• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ६, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • शाक्यमुनी कमोडिटिजले पालपाली जनतालाई १० करोडमाथि ठगेको पीडितको गुनासो

      राधिकाको जीवन बचाउन मानवीय पहल, निःशुल्क उपचारका लागि केएमसीमा भर्ना

      आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

      झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, त्यसपछि श्रीमानले पासो लगाएर गरे आत्महत्या

      मिसेस् नेपाल २०२६ को खुल्यो आवेदन, २१ देखि ५० वर्षसम्मका विवाहित तथा एकल महिलाले सहभागी हुन पाउने

      सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

      यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

      सरकार र महासंघको सहकार्यमा हस्तकला क्षेत्र अघि बढाउने सहमति

      हिरासतमा रहेका चिनियाँ नागरिक छुटाइदिने भन्दै ९ लाख ठगी, हास्य कलाकार नारद खतिवडासहित तीन जना पक्राउ

      सरकार र महासंघको सहकार्यमा हस्तकला क्षेत्र अघि बढाउने सहमति

      कंगोमा इबोला संक्रमण फैलिँदै, मृतक संख्या ९६७ पुग्यो

      सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना हुँदा १९ घाइते, तीन जनाको अवस्था गम्भीर

      बालेन सरकारबिरुद्ध दार्चुलाबाट सत्याग्रह सुरु गर्ने डा. केसीको घोषणा

      अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको भावुक सन्देश : नतिजाले हाम्रो यात्रा परिभाषित गर्दैन

      अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको भावुक सन्देश : नतिजाले हाम्रो यात्रा परिभाषित गर्दैन

    होमपेज /  अन्य

    नाइमा अटो शोमा नीति संवाददेखि ब्याट्री रिसाइक्लिङसम्म विशेष छलफल हुने : ऋतु सिंह वैद्य

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ५, मंगलबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३९ पटक पढिएको
  • काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन २६ देखि ३१ (अगस्ट ११ देखि १६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा अटो शो–२०२६ को तयारी तीव्र गतिमा अघि बढाएको जनाएको छ ।

    नेपाल न्यूज बैंकसँगको कुराकानीमा नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले यस वर्षको अटो शोमा ५५ वटा अटोमोबाइल ब्रान्ड र ५२ वटा स्टल रहने जानकारी दिँदै तयारीका लागि कार्यालयमा अतिरिक्त जनशक्ति परिचालन गरिएको बताइन् ।

    उनले नाइमा अटो शोलाई केवल सवारीसाधन बिक्री गर्ने मञ्चका रूपमा नभई नीति निर्माण, पूर्वाधार विकास र अटोमोबाइल उद्योगसँग सम्बन्धित विषयमा बहस गर्ने साझा प्लेटफर्मका रूपमा विकास गरिएको बताइन् ।

    उनका अनुसार अटो शोको प्रमुख आकर्षण ‘लर्निङ सेसन’ हुनेछ, जहाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई), यातायात पूर्वाधार, ट्राफिक व्यवस्थापन, ब्याट्री रिसाइक्लिङ, इथानोल ब्लेन्डिङ, वित्तीय नीति लगायत विषयमा स्वदेशी तथा विदेशी विज्ञले प्रस्तुति दिनेछन् ।

    वैद्यका अनुसार भारतबाट ब्याट्री रिसाइक्लिङ र इथानोल मिश्रणसम्बन्धी विशेषज्ञलाई समेत आमन्त्रण गरिएको छ । नेपालमा विद्युतीय सवारीको संख्या तीव्र रूपमा बढे पनि ब्याट्री रिसाइक्लिङ प्लान्ट नहुँदा यस विषयमा तत्काल नीति र पूर्वाधार आवश्यक रहेको उनको भनाइ छ ।

    अटो शोलाई यस वर्ष अझ व्यवस्थित बनाउन अपाङ्गमैत्री संरचना, वर्षाबाट सुरक्षित व्यवस्था, स्तरीय रेस्टुरेन्ट तथा पर्याप्त पार्किङको व्यवस्था गरिएको उनले जानकारी दिइन् । पार्किङ नेपाल पुलिस क्लबमा रहनेछ भने लर्निङ सेसन पनि त्यहीँ आयोजना हुनेछ ।

    वैद्यले दसैं–तिहारअघि हुने अटो शोले सवारी बिक्री बढाउने अपेक्षा गरिएको बताउँदै नाइमाको भूमिका व्यापारमा मात्र सीमित नरहेको स्पष्ट पारिन् । उनका अनुसार संस्थाले ट्राफिक प्रहरीसँग समन्वय गरी हालसम्म करिब १,६०० जनालाई विद्युतीय तथा हाइब्रिड सवारी सञ्चालनसम्बन्धी तालिम प्रदान गरिसकेको छ ।

    साथै यातायात व्यवस्था विभाग, नेपाल प्रहरी तथा विभिन्न सरकारी निकायसँग सहकार्य गर्दै पूर्वाधार सुधार र सेवा प्रवाहमा पनि योगदान दिँदै आएको उनले बताइन् ।

    सरकारी नीतिका सम्बन्धमा बोल्दै उनले विद्युतीय सवारीमा कर निर्धारण गर्दा ‘पिक पावर’लाई आधार बनाउने व्यवस्था व्यवहारिक नभएको टिप्पणी गरिन् । पिक पावर गाडीको टर्क तथा प्राविधिक सेटिङअनुसार परिवर्तन गर्न सकिने भएकाले यस आधारमा करको वर्गीकरण गर्दा मूल्य र करमा अन्योल सिर्जना हुने उनको भनाइ छ ।

    विशेषगरी करको एउटा स्ल्याबबाट अर्को स्ल्याबमा पुग्ने अवस्थामा सानो मूल्य परिवर्तनले ठूलो करभार बढ्न सक्ने भएकाले त्यसमा पुनर्विचार आवश्यक रहेको उनले बताइन् ।

    ट्राफिक व्यवस्थापनबारे उनले सडकमा लेन मार्किङ, पार्किङ क्षेत्र तथा आवश्यक पूर्वाधार नबनाई जरिवाना बढाउनु उचित नहुने धारणा राखिन् ।

    सिटबेल्ट नलगाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउनेजस्ता स्पष्ट उल्लङ्घनमा कडाइ गर्नुपर्ने तर पूर्वाधार अभावका कारण हुने समस्यामा सुधारलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव थियो ।

    वैद्यले नाइमाको सदस्य बन्नका लागि न्यूनतम पुँजी, निश्चित अवधिको व्यवसाय सञ्चालन तथा सम्बन्धित उत्पादक कम्पनीबाट आधिकारिक मान्यता प्राप्त गरेको हुनुपर्ने व्यवस्था रहेको जानकारी दिँदै यसले ग्राहकको हित र विश्वासलाई सुरक्षित बनाएको बताइन् ।

    आगामी वर्षदेखि यात्रुवाहक र व्यावसायिक सवारीको प्रदर्शनी छुट्टाछुट्टै आयोजना गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिइन् । यससँगै अटोमोबाइल उद्योगका नीति, लगानी र प्रविधिसम्बन्धी विषयमा छुट्टै ‘अटोमोटिभ कन्क्लेभ’ आयोजना गर्ने योजना रहेको उनले सुनाइन् ।

    अर्थतन्त्रमा देखिएको सुस्तताप्रति चिन्ता व्यक्त गर्दै वैद्यले नयाँ सरकारले केही समय आधारभूत व्यवस्था मिलाउनुपर्ने भएकाले उद्योगी–व्यवसायीले केही धैर्यता राख्नुपर्ने धारणा राखिन् । यद्यपि आगामी ६ देखि ८ महिनाभित्र सकारात्मक नीतिगत सुधार देखिनुपर्ने अपेक्षा उनले व्यक्त गरिन् ।

    उनले सर्वसाधारणलाई परिवारसहित अटो शोमा सहभागी हुन आग्रह गर्दै ५५ ब्रान्डका नयाँ सवारी, चार्जिङ समाधान, लर्निङ सेसन तथा अन्य आकर्षणको अवलोकन गर्न निमन्त्रणा दिइन् । उनका अनुसार सबै लर्निङ सेसन निःशुल्क हुनेछन् र सहभागीले आफ्ना सुझाव तथा धारणा पनि राख्न सक्ने व्यवस्था गरिएको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    शाक्यमुनी कमोडिटिजले पालपाली जनतालाई १० करोडमाथि ठगेको पीडितको गुनासो

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    सरकार र महासंघको सहकार्यमा हस्तकला क्षेत्र अघि बढाउने सहमति

    बालेन सरकारबिरुद्ध दार्चुलाबाट सत्याग्रह सुरु गर्ने डा. केसीको घोषणा

    अर्थमन्त्री वाग्लेले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर प्रधानमन्त्री बालेनले हटाइदिए

    काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    शाक्यमुनी कमोडिटिजले पालपाली जनतालाई १० करोडमाथि ठगेको पीडितको…

    राधिकाको जीवन बचाउन मानवीय पहल, निःशुल्क उपचारका लागि…

    आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि…

    झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, त्यसपछि श्रीमानले…

    हिरासतमा रहेका चिनियाँ नागरिक छुटाइदिने भन्दै ९ लाख…

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना हुँदा १९ घाइते, तीन…

    आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग मन्त्री सिता…

    विदेशबाट देउवाको सन्देश: ‘म स्वदेश फर्कंदैछु, सरकार प्रतिशोधात्मक…

    आर्थिक

    लगातार छैटौं दिन हरियो बन्यो सेयर बजार, नेप्से ७.२५ अंकले बढ्दा कारोबार ६.६७ अर्ब रुपैयाँ

    एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

    पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑