• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १९, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

      कांग्रेस इतर पक्षको चेतावनी : संवाद नभए १५औँ महाधिवेशन नै नहुने जोखिम

      सरकारप्रति पूर्ण विश्वास नहुँदासम्म पुँजी बजारमा लगानीको वातावरण बन्दैन : अर्थविद् चन्द्रमणि अधिकारी

      जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ

      शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा

      युवा उद्यमशीलतामै नेपालको समृद्धि जोडिएको छ :सदस्य मल्ल

      डोनाल्ड ट्रम्पद्वारा डाक्टरको भेषमा एआई भिडियो सार्वजनिक, आलोचकहरूलाई व्यङ्ग्य

      माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

      दार्चुलामा झोलुङ्गे पुल उद्घाटनपछि हर्क साम्पाङ : महाकालीमा अर्को पुल बनाउन भारतको लिखित सहमति आवश्यक

      चर्को ट्राफिक जरिवाना लगाउने प्रस्तावको अन्तर्राष्ट्रिय स्तरमै विरोध

      स्वास्थ्य बीमा बोर्डले भन्योः अनावश्यक स्वास्थ्य परीक्षण नगराउनू

      सरकारले २० घण्टा बितिसक्दा पनि कर्णालीमा बेपत्ता नागरिकको उद्दार गर्न सकेनः ज्ञानेन्द्र शाही

      धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाउने अभियुक्त पक्राउ

      बर्डफ्लू संक्रमणविरुद्ध उच्च सतर्कता : डराउनुपर्दैन तर जैविक सुरक्षामा ध्यान दिन आग्रह 

      मेलम्चीको पानी आपूर्ति आजदेखि बन्द, उपत्यकामा पानीको आपूर्ति रोकियो

    होमपेज /  अन्य

    कांग्रेस इतर पक्षको चेतावनी : संवाद नभए १५औँ महाधिवेशन नै नहुने जोखिम

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ १९, शुक्रबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३२ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेताहरूले पार्टीभित्रको विवाद तत्काल संवाद र सहमतिबाट समाधान गर्न नेतृत्वलाई आग्रह गर्दै अन्यथा १५औँ महाधिवेशन नै प्रभावित हुन सक्ने चेतावनी दिएका छन्।

    शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता मोहन बस्नेतले प्रदेश भेलापछि अब राष्ट्रिय भेला आयोजना हुने जानकारी दिए।

    उनले पार्टी सभापतिसँग सबै अधिकार रहेकाले पार्टीभित्र देखिएका मतभेद समाधानका लागि नेतृत्वले पहल गर्नुपर्ने बताए।

    ‘अब तपाईंहरूलाई थाहै छ, प्रदेश भेला सकिएपछि राष्ट्रिय भेला हुन्छ। विशेष महाधिवेशनबाट सभापतिजीलाई सबै अधिकार दिइएको छ, त्यसैले उहाँले सबै पक्षलाई मिलाउने प्रयास गर्नुपर्छ। एजेन्डा के–के हुन् भन्ने कुरा सबैलाई थाहा भएकै विषय हो,’ बस्नेतले भने।

    बैठकपछि नेता मिनबहादुर विश्वकर्माले पार्टीभित्र लामो समयदेखि कायम विवाद अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिए।

    उनका अनुसार राष्ट्रिय चुनौती, लोकतान्त्रिक व्यवस्था र विधिको शासनमाथि देखिएका चुनौती तथा पार्टीभित्रका संगठनात्मक समस्यालाई समाधान गर्न कांग्रेसको बृहत् एकता अपरिहार्य छ। यही उद्देश्यका साथ १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति, पूर्व पदाधिकारी तथा केन्द्रीय समिति र कार्यसम्पादन समितिका उपलब्ध सदस्यहरूको बैठक खड्काको निवासमा बसेको हो।

    विश्वकर्माले पार्टीका आगामी बैठक तथा छलफल सञ्चालनका लागि काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरिएको जानकारी दिँदै आगामी सोमबार (२२ गते)देखि त्यहीँबाट नियमित बैठक सञ्चालन हुने बताए।

    उनले १५औँ महाधिवेशनको तयारी, संगठन विस्तार तथा अन्य रणनीतिक विषयमा त्यही बैठकबाट निर्णय हुने उल्लेख गरे।

    उनका अनुसार १४औँ महाधिवेशन र विशेष महाधिवेशनबाट आएका भावना तथा परिवर्तनलाई समेट्न सके १५औँ महाधिवेशन ‘एकता र सहमतिको महाधिवेशन’ बन्न सक्ने विश्वास व्यक्त गरिएको छ।

    तर, वार्ता, संवाद र सहमति हुन नसके १५औँ महाधिवेशन नै प्रभावित हुन सक्ने गम्भीर अवस्था आउन सक्ने भन्दै नेतृत्वलाई तत्काल संवाद प्रक्रिया अघि बढाउन बैठकले आग्रह गरेको उनले बताए।

    विश्वकर्माले लोकतन्त्र, विधिको शासन, नागरिक अधिकार तथा राष्ट्रिय स्वाधीनता चुनौतीमा परेको वर्तमान अवस्थामा बलियो र एकताबद्ध कांग्रेसको आवश्यकता रहेको पनि बताए।

    बैठकले सातै प्रदेशमा सम्पन्न प्रदेश भेलाहरूको समीक्षा गर्दै पार्टीभित्रको अन्तरकलह अन्त्य गर्ने उपायबारे गम्भीर छलफल गरेको जनाएको छ। गत निर्वाचनमा बेहोरेको पराजयको समीक्षा तथा प्रदेश भेलाबाट आएका सुझावका आधारमा आगामी सोमबार बस्ने बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने सम्भावना रहेको पनि जानकारी विश्वकर्माले दिए ।

    क्रियाशील सदस्यता वितरण र नवीकरणका विषयमा पनि बैठकले स्पष्ट धारणा राखेको छ। तत्कालीन महामन्त्री गगनकुमार थापाको नेतृत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समितिले २०८२ पुस १० गतेभित्र टुङ्ग्याएका नवीकरण तथा नयाँ सदस्यता वितरणलाई यथावत् राख्दै बाँकी प्रक्रिया अघि बढाउनुपर्ने माग गरिएको छ।

    सदस्यताको डिजिटल अभिलेखीकरणलाई सकारात्मक मानिए पनि त्यसकै बहानामा सदस्यता नवीकरणबाट वञ्चित गर्ने वा महाधिवेशनमा सहभागी हुन नपाउने अवस्था सिर्जना गर्न नहुने बैठकको निष्कर्ष छ।

    बैठकले कांग्रेसभित्र वैचारिक, संगठनात्मक र व्यावहारिक रूपमा एकता आवश्यक रहेको उल्लेख गर्दै असहमतिका विषयहरू संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिएको छ।

    नेताहरूले लोकतान्त्रिक पार्टीमा मतभिन्नता स्वाभाविक भए पनि एकपक्षीय ढंगले गतिविधि अघि बढ्दै जाने र मूलधारका नेता–कार्यकर्ता बाहिरिने अवस्था आए पार्टी झन् कमजोर हुने चेतावनी दिएका छन्।

    उनीहरूले पार्टीभित्र कानुनी तथा वैधानिक विवाद कायम रहेसम्म र सदस्य संख्या ८ लाखबाट बढाएर १२–१३ लाख पुर्याउने लक्ष्यमा अवरोध भइरहेसम्म कांग्रेसप्रति नयाँ आकर्षण सिर्जना नहुने भन्दै पुराना नेताको सम्मान र नयाँ पुस्तालाई जिम्मेवारी दिने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    स्वास्थ्य बीमा बोर्डले भन्योः अनावश्यक स्वास्थ्य परीक्षण नगराउनू

    थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

    कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ

    हुलाकको पुनर्जन्म: आधुनिक राज्यको मेरुदण्ड

    एमआरपी कार्यान्वयनमा व्यवसायी अन्योलमा छन् : हिमलाल खराल

    विष्णु पौडेललाई रिहा गर्न सर्वाेच्चको अस्वीकार, थप कागज मगाउने आदेश

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं…

    कांग्रेस इतर पक्षको चेतावनी : संवाद नभए १५औँ…

    सरकारप्रति पूर्ण विश्वास नहुँदासम्म पुँजी बजारमा लगानीको वातावरण…

    जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी…

    अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं…

    सरकारले २० घण्टा बितिसक्दा पनि कर्णालीमा बेपत्ता नागरिकको…

    मेलम्चीको पानी आपूर्ति आजदेखि बन्द, उपत्यकामा पानीको आपूर्ति…

    पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५…

    आर्थिक

    माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

    मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

    आयल निगममा वार्षिक करोडौंको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑