सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भदौ १० गते तिब्बतबाट आएको भनिएको ‘रसुवा बाढी’पछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) मा कार्यरत ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन्।
बैंकले आज सूचना जारी गर्दै सम्पर्कविहीन कर्मचारीहरूको नाम सार्वजनिक गरेको हो। बैंकका अनुसार टिमुरे र स्याफ्रुबेसी शाखा तथा मैलुङ एक्स्टेन्सन काउन्टरमा कार्यरत उनीहरू बाढीपछि हालसम्म सम्पर्कमा आएका छैनन्।
स्याफ्रुबेसी शाखामा कार्यरत शिवप्रसाद लम्साल, जितमान घले, पेम्बादावा लोपेचान, पासाङ याङ्जेन तामाङ र भीमबहादुर खड्का सम्पर्कविहीन रहेको बैंकले जनाएको छ।
त्यस्तै, टिमुरे शाखाका डोल्मा लामा र मैलुङ एक्स्टेन्सन काउन्टरका मुकेश खड्का पनि सम्पर्कविहीन छन्।
बैंकले ती कर्मचारीमध्ये कसैसँग सम्पर्क भएमा तत्काल बैंकलाई जानकारी गराउन अनुरोध गरेको छ।

काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा