सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते गेग्रानसहित आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेको हो।
कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले १ करोड ५१ लाख रुपैयाँ बराबरको चेक एक विशेष कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा जुट्न आफ्ना कर्मचारी तथा अभिकर्ताहरूलाई आग्रह गरेको छ।
प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेशनल लाइफले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा