• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २३, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कोशी प्रदेशका युवा भन्छन् : परिवर्तनको आशा जीवितै, अहिले नै सरकारको ‘जज’ नगरौं

      हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्री

      जेनजी युवाहरू सत्ता पल्टाउन होइन, सुशासन माग्दै सडकमा आएका थिए : मन्त्री गौतम

      सहीद परिवारलाई सुनारको सान्तवना : ‘तिम्रो छोराले गोली खाएर देशले सिटामोल खान पायो’

      जेनजी शहीदलाई सम्झिन गएनन् प्रधानमन्त्री बालेन, शहीद परिवारको रुवावाँसी, को को पुगे ?

      जेनजी आन्दोलन ‘नयाँ जागरणको विस्फोट’ थियो : रवि लामिछाने

      चीनतर्फ मुख्य राजमार्गको अवरोध हटाइयो, जोखिम कायमै

      गुठी संस्थानविरुद्ध सडक जाम गरी जनकपुरधाममा प्रदर्शन

      चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

      बाढी प्रभावित बालबालिकालाई अभिभावकत्व र शिक्षामा विशेष ध्यान दिन आग्रह

      जेन–जी आन्दोलनका घाइते पवन खड्का पक्राउ, मन्त्री सहभागी कार्यक्रममा उठाए सरकारविरुद्ध आवाज

      एनआईएमबी अध्यक्ष पाँडे ४० लाख धरौटीमा रिहा

      नेपाललाई डब्ल्यूएचओको सम्मान, अतिरिक्त सचिव डा.मिश्राले लिइन सम्मान

      क्षतिग्रस्त बानेश्वरस्थित संसद भवन बर्ष दिनपछि पनि उस्तै

      जेनजीको ढाडमा चढेर मन्त्री बनेकी सोबिता भन्छिन्: ‘स्मरण मात्र होइन, फेरि नदोहोरिने संकल्प गरौँ’

    होमपेज /  समाचार

    पर्यटकको पर्खाइमा लोदेनको छोनासिङ पोखरी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २२, सोमबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३३ पटक पढिएको
  • ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा रहेको आकर्षक छोनासिङ पोखरी पर्यटकको पर्खाइमा छ । लोदेन फाँटको हरियालीबिच अवस्थित अण्डाकार आकृतिको यो पोखरी यस क्षेत्रको प्रमुख पर्यटकीय सम्पदामध्ये एक हो ।

    ताप्लेजुङ हिमाल, पहाड, धार्मिक र साहसिक गन्तव्यका लागि चिनिएको जिल्ला हो । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, धार्मिक आस्थाको प्रतीक पाथीभरा, बुकी फुलले भरिएका फाँट र प्राकृतिक पोखरीहरूले पर्यटकलाई लोभ्याउने गर्छन् । यिनै गन्तव्यहरूमध्ये लोदेन क्षेत्र पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक सम्भावनायुक्त स्थल हो ।

    हरेक वर्ष जडीबुटी सङ्कलन गर्दै आएका मिलन लिम्बूका अनुसार, हरियाली घाँसे मैदानमा अवस्थित लाम पोखरी यस क्षेत्रकै ठुलो पोखरी हो । यद्यपि अहिलेसम्म कुनै पनि निकायले यसको वैज्ञानिक अध्ययन वा मापन गरेको छैन ।

    छोनासिङ पोखरी (लाम पोखरी) समेत भनेर चिनाउने गरेका छन् । मिक्वाखोला–५ का वडा सदस्य तोप्ला शेर्पाका अनुसार, यस पोखरीसँग अनेकौँ किंवदन्ती कथाहरू जोडिएका छन् । उनले भने, ‘यहाँ आउने जो कोही पोखरीको सौन्दर्यले मन्त्रमुग्ध हुन्छन् । पोखरीको नजिक पुगेर फोटो वा भिडियो खिचेपछि मात्रै फर्कन्छन् ।’

    पोखरीको चारैतिर फैलिएको हरियाली, टाढासम्म देखिने हिमाली भू–दृश्य र आकाशमा तैरिने हिउँजस्ता बादलहरूले यो क्षेत्रलाई अपूर्व बनाउँछन् । यस पोखरीलाई नीलो शान्त पानी र चुपचाप बसिरहेको स्वरूपले प्रकृतिको कविता जस्तै बनाएको छ ।

    शेर्पा समुदायका अनुसार पोखरी प्राकृतिक सम्पदा मात्र होइन, धार्मिक र सांस्कृतिक दृष्टिले पनि अत्यन्तै महत्त्वपूर्ण स्थल हो । यहाँ आउने पर्यटकहरू पोखरीको छेउमै बसेर शान्तिको अनुभूति गर्छन् र त्यो क्षणलाई तस्बिर र भिडियोमा कैद गरेर फर्कन्छन् ।

    मिक्वाखोला–५ सिम्बुकका स्थानीय पान्दे शेर्पाका अनुसार, ‘पोखरी नजिक पुगेर हेर्दा आत्मा नै भावुक हुन्छ । त्यहाँको सौन्दर्यले मनको गहिराई सम्म छुन्छ ।’ उच्च हिमाली भूभागमा पर्ने यो क्षेत्रमा अहिले पनि न त मानव बस्ती छ, न होटेल वा होमस्टे । बसोबासका लागि याक गोठ र भेडी गोठमा निर्भर रहनुपर्छ । केही स्थानमा समुदायले आफन्तको सम्झनामा बनाएका पाटी तथा धर्मशालाहरूमा रात बिताउन सकिन्छ । खाद्य सामग्री समेत पर्यटकले आफै जोहो गरेर लैजानुपर्ने हुन्छ ।

    स्थानीय गाइड पान्दे शेर्पाका अनुसार, पर्यटकलाई यहाँ एक सातासम्म घुम्न समय लाग्छ । गाउँपालिकाले पछिल्लो समय लाम पोखरी क्षेत्रको प्रवद्र्धनमा चासो देखाउन थालेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्री

    जेनजी युवाहरू सत्ता पल्टाउन होइन, सुशासन माग्दै सडकमा आएका थिए : मन्त्री गौतम

    सहीद परिवारलाई सुनारको सान्तवना : ‘तिम्रो छोराले गोली खाएर देशले सिटामोल खान पायो’

    गुठी संस्थानविरुद्ध सडक जाम गरी जनकपुरधाममा प्रदर्शन

    बाढी प्रभावित बालबालिकालाई अभिभावकत्व र शिक्षामा विशेष ध्यान दिन आग्रह

    जेन–जी आन्दोलनका घाइते पवन खड्का पक्राउ, मन्त्री सहभागी कार्यक्रममा उठाए सरकारविरुद्ध आवाज

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पुराना दलका नेताहरूलाई सुध्रिन गृहमन्त्री गुरुङको चेतावनी

    कोशी प्रदेशका युवा भन्छन् : परिवर्तनको आशा जीवितै,…

    हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ :…

    जेनजी युवाहरू सत्ता पल्टाउन होइन, सुशासन माग्दै सडकमा…

    जेनजी आन्दोलन ‘नयाँ जागरणको विस्फोट’ थियो : रवि…

    चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

    विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धारलाई निरन्तरता दिन…

    राष्ट्रपतिद्वारा भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोटको स्थलगत अवलोकन

    आर्थिक

    एनआईएमबी अध्यक्ष पाँडे ४० लाख धरौटीमा रिहा

    नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

    लक्ष्मी सनराइज बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड २४ लाख सहयोग

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑