सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि एनएमबि बैंक लिमिटेडले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकका सञ्चालक समितिका अध्यक्षले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।
यसका साथै बैंकले बाढी प्रभावित क्षेत्रका नागरिकका लागि १० लाख रुपैयाँ बराबरको राहत सामग्रीसमेत प्रदान गरेको जनाएको छ।
अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीबाट जनधनको क्षति हुनुका साथै धेरै परिवार विस्थापित भएका छन् भने सडक, स्थानीय पूर्वाधार तथा जलविद्युत् आयोजनामा समेत ठूलो असर परेको छ।
यस्तो कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिँदै बैंकले सहयोग गरेको जनाएको छ। बैंकका अनुसार उक्त सहयोगबाट बाढी प्रभावितको उपचार, खाद्यान्न तथा आवास व्यवस्थापनका साथै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास गरिएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा