सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै ५.७५ प्रतिशत ब्याजदरमा साना तथा मझौला उद्यम (एसएमई) कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकले सोमबार विज्ञप्ति जारी गर्दै ‘मेहनती हातलाई हाम्रो साथ’ भन्ने नारासहित नयाँ एसएमई कर्जा योजना ल्याएको जनाएको हो। योजनाअन्तर्गत ग्राहकले वार्षिक ५.७५ प्रतिशत ब्याजदरमा कर्जा लिन सक्नेछन्। उक्त ब्याजदर एक वर्षसम्म स्थिर रहने बैंकले जनाएको छ।
बैंकका अनुसार व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा कर्जाको सदुपयोगिताका आधारमा ग्राहकलाई उपयुक्त कर्जा सुविधा उपलब्ध गराइनेछ।
यस योजनामार्फत व्यवसायी तथा उद्यमीले व्यवसाय विस्तार, चालु पुँजी व्यवस्थापन, लगानी तथा अन्य व्यावसायिक आवश्यकता पूरा गर्न कर्जा लिन सक्नेछन्।
एनआईएमबीले देशभर रहेका २५१ शाखामार्फत एसएमई कर्जासम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराउँदै आएको जनाएको छ।
बैंकले मेहनती उद्यमी तथा व्यवसायीसँग वित्तीय सहकार्य गर्दै उनीहरूको व्यावसायिक विकास र समृद्धिमा योगदान पुर्याउने उद्देश्य रहेको जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा