• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • चुनावपछि पनि पुँजीबजार अपेक्षाअनुसार अघि बढ्न सकेन : गगन थापा

      सात हजारभन्दा बढी विद्यार्थीलाई सहयोग गरेका समाजसेवी मोहन गिरी सम्मानित

      रास्वपा कसरी आयो भन्ने हिसाब–किताब चोकचौतारामा दिएर हिँड्न जरुरी छैन : रवि लामिछाने

      १५औँ महाधिवेशनको तयारीमा देउवा सक्रिय, चुनदेवी कार्यालयमा दोस्रोपटक पुगे

      बेलगाम घोडाजस्तो अधिनायकवादतर्फ सरकार चलिरहेको छ : प्रदीप ज्ञवाली

      ‘शैक्षिक परामर्श क्षेत्रलाई विदेश पठाउने व्यवसायका रूपमा मात्र बुझ्नु गलत’

      मिस नेवाः नेपालको उपाधि तिशा शाक्यलाई

      जनताको अपार समर्थन हुँदाहुँदै कम्युनिस्ट आन्दोलन जोगाउन सकेनौं : प्रचण्ड

      नेपाल भलिबल लिगकाे ट्रफी अनावरण (तस्विरहरू)

      मैले सानो उमेरमा बोलेको शब्दलाई काटेर नकारात्मकता फैलाइयोः सोविता गौतम

      सप्तरीमा २ वर्षीया बालिकाको हत्या, सौतेनी आमा पक्राउ

      नेपाली आरोहीलाई नेपालमै अवसर दिनुपर्छ : सांसद शेर्पा

      रवीन्द्र मिश्रको दाबी– भदौ २३ र २४ को घटना ‘विदेशी जासुसी’ विद्रोह थियो

      सरकारसँग सहमति भएपछि घर फर्किए लघुवित्त पीडित

      सकुशल भेटिइन बारामा हराएकी दुई वर्षीया बालिका

    होमपेज /  राजनीती

    बेलगाम घोडाजस्तो अधिनायकवादतर्फ सरकार चलिरहेको छ : प्रदीप ज्ञवाली

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ७, आईतबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ९ पटक पढिएको
  • काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको भन्दै राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान र नेपाली जनताले उपभोग गर्दै आएको लोकतान्त्रिक स्पेस संकटमा परेको बताएका छन् ।

    ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले ठूलो जनादेश प्राप्त गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा आए पनि पछिल्ला पाँच महिनाका गतिविधिले सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ उन्मुख भएको देखाएको दाबी गरे ।

    ज्ञवालीले भने, ‘देश एकदमै असामान्य अवस्थाबाट गुज्रिरहेको छ । एकैसाथ मुलुकको राष्ट्रियता, नेपाली जनताले निकै लामो संघर्षपश्चात प्राप्त गरेका संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरु, नेपालको संविधान र जनताले उपभोग गर्दै आइरहेको दक्षिण एसियामै तुलनात्मक रुपमा खुला रहेको नेपालको स्पेस, ती सबै कुराहरु संकटमा छन् ।’

    उनले राष्ट्रपति संस्थाको महत्व नदिइएको, संसदलाई अर्थहीन बनाइएको, आफूलाई प्रधानमन्त्री बनाउने पार्टीप्रति समेत सरकारको सरोकार नरहेको आरोप लगाए ।

    न्यायालय र अन्य राजनीतिक दलसँग संवाद गर्ने विषय टाढाको कुरा भएको तथा मिडियालगायतका संस्थालाई समेत किनारा लगाउँदै सरकार ‘बेलगाम घोडाजस्तो’ अधिनायकवादको बाटोतर्फ अघि बढिरहेको उनको भनाइ थियो ।

    उनले भने, ‘ठूलो जनादेश प्राप्त गरेको रास्वपा सरकारमा आएको छ । तर, गएका पाँच महिनाका लक्षणहरूले प्रस्ट देखाएका छन् । सरकार निर्वाचित अधिनायकवादतिर छ । जसका निम्ति राष्ट्रपति संस्थाको पनि कुनै महत्त्व छैन, संसद् पनि कुनै अर्थको छैन । जुन पार्टीले आफूलाई प्रधानमन्त्री बनायो, त्यसको पनि कुनै सरोकार छैन । न्यायालयहरूसँग वा अन्य राजनीतिक दलहरूसँगको संवाद त धेरै टाढाको कुरा भयो । सबै कुरालाई किनारा लगाउँदै, बेलगाम घोडाजस्तो एउटा अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छ ।’

    उनका अनुसार भर्खरै सम्पन्न निर्वाचनमा रास्वपाले झण्डै दुईतिहाइको जनादेश प्राप्त गरेको छ । संसदभित्रबाट सरकारको सम्भावित अधिनायकवादलाई रोक्ने बलियो विकल्पसमेत नरहेको उनले बताए ।

    ‘बिडम्बना, भर्खरै सम्पन्न निर्वाचनमा झण्डै दुईतिहाइको जनादेश प्राप्त गरेको छ । संसदभित्रबाट त्यो अधिनायकवादलाई रोक्ने बलियो विकल्प छैन,’ ज्ञवालीले भने ।

    प्रतिनिधिसभाभित्र संविधान निर्माण गर्ने शक्तिहरूको एकतिहाइ पनि शक्ति नरहेको उल्लेख गर्दै उनले अहिलेको शक्ति सन्तुलन आफूहरूका लागि निकै प्रतिकूल रहेको बताए ।

    ज्ञवालीले रास्वपाले चितवन महाधिवेशनबाट ‘सामाजिक प्रजातन्त्र’ अर्थात् ‘सोसल डेमोक्रेसी’लाई आफ्नो राजनीतिक दर्शन बनाएको समेत उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    चुनावपछि पनि पुँजीबजार अपेक्षाअनुसार अघि बढ्न सकेन : गगन थापा

    महाधिवेशन रोक्न माग गरिएको देउवा–खड्का पक्षको रिट सर्वोच्चले दर्ता गरेन

    रास्वपाले पुरुषोत्तम यादवलाई सहमहामन्त्री बनायो

    उद्धव थापालाई साधारण सदस्यबाटै निष्कासित गर्ने राप्रपाको निर्णय, कमल थापाले लेखे ‘नोट अफ डिसेन्ट’

    दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चुनावपछि पनि पुँजीबजार अपेक्षाअनुसार अघि बढ्न सकेन :…

    सात हजारभन्दा बढी विद्यार्थीलाई सहयोग गरेका समाजसेवी मोहन…

    रास्वपा कसरी आयो भन्ने हिसाब–किताब चोकचौतारामा दिएर हिँड्न…

    १५औँ महाधिवेशनको तयारीमा देउवा सक्रिय, चुनदेवी कार्यालयमा दोस्रोपटक…

    १५औँ महाधिवेशनको तयारीमा देउवा सक्रिय, चुनदेवी कार्यालयमा दोस्रोपटक…

    राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत नै राख्नुपर्छ :…

    प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर

    गाडी चढ्ने सपना अधुरै : राष्ट्रिय सडक सञ्जालसँग…

    आर्थिक

    उद्योगीलाई सेजको सास्तीः उद्योग बन्द भएपछि आफ्नै संरचना बिक्री गर्न समेत रोक

    सुनचाँदीको मूल्य बढ्यो

    मुक्तिनाथ विकास बैंकको कृषि तथा एसएमई कर्जामा विशेष सुविधा, प्रिमियम न्यूनतम ०.५० प्रतिशत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑