सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि कोरियास्थित जी मनि ट्रान्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ हजार अमेरिकी डलर अर्थात् करिब २२ लाख ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बाढीका कारण प्रभावित नागरिक तथा समुदायको राहत, पुनर्स्थापना तथा आवश्यक सहयोगमा योगदान पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।
यसैबीच, विपद्को कठिन घडीमा कोरियामा रहेका नेपालीले आफ्ना परिवार तथा आफन्तलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले कम्पनीले कोरियाबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्दै आएको जनाएको छ।
कम्पनीले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।
साथै, यस संवेदनशील समयमा उद्धार, राहत तथा पुनर्स्थापनाको कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति कम्पनीले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा