोकारवालाहरूले बताएका छन् ।

    जागृति बाल तथा युवा सरोकार नेपाल, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च र वल्र्ड भिजन इन्टरनेसनल नेपालले आयोजना गरेको ‘बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारको संरक्षण तथा सञ्चारमाध्यमको भूमिका’ विषयक छलफलमा सहभागीहरूले विपद्का समयमा बालबालिकाको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

    कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै बालअधिकारकर्मी तारक धितालले बालमैत्री स्थानीय शासन, यसको महत्त्व, सूचक, बालमैत्री शासनका लागि भएका पहल तथा बालअधिकार संरक्षण र संवद्र्धनमा यसले पु¥याएको योगदानबारे चर्चा गरे ।

    बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका संयोजक अशोक खनालको अध्यक्षतामा भएको कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले सहजीकरण गरे ।

    कार्यक्रममा पौडेलले हालसम्म ३३ वटा स्थानीय तह बालमैत्री स्थानीय शासन घोषणा भइसकेको जानकारी दिँदै यसको दिगोपनाका लागि तीनै तहका सरकारले लगानी बढाउनुपर्ने बताए । बालबालिकाको विषय कुनै एउटा मन्त्रालय वा निकायको मात्र नभई सबै सरोकारवालाको साझा विषय भएकाले यसलाई अभियानका रूपमा अघि बढाउनुपर्ने उनले बताए ।

    उनले विपद्को समयमा विभिन्न साझेदार संस्थासँगको सहकार्यमा जागृति बाल तथा युवा सरोकार नेपालले रसुवामा मनोविमर्श सेवा, सचेतना, स्वास्थ्य, राहत तथा पुनस्र्थापनाका लागि स्थानीय तहसँग समन्वय र सहकार्य गरिरहेको जानकारी दिए । हालसम्म ५०० भन्दा बढी परिवारसम्म पुगिएको उनले बताए ।

    पौडेलले विपद्का समयमा बालबालिका बेचबिखन, बालविवाह, बालश्रम, हिंसा तथा दुव्र्यवहारमा पर्न सक्ने भएकाले अनलाइन सुरक्षासमेतलाई प्राथमिकतामा राख्नुपर्ने बताए । प्रभावित क्षेत्रमा विद्यालय तत्काल सञ्चालन गर्नुपर्ने तथा बालबालिका, अभिभावक र जनप्रतिनिधिलाई समेत मनोविमर्श सेवा उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो ।

    उनले बालिका तथा किशोरी सशक्तीकरण, बालविवाह अन्त्य, बालश्रममुक्त अभियान, अनलाइन सुरक्षा, पोषणमैत्री स्थानीय शासन, युवामैत्री स्थानीय शासनलगायतका अभियानलाई सँगसँगै अघि बढाउनुपर्ने बताए। बाबुआमा वा अभिभावक बेपत्ता भएका, विद्यालय तथा खेतीयोग्य जमिन नष्ट भएका बालबालिकाको अवस्थाप्रति थप संवेदनशील हुँदै राहत तथा पुनस्र्थापनाका कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।

    बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका संयोजक खनालले तीनै तहका सरकारले नीति, कार्यक्रम र बजेट निर्माण तथा कार्यान्वयन गर्दा बालबालिकाका लागि आधारभूत सेवा सहज र पहुँचयोग्य बनाउनुपर्ने बताए । भौतिक पूर्वाधार निर्माण गर्दा बालमैत्री तथा अपाङ्गतामैत्री संरचना बनाउनुपर्ने र सबै काममा बालबालिकाको उच्चतम हितलाई ध्यान दिनुपर्ने उनले बताए ।

    बालमैत्री अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

    मञ्चका सचिव हरिशचन्द्र घिमिरेले बालबालिकाका लागि लगानी अभिवृद्धि गर्न तथा विपद्को समयमा बाल संरक्षणको विषयलाई प्राथमिकताका साथ उठाउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताए ।

    छलफलमा धितालले विपद्बाट भौतिक र मानवीय क्षति मात्र नभई बाल संरक्षण र बालमैत्री शासन प्रणालीसमेत प्रभावित भएको बताए। विपद्ले बालबालिकाको जीवन र अधिकारमा पारेको प्रभावबारे खोजी गर्नुपर्ने बताउँदै उनले उद्धार, पहिचान तथा अभिलेखीकरण, परिवारसँग पुनर्मिलन, पूर्वावस्थामा फर्काउने तथा पुनस्र्थापना र भविष्यमा हुन सक्ने जोखिमबाट रोकथामका विषयमा ध्यान दिनुपर्ने बताए ।

    उनले यस्ता विषयको खोजी तथा नीति निर्माणका लागि नागरिक संघसंस्था र सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताए ।

    छलफलमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य देविका घर्ती, काठमाडौँ शाखाकी उपाध्यक्ष कान्ति न्यौपाने, अनलाइनखबरकी सुमित्रा लुइटेल, रातोपाटीका नरेन्द्र रेउलेलगायतले बालमैत्री शासन प्रवद्र्धन र विपद्मा बालअधिकार संरक्षणका विषयमा धारणा राखे ।

    बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका अनुसार हालसम्म ३३ वटा स्थानीय तह र १५० वटा वडा बालमैत्री घोषणा भइसकेका छन् । मञ्चले बालमैत्री स्थानीय शासनसम्बन्धी राष्ट्रिय रणनीति २०६८ लाई समयसापेक्ष परिमार्जन गरी बालमैत्री शासनलाई थप प्रभावकारी बनाउनुपर्ने जनाएको छ ।

    बालमैत्रीसँगै पोषणमैत्री, लैङ्गिकमैत्री, बालविवाहमुक्त, बालश्रममुक्त, ‘बालबालिका राष्ट्रिय गौरव हुन्’ तथा बालसंवेदनशील सामाजिक सुरक्षालगायतका विषयलाई पनि अभियानका रूपमा अघि बढाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

    पौडेलले रसुवा र नुवाकोटमा स्थानीय तहसँगको सहकार्यमा पिस हिमालयन, कारितास जर्मनी, मुस्लिम ह्यान्डलगायतका संस्थासँग मिलेर काम भइरहेको बताए । वल्र्ड भिजन इन्टरनेसनल नेपाल, प्लान इन्टरनेसनल, केयर नेपाल, सेभ द चिल्ड्रेन, युनिसेफलगायत ५८ वटा साझेदार संस्थाले विभिन्न क्षेत्रमा काम गरिरहेको जानकारी दिँदै उनले तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक संघसंस्था तथा विकास साझेदारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

    कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले बाढी गएको तीन हप्तापछि पनि प्रभावित बालबालिकाका लागि विद्यालय जाने वातावरण बन्न नसकेको बताएका थिए । कतिपय बालबालिका आफन्तसँग उपत्यका आइसकेकाले उनीहरूको खोजी तथा पहिचान गरी आवश्यक सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

    विभिन्न सञ्चारमाध्यमका करिब ४० जना सञ्चारकर्मी सहभागी छलफलले बालमैत्री स्थानीय शासन प्रवद्र्धन, बालबालिकामा लगानी वृद्धि तथा विपद्को पूर्वतयारीमा ध्यान दिनुपर्नेमा जोड दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    अमेरिका पुगेर पनि प्रधानमन्त्री बालेनलाई देशबासीको चिन्ता, उच्च सतर्कता अपनाउन आग्रह

    काँग्रेस नेतालाई डेढ करोड बुझाएको बालिकाको बयान

    यातायात व्यवसायीको आग्रह : बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्नू

    न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

    मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन

    एमाले केन्द्रीय बैठक : नेताहरूको फरक–फरक धारणा, ओलीप्रति नरम

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मधेश प्रदेशबाटै लाइसेन्स वितरण सुरु

    सनातन धर्म संरक्षण गर्न कोजाग्रत पूर्णिमादेखि मेची महाकाली…

    विषम परिस्थितिकाबीच भन्सार विभागद्वारा १ खर्ब २ अर्ब…

    विपद्को समयमा बालमैत्री स्थानीय शासन झनै आवश्यक

    भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक…

    राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेबीच…

    विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए

    महँगीबारे प्रश्न गर्दा ३५ वर्ष के गर्‍यौँ भन्ने…

    आर्थिक

    धनगढीमा एभरेस्ट बैंकको नयाँ भवन र शाखा सञ्चालनमा

    ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

    कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेलमा ५ थान प्रतीक्षा बेन्च स्थापना

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑