• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ६, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कानुन निर्माणमा एफडब्लुएलडीको भूमिका महत्वपूर्ण

      उद्योगीलाई सेजको सास्तीः उद्योग बन्द भएपछि आफ्नै संरचना बिक्री गर्न समेत रोक

      गरिमा चौधरीको न्यायका लागि इन्डिपेन्डेन्ट मदर्स अफ नेपालको प्रदर्शन

      फिरिरी प्रयोगकर्तालाई हरेक हप्ता ३० हजारको उपहार जित्ने मौका, पहिलो विजेता बनिन् श्रृजना

      गरिमा चौधरीका हत्यारालाई कारवाही हुन्छ तर ‘तत्काल मृत्युदण्ड’ असम्भव : गृहमन्त्री

      छोरीहरू कहिलेसम्म असुरक्षित ? : बलात्कारपछि हत्या भएका बालिकाको पीडामा राज्यसँग प्रश्न

      महाधिवेशन रोक्न माग गरिएको देउवा–खड्का पक्षको रिट सर्वोच्चले दर्ता गरेन

      राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत नै राख्नुपर्छ : कानूनमन्त्री गौतम

      सञ्चारमन्त्रीको अध्यक्षतामा बसेको कार्यक्रमबाट रिसाउँदै बाहिरिइन् आशिका

      बालेनले प्रचार गरेको डिडिसिको ठुलो छलाङः पहिलोपटक दुबई निर्यात

      रास्वपाले पुरुषोत्तम यादवलाई सहमहामन्त्री बनायो

      होस्टलमा कुटपिटपछि धारिलो हतियार प्रहार, युवकको मृत्यु; एक पक्राउ

      रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत

      कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च पुगे देउवा र खड्का

      आर्थिक आत्मनिर्भरता बिना महिला सशक्तीकरण कठिन : सुनिता डंगोल

    होमपेज /  आर्थिक

    उद्योगीलाई सेजको सास्तीः उद्योग बन्द भएपछि आफ्नै संरचना बिक्री गर्न समेत रोक

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ६, शनिबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २६ पटक पढिएको
  • भैरहवा । मुलुकको निर्यात व्यापार वृद्धि गर्ने र औद्योगिक वातावरण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) अहिले उद्योगीका लागि अवसरभन्दा बढी कानुनी जटिलताको केन्द्र बन्दै गएको छ ।

    उद्योग स्थापना र निर्यात प्रवद्र्धनका लागि राज्यले अर्बौँ रकम खर्च गरे पनि व्यावहारिक र उद्योगमैत्री नीतिको अभावमा स्थापित उद्योगहरू धमाधम बाहिरिन थालेका छन् ।

    पछिल्लो समय भैरहवा सेजमा करोडौँ लगानी गरेको पञ्चकन्या एसएस एक्सपोर्ट प्रालिले उद्योग बन्द गरेर बाहिरिन खोज्दा आफ्नै लगानीमा निर्मित भौतिक संरचनासमेत बिक्री गर्न नपाएपछि सेजको बहिर्गमन नीति माथि गम्भीर प्रश्न उठेको छ ।

    पञ्चकन्या समूहले २०७५ साउनमा भैरहवा सेजका चारवटा प्लट भाडामा लिएर उद्योग सञ्चालनको प्रक्रिया अघि बढाएको थियो । उद्योगले करिब चार करोड रुपैयाँ खर्च गरेर सेजभित्रै उद्योग शेड, कम्पाउन्ड पर्खाल, सुरक्षा गार्ड भवन, शौचालय र क्यान्टिनजस्ता स्थायी संरचना निर्माण गरेको थियो ।

    २०७७ चैतदेखि व्यावसायिक उत्पादन सुरु गरेको उद्योगले वार्षिक १५ करोड रुपैयाँसम्मको कारोबार गर्दै दैनिक ४० टनसम्म उत्पादन क्षमता विस्तार गरेको थियो । तर, निर्यातमा आधारित उद्योगका लागि अन्तर्राष्ट्रिय बजार, विशेषगरी भारतले स्टिलजन्य वस्तुको आयातमा ल्याएको नयाँ व्यवस्था र सेजका कडा सर्तहरूका कारण उद्योगले अपेक्षित गति लिन सकेन ।

    निर्यातको लक्ष्य पूरा गर्न नसकेको भन्दै २०८० असोजदेखि सेज व्यवस्थापनले उद्योगको आन्तरिक बजारको बिक्रीमा समेत रोक लगाएपछि उद्योग थप संकटमा परेको हो । अन्ततः बजार प्रतिकूलता र कानुनी अड्चनका कारण २०८२ भदौमा उद्योगले सेजबाट पूर्ण रूपमा बाहिरिने निर्णय ग¥यो ।

    मेसिनरी सामानहरू अन्यत्र स्थानान्तरण गरिए पनि उद्योगले आफ्नै लगानीमा बनाएका चार करोड बराबरका भौतिक संरचना भने अहिले टाउको दुखाइको विषय बनेका छन् । सेजको विद्यमान कानुनले उद्योग बन्द भएपछि ती संरचना अर्को उद्योगीलाई बिक्री गर्न अनुमति नदिँदा लगानीकर्ताले करोडौँको क्षति बेहोर्नुपर्ने अवस्था आएको छ ।

    पञ्चकन्या एसएस एक्सपोर्ट प्रालिका महाप्रबन्धक देवेन्द्र साहूका अनुसार, ती संरचना अर्को उद्योगीलाई बिक्री गर्न पाए कम्तीमा तीन करोड रुपैयाँ प्राप्त हुने सम्भावना छ । तर, सेज व्यवस्थापनले बिक्री गर्न रोक लगाएपछि ती संरचना भत्काएर लैजानुपर्ने स्थिति सिर्जना भएको छ ।

    संरचना भत्काउँदा कबाडीको मूल्यमा मात्र करिब २० लाख रुपैयाँ आउने अनुमान छ, जसले गर्दा उद्योगलाई सिधै ३ करोड ८० लाख रुपैयाँ नोक्सानी हुने देखिन्छ । ‘हामीले संरचना खरिद गर्न इच्छुक लगानीकर्ताको विवरणसहित अनुरोध गर्दा पनि सुनुवाइ भएको छैन,‘ साहूले गुनासो गरे ।

    यस विषयमा विशेष आर्थिक क्षेत्र प्राधिकरण, भैरहवाका प्रमुख सबुत डुम्रेले सेजको नियमावली र कार्यविधिमा केही संशोधनहरू भए पनि उद्योग पुनःस्थापना र संरचना हस्तान्तरणका विषयमा अझै छलफल भइरहेको बताएका छन् ।

    यद्यपि, सरकारी प्रक्रिया सुस्त हुँदा निजी क्षेत्रको लगानी बालुवामा पानी हाले सरह भएको छ । सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले यस्ता अव्यवहारिक कानुनी प्रावधान तत्काल संशोधन गर्नुपर्ने माग गरेका छन् ।

    उनले भने,‘पुरानो उद्योगीले बनाएको संरचना नयाँले प्रयोग गर्न पाउने व्यवस्था भए दुवै पक्षलाई फाइदा हुन्थ्यो, तर राज्यको नीतिले उल्टै विनाश निम्त्याइरहेको छ ।’

    नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समिति सभापति उज्ज्वल कुमार श्रेष्ठले पनि नीति निर्माणमा निजी क्षेत्रलाई केवल साक्षी मात्र राखिने प्रवृत्तिको आलोचना गरे । उनले भाडा दर, निर्यातको अनिवार्य प्रतिशत र स्पष्ट बहिर्गमन नीतिको अभावमा भैरहवा सेजले लगानीकर्ताको विश्वास गुमाउँदै गएको टिप्पणी गरे ।

    ४ करोड लगानी गरेर ५ वर्ष पनि टिक्न नसक्ने वातावरण हुनु र बाहिरिँदा आफ्नो सम्पत्ति व्यवस्थापन गर्न नपाउनुले नयाँ लगानीकर्तालाई सेजतर्फ आकर्षित गर्नुको साटो त्रसित बनाउने निश्चित छ । तसर्थ, सेजलाई साच्चिकै उद्योगमैत्री बनाउने हो भने राज्यले लगानी सुरक्षा र व्यावहारिक निकासको नीतिमा तत्काल सुधार गर्न आवश्यक देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो

    मुक्तिनाथ विकास बैंकको कृषि तथा एसएमई कर्जामा विशेष सुविधा, प्रिमियम न्यूनतम ०.५० प्रतिशत

    सुनको भाउमा एकैदिन ९ हजार ३०० रुपैयाँको उछाल

    नेप्से सामान्य घट्यो, कारोबार रकम बढ्यो

    ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा नेक्सटाइल्स

    राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ मा पहिलोपटक डिजिटल फेस्ट, २०० बढी स्टल राखिने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कानुन निर्माणमा एफडब्लुएलडीको भूमिका महत्वपूर्ण

    उद्योगीलाई सेजको सास्तीः उद्योग बन्द भएपछि आफ्नै संरचना…

    गरिमा चौधरीको न्यायका लागि इन्डिपेन्डेन्ट मदर्स अफ नेपालको…

    फिरिरी प्रयोगकर्तालाई हरेक हप्ता ३० हजारको उपहार जित्ने…

    राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत नै राख्नुपर्छ :…

    प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर

    गाडी चढ्ने सपना अधुरै : राष्ट्रिय सडक सञ्जालसँग…

    राष्ट्रियसभाको बैठक बस्दै

    आर्थिक

    उद्योगीलाई सेजको सास्तीः उद्योग बन्द भएपछि आफ्नै संरचना बिक्री गर्न समेत रोक

    सुनचाँदीको मूल्य बढ्यो

    मुक्तिनाथ विकास बैंकको कृषि तथा एसएमई कर्जामा विशेष सुविधा, प्रिमियम न्यूनतम ०.५० प्रतिशत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑