सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्से १९.१३ अंकले घटेर २ हजार ५९९.५८ विन्दुमा झरेको छ।
गत बिहीबार बढेको नेप्से त्यसयता शुक्रबार र सोमबार पुनः घटेको हो। सोमबार बजारका सबै समूहको उपसूचक राताम्मे भएका छन्। निर्जीवन बीमा समूहको उपसूचक एक प्रतिशतभन्दा बढीले घटेको छ।
आज कारोबार भएका २९९ कम्पनीको शेयर मूल्य घटेको छ भने ४७ कम्पनीको शेयर मूल्य बढेको छ। दुई कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो।
पञ्चकन्या माइ हाइड्रोपावरको शेयर मूल्य करिब १० प्रतिशतले घटेको छ। बजार समग्रमा घटे पनि सर्वोत्तम पेन्ट्सको शेयर मूल्य भने १५ प्रतिशतले बढेको छ।
नेप्सेसँगै कारोबार रकममा समेत गिरावट आएको छ। गत शुक्रबार ४ अर्ब १६ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ३ अर्ब २३ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ।
आज ३५० कम्पनीका ८५ लाख ७२ हजार कित्ता शेयर किनबेच भएका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा