• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २६, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सांसद स्वाँरको कटाक्ष : प्रधानमन्त्री कुम्भकर्णको निद्रामा हुनुहुन्छ, भेट्नै सकिदैन् 

      जलेका स्रेस्ताको विषयमा कानुन संशोधन गर्न सरकार तयार : अर्थमन्त्री

      एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ

      मन्त्री बादी र अष्ट्रेलियाका राजदूत अन्स्र्टबीच शिष्टाचार भेट

      भारतको झारखण्डमा विद्यार्थी आन्दोलन चर्कियो, विधानसभा घेराउ

      सरकारलाई अञ्जन श्रेष्ठको चेतावनी: सरकारी उद्योग मात्र चलाउने नीति मान्दैनौं

      सप्तरीका युवा क्रिकेटर उपेन्द्र रायको निधन

      स्थिर सरकार र स्पष्ट नीतिबिनाको अर्थतन्त्रमा लगानी आउँदैन : वीरेन्द्रराज पाण्डे

      विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ

      जाजरकोटमा ४.१ म्याग्निच्युडको भूकम्प, आसपासका जिल्लामा पनि धक्का महसुस

      सुनको मूल्यमा भारी बृद्धि , कतिमा हुँदैछ कारोबार ?

      बजेट पेश गर्न नसकेका ४ नगरपालिकामा सहजीकरण गर्दै मन्त्रालय, सहसचिव नेतृत्वको टोली आज फिल्डमा जाँदै

      सवारी आयातमा नेपालको भूगोल र सडक अवस्थालाई ध्यान दिनुपर्छ : आईजीपी कार्की

      नेपाल प्रहरीका गुनासा : १६ वर्षे पेन्सन कार्यान्वयन गर्न माग

      गोलबजारमा बन्द रहेका पसल खुल्ने, सद्भाव ¥यालीपछि बजार सञ्चालन हुने

    होमपेज /  समाचार

    वर्षासँगै देशभरका सडकमा पहिरो र बाढीको जोखिम, विभिन्न राजमार्ग अवरुद्ध

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण २५, सोमबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २८ पटक पढिएको
  • काठमाडौं । लगातारको वर्षापछि देशका विभिन्न स्थानमा पहिरो तथा नदी कटानका कारण सडक यातायात प्रभावित भएको छ।

    काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा पहिरो खसेपछि कतिपय स्थानमा यातायात पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ।

    प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै वर्षाका कारण विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात अवरुद्ध भएको जानकारी दिएको हो।

    काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थली, नार्के क्षेत्रमा बिपी राजमार्गमा बिहान करिब ४ बजे माथिबाट लेदोसहित पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ।

    बिपी राजमार्गकै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली खण्डमा भने बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। उक्त खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालन गर्न नदिइने र बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म यातायात सञ्चालन हुने व्यवस्था गरिएको छ।

    मकवानपुरतर्फको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द रहने प्रहरीले जनाएको छ।

    इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा सडकमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले यात्रुलाई सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।सिन्धुपाल्चोकमा पनि वर्षाले सडक यातायातमा ठूलो असर पारेको छ। अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोशी–२ कोदारीस्थित इकु क्षेत्रमा पहिरो खस्दा यातायात प्रभावित भएको छ भने सोही वडाको लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

    यसैगरी, आज बिहान करिब ५ बजे चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा पहिरो खसेपछि अरनिको राजमार्गको अर्को खण्डसमेत पूर्ण रूपमा बन्द भएको छ।

    रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी कच्ची सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

    रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ स्थित रिजेगार्ड खोला नजिक भेरीकरिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा पहिरो खसेपछि यातायात रोकिएको छ।

    लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ आसपास मध्यपहाडी लोकमार्गमा गएराति पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। प्रहरीले उक्त क्षेत्रमा यात्रा गर्नेहरूलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ।

    प्रहरीका अनुसार अवरुद्ध सडकखण्डमा पहिरो तथा लेदो हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। लगातारको वर्षाका कारण थप पहिरो, बाढी तथा सडक कटानको जोखिम रहेकाले यात्राका क्रममा आवश्यक सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    जलेका स्रेस्ताको विषयमा कानुन संशोधन गर्न सरकार तयार : अर्थमन्त्री

    एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ

    मन्त्री बादी र अष्ट्रेलियाका राजदूत अन्स्र्टबीच शिष्टाचार भेट

    भारतको झारखण्डमा विद्यार्थी आन्दोलन चर्कियो, विधानसभा घेराउ

    सप्तरीका युवा क्रिकेटर उपेन्द्र रायको निधन

    स्थिर सरकार र स्पष्ट नीतिबिनाको अर्थतन्त्रमा लगानी आउँदैन : वीरेन्द्रराज पाण्डे

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सांसद स्वाँरको कटाक्ष : प्रधानमन्त्री कुम्भकर्णको निद्रामा हुनुहुन्छ,…

    जलेका स्रेस्ताको विषयमा कानुन संशोधन गर्न सरकार तयार…

    एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक…

    मन्त्री बादी र अष्ट्रेलियाका राजदूत अन्स्र्टबीच शिष्टाचार भेट

    भारतीयपछि चिनियाँ राजदुतसँग प्रधानमन्त्री बालेनको भेटवार्ता, भोलि अमेरिकी…

    पहिरो र लेदोले बीपी राजमार्ग अवरुद्ध, यातायातका साधन…

    समावेशीता नारामा मात्र नभई राज्यका नीति र स्रोतमा…

    डिम्ब तस्करीमा पक्राउ परेकी डा. नूतन शर्मा हाजिर…

    आर्थिक

    सुनको मूल्यमा भारी बृद्धि , कतिमा हुँदैछ कारोबार ?

    नेशनल लाइफको ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ सम्मेलन सम्पन्न, उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

    माछापुच्छ्रे बैंकको ‘बिल जितौं’ सुविधा सञ्चालन, दैनिक १ लाख र बम्परमा १० लाख रुपैयाँ जित्ने अवसर

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑