• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ३, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश २०८३ स्वीकृत

      सरकारलाई उच्चको पनि झट्का, पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न आदेश

      बालश्रमसम्बन्धी विधेयकले निषेधित कामतर्फ बालबालिकालाई प्रेरित गर्ने जोखिम छ : सांसद खनाल

      वरिष्ठ पर्यटन व्यवसायी पाण्डे पाटा अन्तर्राष्ट्रिय कार्यसमितिमा मनोनित

      मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

      बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, चालक र सहचालकसहित दुई जना पक्राउ

      गोपनीयता हनन गर्नेहरूलाई कानुनी कठघरामा ल्याइयोस् : सांसद तामाङ

      मन्त्री र सांसदहरुलाई रमिता नदेखाउन सभापति रवि लामिछानेको निर्देशन

      सांसद सिद्धिकीको अभिव्यक्तिप्रति आशिका तामाङको नियमापत्ति

      गंगालाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रख्यात केन्द्र बनाउने निर्देशक अमात्यको प्रतिबद्धता

      कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

      प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

      ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गर्ने २१ वर्षीय युवक पक्राउ

      भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नुपर्नेमा पूर्व यूएन निर्देशक पाण्डेको जोड

      प्रधानमन्त्री कवि र कलाकार पनि हुन्, हरेक शब्दको राजनीतिक अर्थ नखोजौं : रवि लामिछाने

    होमपेज /  समाचार

    बालश्रमसम्बन्धी विधेयकले निषेधित कामतर्फ बालबालिकालाई प्रेरित गर्ने जोखिम छ : सांसद खनाल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ३, बुधबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १९ पटक पढिएको
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ ले बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर जोखिमपूर्ण श्रमलाई निषेध तथा निरुत्साहित गर्नुपर्ने बताएका छन् ।

    बुधबार प्रतिनिधिसभाको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद खनालले विधेयकको उद्देश्य बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउने कार्यलाई निषेध, निरुत्साहित तथा दण्डित गर्नु हुनुपर्ने बताए ।

    उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को महासन्धि नम्बर १८२ र १३८ को मर्मअनुसार विधेयक अघि बढाउनुपर्ने धारणा राखे ।

    उनले भने, ‘आज हामी बालश्रम (निषेध तथा नियमित गर्ने) सम्बन्धी विधेयक २०८३ को सैद्धान्तिक पाटोमा छलफल गरिरहेका छौं। यो विधेयकले सैद्धान्तिक रूपमा आईएलओ महासन्धि नम्बर १८२ बमोजिम निकृष्ट तथा जोखिमपूर्ण काममा बालबालिकालाई निषेध गर्ने र बालबालिकाले श्रम गर्न पाउने न्यूनतम उमेरसम्बन्धी आईएलओ महासन्धि नम्बर १३८ बमोजिम हलुका काममा बालबालिकाले गर्ने कामलाई नियमन गर्ने उद्देश्य बोकेको छ।’

    बालश्रमको निषेध वा नियमनसम्बन्धी बहस गर्दा बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

    ‘बालश्रमको निषेध वा नियमन भन्ने बहसमा बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा राख्दै यो विधेयकको मूल उद्देश्य भनेको बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउने कार्यलाई निषेध गर्ने, निरुत्साहित गर्ने तथा दण्डित गर्ने हो,’ उनले भने ।

    तर विधेयकका विभिन्न प्रावधान हेर्दा हलुका किसिमको श्रमका नाममा बालबालिकालाई विधेयकले नै निषेध गरेका कामतर्फ प्रेरित गर्ने अवस्था सिर्जना हुन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे ।

    उनले विधेयकमा उल्लेख गरिएको ‘हलुका काम’को सूचीले पनि थप स्पष्टता आवश्यक रहेको बताए ।

    ‘विधेयकको धेरै पाटो हामीले हेर्ने हो भने बालबालिकालाई हलुका किसिमको श्रमको नाममा यो विधेयक आफैंले निषेध गरेका कार्यतर्फ त्यो कार्य गर्नका लागि प्रेरित गरेको हो कि भन्ने आभास भएको छ,’ खनालले भने ।

    विशेषगरी घरायसी कामका सम्बन्धमा विधेयकको प्रावधानले थप प्रश्न खडा गरेको उनको भनाइ थियो ।

    उनले भने, ‘विधेयकको हलुका कामको सूची हेर्दै गर्दा घरायसी कामहरूमा लगाउने, जुन विधेयककै अनुसूची २ ले निषेध गरेको छ, घरायसी काम गर्ने बाटोलाई नियमनको नाममा अझै बढी बाटो खोलिदिएको हो कि भन्ने तर्फ हाम्रो ध्यानाकर्षण भएको छ ।’

    सांसद खनालले बालबालिकालाई श्रममा लगाउने विषयमा कानुनी व्यवस्था बनाउँदा निषेधित श्रम र नियमन गर्न सकिने हलुका कामबीच स्पष्ट सीमा निर्धारण गर्नुपर्नेमा जोड दिए ।

    उनका अनुसार बालश्रम नियमन गर्ने नाममा बालबालिकाको श्रम शोषणलाई वैधानिकता दिने वा जोखिमपूर्ण कामतर्फ जाने बाटो खुल्ने अवस्था आउन नदिन विधेयकका प्रावधानलाई थप स्पष्ट र बालमैत्री बनाउन आवश्यक छ ।

    प्रतिनिधिसभामा अहिले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल भइरहेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश २०८३ स्वीकृत

    वरिष्ठ पर्यटन व्यवसायी पाण्डे पाटा अन्तर्राष्ट्रिय कार्यसमितिमा मनोनित

    बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, चालक र सहचालकसहित दुई जना पक्राउ

    मन्त्री र सांसदहरुलाई रमिता नदेखाउन सभापति रवि लामिछानेको निर्देशन

    गंगालाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रख्यात केन्द्र बनाउने निर्देशक अमात्यको प्रतिबद्धता

    कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश २०८३…

    सरकारलाई उच्चको पनि झट्का, पत्रकार किशोर श्रेष्ठलाई पक्राउ…

    बालश्रमसम्बन्धी विधेयकले निषेधित कामतर्फ बालबालिकालाई प्रेरित गर्ने जोखिम…

    वरिष्ठ पर्यटन व्यवसायी पाण्डे पाटा अन्तर्राष्ट्रिय कार्यसमितिमा मनोनित

    मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

    बिजुलीको पैसा घटाउने ऊर्जा मन्त्रीको तयारी

    मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष…

    राष्ट्रियसभाको बैठक बस्दै

    आर्थिक

    एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

    आइएमई लाइफको नवौं वार्षिकोत्सव, ‘न्यानो नानी’ बेबी वार्मर वितरण गर्ने

    नेप्से सामान्य घट्यो, कारोबार रकम बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑