सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। साउनको तुलनामा भदौमा वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको औसत ब्याजदर सामान्य घटेको छ।
भदौमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.१३ प्रतिशत कायम भएको छ। साउनमा यस्तो औसत ब्याजदर ४.१६–४.१७ प्रतिशतको हाराहारीमा थियो। त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि घटेर ३.०८ प्रतिशतमा झरेको छ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये पाँच बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। ब्याजदर घटाउने बैंकमा नेपाल बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, कुमारी बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन्। बाँकी १५ बैंकले भने साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
ब्याजदर घटाउनेमध्ये नेपाल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.१५ प्रतिशत, सिटिजन्स बैंकले ३.८५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३.८ प्रतिशत तथा कुमारी र सिद्धार्थ बैंकले समान ३.७६ प्रतिशत ब्याजदर कायम गरेका छन्।
भदौमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर नबिल र प्रभु बैंकले दिएका छन्। माछापुच्छ्रे, सानिमा, एनएमबी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशत ब्याजदर कायम गरेका छन्।
निक्षेपको ब्याजदरमा आएको निरन्तर गिरावटले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको र कर्जाको माग अपेक्षाकृत कमजोर रहेको अवस्थासँग सम्बन्धित देखिन्छ। विगतका महिनाहरूमा पनि अधिक तरलता र कमजोर कर्जा मागलाई ब्याजदर घट्नुको प्रमुख कारणका रूपमा औँल्याइएको थियो।

काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा