सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकको सञ्चालक समितिको निर्णयअनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख रुपैयाँ र बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलबबापत १५ लाख रुपैयाँ गरी कुल २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको हो। उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।
बैंकले उक्त सहयोगबाट प्राकृतिक विपद्का कारण प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा राहत र उद्धार कार्यमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विपद् प्रभावित समुदाय, मानवीय सहायता तथा सामाजिक हितका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ।
बैंकले बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
त्यस्तै, विपद्को समयमा उद्धार, राहत तथा व्यवस्थापनमा सक्रिय रूपमा खटिएका सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तह, स्वयंसेवक तथा सम्पूर्ण सहयोगी हातहरूप्रति बैंकले कृतज्ञता व्यक्त गरेको छ। विपद्को कठिन घडीमा प्रभावित समुदायलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन सबै पक्षबीच समन्वय, सहकार्य र मानवीय सहयोग आवश्यक रहेको भन्दै बैंकले सरोकारवालालाई सहयोगका लागि जुट्नसमेत आह्वान गरेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा