• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ३१, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • पाँच महिनामा ६ हजार बढी विदेशी पर्यटक हुम्ला भित्रिएपाँच महिनामा ६ हजार बढी विदेशी पर्यटक हुम्ला भित्रिए

      विपदबारे प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्छ : माधव नेपाल

      चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

      रास्वपाले भोटेकोशी बाढीबारे सर्वदलीय संसदीय उच्चस्तरीय समिति बनाउन पहल गर्ने

      नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा अर्थ समितिबाट पारित

      ईभी दुर्घटना बढ्दै गएपछि चालक र लाइसेन्स प्रणाली सुधार्न पुकार बमको माग

      ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा

      विपद्को बेला अस्वाभाविक मूल्यवृद्धि लुट हो : सांसद केसी

      बाढीपीडितको पुनर्स्थापना र जलवायु न्यायका लागि अन्तरराष्ट्रिय अभियान समिति गठनको प्रस्ताव

      वीरेन्द्रनगरको आकाशमा देखिएको इन्द्रेणी (फोटो फिचर)

      प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

      विपद् व्यवस्थापनका लागि नेपालमै ड्रोन उत्पादन गर्ने तयारी : मन्त्री पुन 

      कर्जाको माग कमजोर हुँदा बैंकहरूले घटाए मुद्दति निक्षेपको ब्याजदर

      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

      एक महिनामै सर्वोच्चको नयाँ भवनमा दोस्रोपटक आगलागी, तीन फाँटमा क्षति

    होमपेज /  समाचार

    विपदबारे प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्छ : माधव नेपाल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ३१, बुधबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २३ पटक पढिएको
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले प्रधानमन्त्रीले विभिन्न राजनीतिक दल र विज्ञहरूसँग छलफल गरी विपद् व्यवस्थापनका लागि आवश्यक निर्णय लिनुपर्ने बताए ।

    बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि बोल्दै नेपालले प्रधानमन्त्रीमार्फत विपद्को विषयमा विज्ञहरूसँग छलफल गरी आवश्यक निर्णय लिनुपर्ने बताएका हुन् ।

    उनले भने, ‘हामीले के भन्यौँ भने, यस्ता मामिलामा प्रधानमन्त्रीज्यू आफैँले बैठक बोलाउनुपर्छ। उहाँले आफैँ विभिन्न दलहरूलाई बोलाएर परामर्श गरेर, विज्ञहरूसँग पनि छलफल गरेर अनि अन्तरक्रिया गरेर बल्ल एउटा निर्णयमा पुग्नुपर्छ।’

    नेपालले अनुभवबाट सिक्दै सरकार तथा नेतृत्वले आगामी दिनमा थप परिपक्व ढङ्गले काम गर्नुपर्ने बताए ।

    उनले भने, ‘त्यसो हुनाले प्रधानमन्त्रीजीको पनि ध्यान आकर्षित गर्ने, व्यस्तताका बीचमा पनि समय निकालेर मान्छेले अनुभवबाट सिक्ने हो। अनुभव प्राप्त हुँदै गइसकेपछि मान्छे परिपक्व हुँदै जान्छन्।’

    भोटेकोशी बाढी तथा त्यसपछिको विपद् व्यवस्थापनका विषयमा सरकारको ध्यान अझै खोजी, उद्धार, उपचार, राहत र पुनःस्थापनामा केन्द्रित हुनुपर्ने बताएका छन् ।

    रास्वपा सभापति रवि लामिछानेले पहल गरेको सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने र संसद्भित्र विशेष समिति गठन गर्ने सहमति भएको बताए ।

    उनले भने, ‘हामीले जुन पहिले बनाउने कुरामा पहल हाम्रो रवि लामिछानेजीले, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिजीले लिनुभएको छ, त्यसलाई निरन्तरता दिने भन्ने एउटा कुरा। राजनीतिक, सर्वदलीय राजनीतिक संयन्त्र। त्यसको समय–समयमा बैठकको आयोजना गर्ने।’

    नेपालका अनुसार संसद्भित्र गठन हुने विशेष समितिले अहिलेको विपद् र जलवायु परिवर्तनको विषयमा गम्भीर छलफल गर्नुका साथै अनुगमन र सरकारलाई सुझाव दिनेछ ।

    उनले भने, ‘दोस्रो कुरो भनेको संसद्भित्र विशेष समितिको गठन गर्ने। र त्यसको निम्ति सभामुखज्यूलाई आग्रह गर्ने। सकेसम्म एक हप्ताभित्र नै त्यो संसदीय विशेष समिति गठन होस् र त्यसले यो क्लाइमेट चेन्जको इस्युलाई, अहिलेको विपद्लाई गम्भीरताका साथ लिएर त्यसले छलफल गरोस्। र अरू संसद्को तर्फबाट गर्नुपर्ने कामहरू, अनुगमनका कामदेखि लिएर सुझाव–सल्लाहका काम पनि त्यसले देओस् भन्ने दोस्रो कुरो पनि भयो।’

    सर्वदलीय बैठकमा करिब आठ वटा राजनीतिक दलका नेताहरू सहभागी भएको र छुटेका दललाई समेत संयन्त्रमा सहभागी गराउनुपर्ने विषय उठेको उनले बताए ।

    नेपालले आफ्नो प्रधानमन्त्रीत्वकालमा सन् २००९ डिसेम्बर ४ मा सगरमाथाको आधार शिविरमा जलवायु परिवर्तनको विषयमा मन्त्रिपरिषद् बैठक बसेको स्मरण गरे ।

    उनले भने, ‘अब यो विपद्को बारेमा कुरा उठिसकेपछि पहिलोपटक विश्वको ध्यान आकर्षित गर्ने सन्दर्भमा जतिखेर म प्रधानमन्त्री थिएँ, २००९ (टु थाउजेन्ड नाइन) को डिसेम्बर ४ मा हामीले सगरमाथाको बेस क्याम्पमा यही क्लाइमेट चेन्जको इस्युमा क्याबिनेटको बैठकको आयोजना गरेका थियौँ। र त्यो बैठकले नै एउटा ‘सगरमाथा डिक्लेरेसन’, सगरमाथा घोषणापत्र जारी गरेको थियो।’

    कोपेनहेगनमा भएको कोप–१५ सम्मेलनमा नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पार्ने प्रभावबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको उनले बताए ।

    नेपालले वातावरण संरक्षण तथा जलवायु परिवर्तनका विषयमा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा क्षतिपूर्तिको मागलाई थप प्रभावकारी रूपमा उठाउनुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    पाँच महिनामा ६ हजार बढी विदेशी पर्यटक हुम्ला भित्रिएपाँच महिनामा ६ हजार बढी विदेशी पर्यटक हुम्ला भित्रिए

    चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

    रास्वपाले भोटेकोशी बाढीबारे सर्वदलीय संसदीय उच्चस्तरीय समिति बनाउन पहल गर्ने

    ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा

    बाढीपीडितको पुनर्स्थापना र जलवायु न्यायका लागि अन्तरराष्ट्रिय अभियान समिति गठनको प्रस्ताव

    प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पाँच महिनामा ६ हजार बढी विदेशी पर्यटक हुम्ला…

    विपदबारे प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्छ : माधव…

    चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

    रास्वपाले भोटेकोशी बाढीबारे सर्वदलीय संसदीय उच्चस्तरीय समिति बनाउन…

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    कृष्णभीरमा नयाँ ट्रयाक खोलियो, असोज १ देखि दुईतर्फी…

    प्रधानमन्त्री दैवी कोषको नाम परिवर्तन गर्न जगदिश खरेलको…

    कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब २…

    आर्थिक

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑