सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढ्दै बन्द भएको छ। लगातार चार कारोबार दिन घटेको बजारमा शुक्रबार सुधार देखिएसँगै लगानीकर्तामा उत्साह फर्किएको हो।
आज नेप्से परिसूचक १२.९६ अंक अर्थात् ०.४८ प्रतिशतले बढेर २,६८५.५४ विन्दुमा पुगेको छ। यसअघि बिहीबार १६.२९ अंक, बुधबार ७.७९ अंक, मंगलबार ४.६४ अंक र सोमबार ३३.२८ अंकले नेप्से घटेको थियो।
शुक्रबार ३३७ कम्पनीका ८८ लाख ५१ हजार २१६ कित्ता सेयर ४६ हजार ७५२ पटक किनबेच हुँदा कुल ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार ३४० रुपैयाँ बराबरको कारोबार भएको छ। यो अघिल्लो कारोबार दिनको ३ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी हो।
कारोबार भएका कम्पनीमध्ये १८० कम्पनीको सेयर मूल्य बढेको छ भने ८२ कम्पनीको मूल्य घटेको छ। १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। १३ वटा उपसमूहमध्ये ११ समूहका सूचक बढेका छन् भने निर्जीवन बीमा र व्यापार समूहका सूचक सामान्य रूपमा घटेका छन्।
उपसमूहतर्फ वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड तथा अन्य समूहमा वृद्धि देखिएको छ।
आजको कारोबारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी १४.९९ प्रतिशत प्रतिफल कमाएका छन् भने बोटलर्स नेपाल लिमिटेडका लगानीकर्ताले ५.३३ प्रतिशतले सेयर मूल्य गुमाएका छन्।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहँदै १७ करोड २६ लाख ३१ हजार ७२२ रुपैयाँ बराबरको कारोबार गरेको छ। यस्तै, कारोबार भएका सेयर संख्याका आधारमा ग्लोबल आईएमई बैंक लिमिटेड पहिलो स्थानमा रहँदै ५ लाख ८८ हजार ७३५ कित्ता सेयर किनबेच भएको छ। उक्त कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २६२ रुपैयाँ कायम भएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा