सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पर्साको वीरगञ्जबाट सशस्त्र प्रहरीले चार थान पेस्तोल र ६ राउन्ड गोलीसहित भारतीय कार बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणबाट खटिएको मोबाइल टोलीले वीरगञ्ज महानगरपालिका–१५ स्थित बास्तुबिहार चोकमा रोकिराखेको बेवारिसे भारतीय कार चेकजाँच गर्ने क्रममा हातहतियार फेला पारेको हो।
प्रहरीका अनुसार युपी १६ एजे ३३०१ नम्बरको भारतीय कारभित्र बोरामा लुकाएर राखिएको अवस्थामा दुई थान कटुवा पेस्तोल, दुई थान सिक्सर पेस्तोल र ७.६२ एमएमका ६ थान गोली बरामद गरिएको हो।
बरामद हातहतियार, गोली र कारलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
कार कसले र कुन प्रयोजनका लागि प्रयोग गरेको थियो तथा बेवारिसे अवस्थामा किन छाडिएको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा