सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आफ्नो पुरानो भिडियोको अंश काटेर सन्दर्भविहीन रूपमा सामाजिक सञ्जालमा फैलाइएको भन्दै आपत्ति जनाएकी छन्।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री गौतमले आफूले कहिल्यै बलात्कारलाई सामान्य वा स्वीकार्य भनेको नभएको स्पष्ट पारेकी छन्। उनले सानो उमेरमा बोलेका कुरालाई सन्दर्भबाट अलग गरेर ‘बलात्कार सामान्य हो’ भन्ने अर्थमा प्रचार गरिएको बताउँदै यस्तो कार्यलाई गैरजिम्मेवारपूर्ण भनेकी छन्।
गौतमले आफूले पटक–पटक बलात्कार कहिल्यै सामान्य नभएको र स्वीकार्य हुन नसक्ने बताउँदै आएको उल्लेख गरेकी छन्। आफूले त्यतिबेला भन्न खोजेको विषय हिंसामा परेकी महिलालाई समाजले थप लज्जा, दोष र सामाजिक बहिष्कारको सजाय दिन नहुने रहेको उनको स्पष्टीकरण छ।
गरिमा घटनाले आफूलाई कानूनमन्त्रीका रूपमा मात्र नभई आमा र छोरीका रूपमा समेत गहिरो पीडा दिएको गौतमले बताएकी छन्। यस्ता जघन्य अपराध रोक्न आवश्यक कानुनी सुधारलाई तीव्र रूपमा अघि बढाउने प्रतिबद्धता पनि उनले जनाएकी छन्।
उनले बालबालिकालाई सुरक्षित राख्ने जिम्मेवारी परिवार, समाज र राज्यको भएको बताउँदै यस्ता घटनाको मानसिकता एकै दिनमा निर्माण नभएको उल्लेख गरेकी छन्। शिक्षा, परिवार, सामाजिक चेतना, बालबालिकाको हुर्काइ, डिजिटल वातावरण, कानून कार्यान्वयन र राज्य प्रणालीमाथि गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ छ।
बलात्कार तथा महिलाविरुद्ध हुने हिंसाका घटनामा देखिएका कानुनी कमजोरी अध्ययन गर्ने प्रक्रिया सुरु भइसकेको र आवश्यक कानून संशोधनका लागि संसद्मा लैजाने तयारी भइरहेको उनले जानकारी दिएकी छन्।
गरिमा प्रकरणपछि देशभर उठेको आक्रोश स्वाभाविक भए पनि संविधान र कानूनभन्दा बाहिर गएर सरकारले निर्णय गर्न नसक्ने गौतमले स्पष्ट पारेकी छन्। नेपालको संविधानले मृत्युदण्डसम्बन्धी कानून बनाउन अनुमति नदिएकाले भावनाका आधारमा नभई विधिको शासनअनुसार न्याय प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ।
अनुसन्धान पूरा नहुँदै सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा हुने ‘मिडिया ट्रायल’ ले न्याय प्रक्रियालाई कमजोर बनाउन सक्ने भन्दै उनले अपुष्ट विवरण फैलाउने र जनमतका आधारमा मुद्दाको फैसला गर्न खोज्ने प्रवृत्ति रोक्नुपर्ने बताएकी छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा