सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उल्लेखनीय सुधार देखिएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ७९.७४ अंकले बढेर २ हजार ६७७.५४ विन्दुमा पुगेको हो।
अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ३.०६ प्रतिशतले वृद्धि भएको छ। दिनभर उतारचढाव देखिए पनि बजार अन्त्यमा उच्च अंकले बढ्दै बन्द भएको हो।
शुक्रबार ३३५ कम्पनीका एक करोड तीन लाख ८९ हजार ७७ कित्ता सेयर ५८ हजार ९४ पटक खरिद–बिक्री हुँदा कुल चार अर्ब ५७ करोड ५० लाख ९४ हजार ७२३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा २५९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको मूल्य घटेको छ। दुई कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। समूहगत कारोबारतर्फ १३ मध्ये १२ उपसमूह हरियाली रहे भने म्युचुअल फन्ड समूह मात्र ०.२९ प्रतिशतले घटेको छ।
वाणिज्य बैंक समूह २.४१ प्रतिशत, विकास बैंक २.१८ प्रतिशत, फाइनान्स ३.३९ प्रतिशत, होटल तथा पर्यटन ३.६६ प्रतिशत, जलविद्युत् ४.५८ प्रतिशत, लगानी ४.१२ प्रतिशत, जीवन बीमा २.७४ प्रतिशत, उत्पादन तथा प्रशोधन ४.६० प्रतिशत तथा लघुवित्त समूह १.८० प्रतिशतले बढेका छन्। यस्तै निर्जीवन बीमा समूह २.११ प्रतिशत, अन्य समूह २.७७ प्रतिशत र व्यापार समूह ०.८३ प्रतिशतले उकालो लागेको छ।
कम्पनीगत प्रदर्शनतर्फ श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै लगानीकर्ताले १५ प्रतिशतसम्म लाभ कमाएका छन्। विपरीत, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्दै लगानीकर्ताले १५ प्रतिशत घाटा बेहोरेका छन्।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् लिमिटेड शीर्ष स्थानमा रह्यो। कम्पनीको २२ करोड २३ लाख ९७ हजार ६३८ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएको सेयर संख्याका आधारमा पनि आँखुखोला नै अग्रस्थानमा रहँदा ६ लाख १९ हजार ७४० कित्ता सेयर किनबेच भएको थियो। कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३६३ रुपैयाँ कायम भएको छ।
पछिल्ला केही दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजारप्रति लगानीकर्ताले असन्तुष्टि जनाउँदै विरोधसमेत गरेका थिए। यद्यपि पछिल्ला दुई–तीन कारोबार दिनदेखि बजारमा सामान्य सुधार देखिएको थियो। नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नै नेप्सेमा दोहोरो अंकको वृद्धि भएपछि लगानीकर्तामा बजारप्रति नयाँ आशा र उत्साह थपिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा