सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गर्दै आगामी राष्ट्रिय भेलाको तयारीलाई औपचारिक रूपमा अघि बढाएको छ।
सोमबार आयोजित कार्यक्रममा पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन्। उद्घाटनपछि सोही कार्यालयमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको बैठकसमेत बसेको थियो।
बैठकमा पूर्णबहादुर खड्कासहित कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह तथा डा. प्रकाशशरण महतलगायतका नेताहरू सहभागी थिए।
बैठकमा आगामी राष्ट्रिय भेलाको मिति, तयारी र संगठनात्मक गतिविधिबारे छलफल भइरहेको जनाइएको छ। यसअघि सातै प्रदेशमा भेला सम्पन्न गरिसकेको संस्थापन इतर पक्षले अब राष्ट्रिय स्तरको भेला आयोजना गर्ने तयारीलाई अघि बढाएको हो।
यसअघि गत शुक्रबार पनि पूर्णबहादुर खड्काको निवासमा इतर पक्षका नेताहरूको बैठक बसेको थियो। उक्त बैठकले असारभित्रै राष्ट्रिय भेला आयोजना गर्ने सहमति गरेको थियो।
सम्पर्क कार्यालय स्थापना र लगातार भइरहेका बैठकलाई कांग्रेसभित्र संस्थापन इतर पक्षले आफ्नो संगठनात्मक गतिविधि विस्तार गर्दै आगामी राजनीतिक रणनीति तय गर्ने प्रयासका रूपमा हेरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा