सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनमा भएको बलिदानलाई केवल स्मरण गर्नेभन्दा पनि आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिने संकल्प गर्नुपर्ने बताएकी छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूलाई स्मरण गर्दै मन्त्री गौतमले उनीहरूको बलिदानलाई राज्य सुधारको आधार बनाउनुपर्नेमा जोड दिएकी हुन्।
गत वर्ष भदौ २३ गते जेनजी पुस्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार, बेथिति, कुशासन र नेपोटिज्मको अन्त्यलगायतका माग राख्दै सडकमा प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १९ युवाले ज्यान गुमाएका थिए। त्यसको भोलिपल्ट आन्दोलन थप चर्किएर देशभर फैलिएको थियो।
मन्त्री गौतमले आन्दोलनका क्रममा सडकमा बगेको रगतलाई राज्यले बिर्सन नहुने बताएकी छन्। भीड नियन्त्रणका लागि कम घातक उपाय उपलब्ध हुँदाहुँदै पनि गोली चलाइएको भन्दै उनले कलिला युवाले ज्यान गुमाउनुपरेको उल्लेख गरेकी छन्।
उनले राज्यले जनताबाट प्राप्त गरेको शक्ति नागरिकको जीवन रक्षा र सुरक्षाका लागि प्रयोग गर्नुपर्ने बताउँदै शक्ति जति ठूलो हुन्छ, संयम र जवाफदेहिता पनि त्यति नै ठूलो हुनुपर्ने धारणा राखेकी छन्।
मन्त्री गौतमका अनुसार जेनजी आन्दोलनमा भएको बलिदानले आगामी सरकारहरूलाई आफ्नो मर्यादा, सीमा र जिम्मेवारी निरन्तर सम्झाइरहनेछ। त्यसैले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन राज्यले आन्दोलनबाट पाठ सिक्दै आवश्यक सुधार तथा प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा