• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २५, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु भन्ने अमरेशकुमार सिंहले भने: बालेनले हुकुमी शासन चलाए

      सांसद घिमिरेको प्रश्न : नेपालमा दैनिक २० जनाले आत्महत्या गर्दा सरकारको योजना के छ ?

      ग्यास नियमित रूपमा आइरहेको छ तर वितरण प्रणालीमा समस्या देखियो : श्रेष्ठ

      विवादास्पद अभिव्यक्तिपछि मन्त्री यादवले दिइन राजीनामा

      केएमसीमा नेपालमै पहिलो पटक मस्तिष्कको अवरुद्ध नसा चिरफारबिनै खोलियो

      गोरखा ५१ जना अझै बेपत्ता, खोजी तथा उद्धार तीव्र बनाउन सांसद बुर्लाकोटीको माग

      मुस्ताङमा भूकम्पबाट पाँचसय घरधुरीमा क्षति, तत्काल राहत र पुनर्निर्माणको माग

      पैसा अभावमा सुत्केरी महिला अस्पतालबाहिरै, स्वास्थ्य प्रणालीमाथि सांसद कर्णको प्रश्न

      राष्ट्रिय सभालाई दोष देखाएर सरकारको कमजोरी ढाक्न खोजियो : सांसद झाँक्री

      फैसला कार्यान्वयनका लागि छुट्टै ऐन आवश्यक : मन्त्री गौतम

      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन राजीनामा

      प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणसँगै उद्धार र राहतको विषयमा छलफल भयो : बासना थापा

      गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति अधिकारकर्मी आक्रोशित, शब्द फिर्ता लिएर माफी माग्न माग

      संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त

      नयाँ एक्स्काभेटरको प्रयोगले चिलिमे टनेलभित्र उद्धारमा सहज

    होमपेज /  अन्य

    जेनजी आन्दोलनको एक वर्षपछि मिराज ढुंगानाले भने : ‘तेस्रो ध्रुवको आवश्यकता छ’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २४, बुधबार (२१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५२ पटक पढिएको
  • काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले मुलुकमा वैकल्पिक राजनीतिक शक्ति र तेस्रो ध्रुवको आवश्यकता रहेको बताएका छन् ।

    जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा आयोजित ‘जेनजी आन्दोलनको १ वर्ष र अबको बाटो’ कार्यक्रममा बोल्दै ढुंगानाले वर्तमान सरकारबाट जनजीविकामा अपेक्षित सुधारको अनुभूति हुन नसकेको दाबी गरे । उनले सरकारले नागरिकमा आशा जगाउन नसके वैकल्पिक राजनीतिक शक्तिबारे देशव्यापी बहस सुरु गर्नुपर्ने बताए ।

    ‘आन्दोलनमार्फत नयाँ सरकार आयो, साथीहरू निर्वाचित हुनुभयो । तर के देशले वास्तविक परिवर्तन पायो ? के हाम्रो जीवनस्तर सुध्रिएको छ ? के महँगी घटेको छ ? के जनजीविका सहज भएको छ ?’ उनले प्रश्न गरे ।

    नयाँ सरकार गठन भएको करिब साढे पाँचदेखि ६ महिना मात्र भएकाले तत्कालै सबै उपलब्धिको मूल्यांकन गर्न कठिन हुने भए पनि सरकारले आगामी दिनको संकेत देखाउनुपर्ने उनको भनाइ थियो ।

    ‘हुने बिरुवाको चिल्लो पात भनेझैँ सुरुवाती उपलब्धिबाट भविष्यको संकेत देखिनुपर्छ । तर आधा वर्ष बितिसक्दा पनि आशा देखिएन भने त्यो गम्भीर विषय हो,’ ढुंगानाले भने ।

    उनले नागरिकले आफ्नै देशमा रोजगारी र अवसर पाउने वातावरण निर्माण हुन नसकेको बताए । महँगी बढेको र जनजीविका कठिन बनेको उनको आरोप थियो । विशेषगरी गृहिणी तथा सर्वसाधारण महँगीको मारमा परेको उनले बताए ।

    ढुंगानाले जेनजी आन्दोलनका क्रममा २३ र २४ भदौमा भएका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए ।

    सुरक्षा संयन्त्रबाट कानुन मिचेर निर्दोष नागरिकको ज्यान गएको भए दोषीमाथि कडा कारबाही हुनुपर्ने उनको भनाइ थियो । त्यस्तै आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायतका संरचनामा भएको आगजनी र तोडफोडको समेत छानबिन हुनुपर्ने उनले बताए ।

    ‘२४ गतेका घटनालाई बिर्सन मिल्दैन । सिंहदरबार, सर्वोच्च अदालत र ऐतिहासिक धरोहरमा भएको क्षतिको एक–एक फाइल पल्टाएर छानबिन हुनुपर्छ,’ उनले भने ।

    उनले वर्तमान सरकारले त्यस्ता घटनाको छानबिन नगरे भविष्यमा बन्ने वैकल्पिक शक्तिले त्यसबारे अनुसन्धान गरी दोषीमाथि कारबाही गर्ने चेतावनीसमेत दिए ।

    ढुंगानाले आफूलाई जेनजी आन्दोलनबाट अलग देखाउने प्रयास भइरहेको भन्दै असन्तुष्टि जनाए । आफूहरूले आन्दोलनका लागि विचार, आह्वान र परिचालनको काम गरेको उनको दाबी थियो ।

    उनले आफूलाई ‘अवसरवादी’ र ‘आन्दोलनबाट भागेको’ भन्ने आरोपको समेत खण्डन गरे ।

    ‘चाहेको भए सत्ताको मतियार भएर सांसद वा मन्त्री बन्न सकिन्थ्यो । तर मैले कहिल्यै सत्ताको मतियार बन्न चाहिनँ,’ उनले भने ।

    आफूले १६ वर्षको उमेरदेखि स्वरोजगार तथा व्यवसायमार्फत आफ्नो जीवन चलाउँदै आएको उल्लेख गर्दै ढुंगानाले कुनै पद वा सत्ताको लोभ नभएको बताए ।

    ‘मलाई पदको लोभ छैन । मलाई देशमै केही गर्न मन छ । मलाई विदेश जानु छैन,’ उनले भने ।

    उनले आफूले विगतमा पनि राजनीतिक तथा सामाजिक मुद्दामा सक्रिय भूमिका निर्वाह गरेको दाबी गरे । लिपुलेक–कालापानी अतिक्रमण, एमसीसीलगायतका विषयमा आफू हिरासतमा परेको प्रसंगसमेत उनले उल्लेख गरे ।

    ढुंगानाले सरकारले विभिन्न समूह तथा व्यक्तिसँग गरेका सम्झौताको कार्यान्वयनबारे पनि प्रश्न उठाए । उनले गरिमा चौधरी, गणेश नेपाली तथा जेनजीसँग गरिएका सम्झौता कार्यान्वयनको अवस्था सार्वजनिक गर्न सरकारसँग माग गरे ।

    ‘राज्यले नागरिकसँग गर्ने सम्झौता कार्यान्वयन हुँदैन भने त्यसले नागरिकलाई ललिपप देखाउने काम मात्र गर्छ,’ उनले भने ।

    आन्दोलनका क्रममा आफूले उठाएका मुद्दा र अडानमा कुनै परिवर्तन नभएको पनि उनले स्पष्ट पारे ।

    ढुंगानाले वर्तमान सरकारलाई ‘जेनजीको सरकार’ भनेर व्याख्या गर्न नहुने बताए । उनले सरकारलाई संक्रमणकालमा सत्ता प्राप्तिका लागि बनेको स्वार्थ समूहको सरकारका रूपमा टिप्पणी गरे।

    ‘यो जेनजीको सरकार होइन। संक्रमणकालमा सत्ता प्राप्तिका लागि गठन भएको स्वार्थ समूहको सरकार हो,’ उनले भने ।

    उनले सत्तारूढ शक्तिहरूलाई नयाँ वा वैकल्पिक शक्ति भन्न नमिल्ने तर्क गरे। नयाँ भनिए पनि पुराना राजनीतिक दलसँग जोडिएको र वैकल्पिक भनिए पनि स्पष्ट विचार नदेखिएको उनको आरोप थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु भन्ने अमरेशकुमार सिंहले भने: बालेनले हुकुमी शासन चलाए

    उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन राजीनामा

    गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति अधिकारकर्मी आक्रोशित, शब्द फिर्ता लिएर माफी माग्न माग

    हामी भुल्ने छैनौँ त्यो भदौ – २४ को विध्वंस ‼️

    पूर्व प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको रिट सर्वोच्चद्वारा खारेज, पेन्सन तथा सेवा–सुविधा पाउने बाटो खुल्यो

    रसुवा बाढीपहिरोमा मृत्यु हुनेको संख्या एक हजार तीन सय ६७ पुग्यो, पाँच हजारभन्दा बढी सम्पर्कविहीन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु भन्ने अमरेशकुमार सिंहले…

    सांसद घिमिरेको प्रश्न : नेपालमा दैनिक २० जनाले…

    ग्यास नियमित रूपमा आइरहेको छ तर वितरण प्रणालीमा…

    विवादास्पद अभिव्यक्तिपछि मन्त्री यादवले दिइन राजीनामा

    उद्धारका नाममा थप असुरक्षा सिर्जना नगरौ : सांसद…

    विपत्तिमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ छैन :…

    राष्ट्रियसभा बैठक बस्दै

    सर्वसाधारण भन्छन् : ओलीलाई आजीवन कारावास र बालेनलाई…

    आर्थिक

    सुनको मूल्य ३४ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    कालीमाटी फलफूल बजारका व्यवसायीद्वारा सहयोग

    प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑